Wednesday, January 11, 2017

यो सभ्यताहरूका द्वन्दको युग हो, सामुएल पी हन्टिङटन (अनु. विक्रम सुब्बा)

सन १९६८ तिर अमेरिका भियतनाम युद्धमा फसेको थियो । त्यही बेला सामुएल हन्टिङटनले Political Order in Changing Societies लेखे जसले अमेरिकाको विश्व-नीति समेतमा प्रभावित गर्‍यो । हन्टिङटनका अनुसार समाजहरू आधुनिकतातिर अग्रसर हुन खोज्छन् । यसै क्रममा झन जटिलतामा फस्छन् जसको परिणाम स्वरुप यथास्थितीका स्थापित सामाजिक दर्जा, श्रेणी तथा क्रमहरू भंग हुँदै जान्छन् । फेरि सामाजिक राजनैतिक सँस्थाहरूले नयाँ क्रम स्थापित गर्दछन् । यो हरेक २-३ दशकमा चलिरहन्छ कहिले ठूलो, कहिले मध्यम त कहिले सुक्ष्म किसिमले परिवर्तन हर क्षण, हर दिन चलिरहन्छ । पुरानो कर्म भत्कँदै जान्छ र नयाँ क्रम स्थापित हुँदैजान्छ । यही परिवर्तनलाई सही बाटो देखाउँन वा व्यवस्थित किसिमले अघि बढाउँने कामको सहजिकरण गर्नको निम्ती राजनैतिक सँस्थाहरू जन्मेका हुन् । यिनै राजनैतिक सँस्थाहरू सक्षम भए र उचित किसिमले परिवर्तनलाई गाइडगर्न सके परिवर्तनले गती समाउँछ, शान्तिपूर्ण किसिमले परिवर्तन हुन्छ र समाजमा खुशहाल बहाल हुन्छ । तर, राजनैतिक सँस्था वा तिनका नेतृत्व तहमा रहेका मानिसहरू सक्षम भएनन्, तिनले ढंग पुर्‍याएनन् भने परिवर्तनको प्रकृयामा हिंसा हुन्छ । धेरै मानिसको रगतको खोला बग्छ । मार्ने र मारिएकाहरूको दन्वन्द सामाजिक-मनोविज्ञानका रुपमा पुस्ता-देर-पुस्ता जरा गाडेर बस्छ । मानिसहरूमा एकले अर्कोको खुट्टा तान्ने एटिटयूडमात्र हुन्छ ।

सन ७० को दशकमा हन्टिङटनले केही प्रजातान्त्रिक र डिक्टेटर मुलुकका सरकारमा निम्ती राजनैतिक सल्लाहकार भएर समेत काम गरे । उनैले ब्राजीली सरकारको निम्ती "Approaches to Political Decompression" लेख (द्रुत गतीमा उदारिकरण अपनाए प्रजातन्त्र नै बहाली नहुने खतरा होला, त्यसैले ब्राजिलमा चरणगत रुपमा उदारिकरण गर्दै प्रजातन्त्र बहाली गर्नु उचित हुन्छभन्ने अवधारणा) लेखे । जसको आधारमा ब्राजीलले सन् ७० को दशक देखि काम गर्दै सन् १९८५ सम्म आइपुग्दा प्रजातान्त्रिक मुलुकमा रुपान्तरित भयो । सन् ८० को दशकमा हन्टिङटन दक्षिण अफ्रिकाका राजनैतिक सल्लाहकार थिए । उनले "total strategy" विकास गरेर आपार्थाइडको नीतिलाई "reform" गर्ने प्रोजेक्टनै चलाए । परिणाम स्वरुप गोरा शासकहरू विस्तारै कालाहरू प्रति नरम हुन थाले । यिनै यावत अनुभवका आधारमा सन १९९१ मा हन्टिङटनले  The Third Wave: Democratization in the Late Twentieth Century, नामक पुस्तक लेखे । जसमा उनले अब सन्सारमा प्रजातन्त्रको तेस्रो वेभआउँछ र सन्सारका ६० मुलुकहरूलाई प्रजातन्त्रको लहरले लपेट्नेछ भनि भविश्यवाणी गरे ।

सभ्यताहरूको द्वन्द्व (Clash of Civilizations 1992): यस शिर्षकमा एउटा नयाँ हाईपोथेशिसअघि सारेर साम्युएल हन्टिङटनले एउटा लेख (१९९२) लेखेर सन्सारभरका चिन्तकहरूको दिमाग रन्थनाईदिए । सोभियत संघ ढलेर शीत युद्धपछि उनले भनेका थिए कि अब अमेरिका र यूरोपको वर्चश्व स्थापित हुन नदिनका निम्ती सबैभन्दा ठूलो बाधकका रुपमा ईस्लाम सभ्यता बन्नेछ । अर्थात, (ईसाई) पाश्चात्य मुलुकहरूको युद्ध अब ईस्लाम सभ्यतासँग चल्नेछ ।

सोभियत संघको बिघटन (शीत युद्दको अन्त्य) पछि अब आर्थिक संबन्ध र सिद्धान्तका (पुँजीवादी र कम्युनिष्टको) आधारमा युद्ध समाप्त भएकोछ तर अब युद्ध सभ्यताहरूको वीच चल्नेछ भन्दै हन्टिङटनले सम्भावित ७-८ प्रमुख सभ्यताहरुका वीच युद्दहरू हुने भनेर नयाँ दृष्टिकोण ल्याए । ती सभ्यताहरू हुन् ) पाश्चात्य (ईसाई) सभ्यता; ) लेटिन अमेरिक सभ्यता; ) ईस्लाम सभ्यता; ) चिनीया सभ्यता; ) हिन्दु (सनातनी) सभ्यता; ) अर्थोडक्स (रसियन) सभ्यता; ) जापानी सभ्यता, र ८) अफ्रिकन सभ्यता । आदि । सँस्कृतिका आधारमा स्थापित प्राचीन सार्वभौम राज्यहरू सन्चालन गर्ने अवधारणामा स्थापित यी सँस्थाहरू एकापसमा मिल्न सक्ने आधारै छैन बरु अनिवार्य रुपमा यी वीच संघर्ष नै चल्नेछ । यो कुरा सरकारहरू वा पार्टीहरूलाई सतही किसिमले हेरेर होईन बरु बिभिन्न सँस्कृतिहरूमा निहित द्वन्दका खानी-तत्वहरू मिहिन रुपमा केलाएर हेरे मात्र बुझिन्छ । यिनै सँस्कृतिहरूमा निहित द्वन्दका तत्वहरू नै अबको युद्धका निम्ती आधार बन्नेछन् । यदि यी सँस्कृतिहरूमा निहित मिलान-समन्वय गर्नै नसकिने स्वाभावका चरित्रहरू पहिचान गरेर त्यसको विशेष व्यवस्थापन गर्न ढंग पुगेन भने अब पाश्चात्य मुलुकहरूले आफ्नो वर्चश्व विस्तारै गुमाउँदै जाने निश्चित छ । पाश्चात्य मुलुकहरूले आफ्नो वर्चश्व कायम राख्ने हो भने अब प्रजातन्त्रको सर्वब्यापी सिद्धान्तको पुरानो नारा दिन छोडेर, शैनिक हस्तक्षेपी नीति छोडेर आफ्ना पार्टी र सरकाहरूलाई नयाँ किसिमले चिन्तन र संगठनात्मक व्यवस्थापनमा सुधार तथा तिनका स्वरुपहरू (Structures) को विकास-मिलान गर्ने काम गर्नु पर्छ नत्र जातिय द्वन्द तथा सभ्यताहरूका वीच युद्द अनिवार्य हुनेछ । किनभने अहिले पाश्चात्य मुलुकहरूले आफ्नो सँस्कृतिलाई विश्वका सबैको सँस्कृतिबनाउँने भनि दिएका नारा १) अप्राकृतिक र झुठो ; ) यस्तो नारा अनैतिक छ; ) यस्तो नारा खतरनाक छ ।

अमेरिकाको नेतृत्वमा चलेको सभ्यताहरूको युद्धका निम्ती चीन र ईस्लामका बिरुद्धमा ब्यापक प्रोपोगाण्डा सुरु गरेको धेरै भइसकेकोछ र धेरै पाश्चात्य मुलुकहरूमा चीन, ईस्लाम र अर्थोडक्स (रसियन) सँस्कृति प्रति नकारात्मक धारणा विकास गरेर चीनिया, मुसल्मान र अर्थोडक्स रशियन भनेका घृणित या अछुत मानिस हुन जस्तै सोच हरेक अमेरिकी र यूरोपेलीहरूको दिमागमा हालिएकोछ । किनभने सँस्कृतिक पक्ष वा विपक्षको कुरा पहिचानको मुद्धा हो र यस मुद्दाले मानिसलाई मर्न-मार्न तैयार बनाउँछ । यही उर्जाले सभ्यताहरूका वीच युद्ध गराउँने पक्का छ । हन्टिङटनको पछिल्लो पुस्तक Who Are We? The Challenges to America's National Identity(२००४) मा उनले अमेरिकाको राष्ट्रियता वा पहिचान के हो? भन्ने गंभीर प्रश्न उठाएर लेटिनहरूको ठूलो संख्यामा भइरहेको व्यापाक आप्रवाशनले अमेरिकामा समेत मानिसलाई छालाको रंग, भाषाहरू र सँस्कृतिहरूले बिभाजन गरिहरेकाछन् र यो दिनै बढ्दै गईरहेकोछ भनेर अमेरिका भित्र द्वन्दको निम्ती नयाँ वातावरण तैयार भईरहेको कुराको तस्विर राखिदिए।

टिप्पणीः हरेक मुलुकहरूमा बिभिन्न सँस्कृतिहरू विद्यमान छन् र अपवाद बाहेक यो विविधता सबै मुलुकमा हुन्छ भन्ने कुरा हार्डकोर तथ्यहो । डेमोक्रेसीले संभ्रान्तहरू (जसको साँस्कृति नै कमाउँनु मात्र हो) ले खरिद-किन-वेच समेत गरेर बनाएको बहुमतको मात्र कुरा गरेर सम्भ्रान्तहरूकै स्वार्थमा संबिधान, ऐन, कानुन, कर नीतिहरू बनाउँने एउटा टूलको मात्र काम गर्‍यो । अल्पमलाई सँधै हेला हिमेत गरेर राख्यो । मानौँ अल्पमतमा परेका मानिसहरु भनेका मुलुकका जनता होईनन् बरु अपराधी हुन । अल्पमतीय समुहहरूलाई पेलेरै ठेगान लागाएर हामीले जे भन्यो त्यही मान्ने बनाउँनु पर्छ भन्ने अवधारणाले काम गर्‍यो । यहीँबाट डेमोक्रेसी हरेक कमजोर समुह, पक्ष र समाजप्रति अत्याचारी हुँदै गयो र बिस्तारै फेल हुँदै गयो ।  
कम्निष्टले आर्थिक वर्गको कुरा मात्र गर्‍यो । मानौँ मानिस भनेको आर्थिक प्राणीमात्र हो; उसको आफ्नै सँस्कृति, भाषा, भावना, आँशु, मुस्कान, माया-मोह, फरकफरक रक्त समुह, जात, ईतिहास, पहिचान केही पनि हुँदैन र छ भन्नेहरू ग्द्दार हुन् । तर नेतृत्वमा भएकाहरूले मान्दै आएका सँस्कृति, भाषा, जात, ईतिहासलाई नै सबैले चुपचाप कुनै प्रश्न नगरी खुरुखुरु मान्नु पर्छ आफ्नो फरक फरक सँस्कृति, भाषा, भावना, आँशु, मुस्कान, माया-मोह, फरकफरक रक्त समुह, जात, ईतिहास, पहिचानको कुरा गर्न बन्द गरेर हाम्रो कुरा मान्नुपर्छ । नमान्ने मानिस गद्दारहो । यही बिन्दुबाट कम्निष्टविचार साँस्कृतिक विविधता भएका मुलुकहरूबाट फेल भयो  । जातिगत, भाषागत, धार्मिक रुपले विविधता भएको समाजका निम्तीकम्निष्टहरू अब अप्रासंगिक भइसके । कम्निष्ट पार्टीनाम राखेर पसल थाप्नेहरू समेत अब समाजवादी पार्टीलेख्न आतुर छन् । झण्डाबाट हँसिया हथौडाहटाउन र झण्डा नै बदल्न लालायित भइरहेको देखिएकैछ ।
पुँजीवादले बाइबाल’, ‘बन्दुक’, ‘व्यापार’, ‘शेक्सपियरका भरमा कब्जा गरेर दुनियालाई लुट्ने साम्राज्यवादको बाटो समायो । उसको निम्ती सन्सार भरका स्रोतहरू कब्जा गर्नुबाहेक मानव अधिकार’, ‘न्यायसंगत समाज’, ‘महिला अधिकार’, ‘जनजातिको अधिकार’, ‘समावेशी’, ‘दलितको अधिकार’, ‘क्यल्याणकारी राज्य’, ‘सुशासन’, ‘साना र कमजोर मुलुकहरूको अधिकारको कुरामुखको लोलोपोतोमात्र हो । यी आधुनिक राक्षस मुलुकहरू जसरी पनि लुटेर सम्पती कमाउँने मात्र उद्देश्य राख्छन् । यिनीहरू अहिले व्यापार (सरकार, बन्दुक, पार्टीहरू सबैलाई किनेर) मार्फत सन्सारभरी लुट्ने काममा व्यस्त छन् ।
विश्व रंगमंचमापुँजीवादचीनका वीच द्वन्द छ भने ७-८ वटा सभ्यताहरू मध्ये ईसाईईस्लामसभ्यताहरू एकार्काका रगतै खाने चरम द्वन्द र युद्धमा सामेल छन् । एशिया महादेशमा चिनीया, सनातनी, जापानी, वौद्ध, ईसाई र ईस्लाम सभ्यताहरू भत्रभित्र (Latent) या खुला (Open) प्रतिस्पर्धा र द्वन्दमा छन् । दक्षिण एशियामा खास गरेर भारतीय द्वीपमा पनि यिनै सभ्यताहरू प्रतिस्पर्धा र द्वन्दमा छन् ।
नेपालको मानचित्र भित्रका राजनैतिक पार्टीहरू सबै भारतको गोठाला-खेताला जस्तो मात्र काम गरिरहेछन् । ओरालो लाग्दै गरेको सामन्ति सँस्कार र सभ्यताले भारत हुँदै नेपाल पसेको पुँजीवादलाई थुनछेक गर्न खोजिरहेछ तर पुँजीवादले चारतिर घेरेर पेलेको पेलै गरिरहेछ । नेपालका मौलिक सभ्यताहरू (किरात, सनातनी र वौद्ध) मध्ये सनातनी सभ्यताले किरात सभ्यतालाई घाँटी अँठ्याउँदै आएकोछ भने वौद्ध सभ्यतालाई पनि माँगी खाने भाँडो मात्र बनाएर राखेकोछ र यही यथास्थिती कायम राखेर आफ्नो वर्चश्वलाई कायम राख्नकै निम्तीसामाजिक सद्भाव खलबलिन दिनु हुन्न भनिरहेछन् सनातनी सभ्यतावालाहरू ।

ईशाई, ईस्लाम, जैन, बहाई, आदि सभ्यताहरू पनि नेपालमा संवैधानिक हिसाबले नै मान्यता प्राप्त गरी आफ्नो स्पेस बढाई रहेकाछन् । यी सबै फरक-फरक सभ्यताहरूको विश्व दृष्टिकोण, जीवन दृष्टिकोण, भाषा, लिपि, साँस्कृति, खान-पान, पहिरन, कुल देवी-देउता, ईतिहास, सभ्यताले प्रशिक्षित गरेको सोच्ने ढंग (Thought process), सभ्यतागत समस्याहरू तथा सबल पक्षहरू फरक-फरक छन् । यी सबैलाई होलेसेलमा संबोधन वा समाधान गर्न खोज्नु मूर्खता हो । यो निरंकुश अवधारना हो । सभ्यतागत तथा साँस्कृतिकगत विविधतालाई नबूझेझैँ गरेर सनातनी सुप्रिमेसीलाद्न खोज्ने षडयन्त्र हो । यसको प्रमाणका रुपमा नेपाल सरकारले मानव अधिकार, UNDRIP, ILO 169 लगायतका अन्तराष्ट्रिय महान्धी र कानुनहरूलाई नेपालको संविधान बनाउँदा र ऐनकानुनहरू तर्जुमा गर्दा बेवास्ता गरेको बाट पनि यो कुरा प्रष्ट हुन्छ । यस किसिमको षडयन्त्र नेपालको ईतिहासमा धेरै चल्यो तर अब सबै सभ्यताका मानिसले बुझिसके सनातनीहरूले कसरी अन्याय गर्दै आए भन्ने कुरा । अब बिस्तारै कवि लेखनाथले सिकाएको मै खाउँ मै लाउँ सुख सँयल मै गरूँभन्ने धारणा र देवकोटाले साग र सिस्नु खाएको वेश आनन्दी मनलेभन्दै अरु सभ्यताका मानिसलाई झुक्याएर मुड्नेशैलीहरु नत्यागे यहाँ पनि सभ्यताहरू वीचको प्रतिस्पर्धा र द्वन्दले युद्धको रुप लिने कुरा तर्कसंगत प्रोग्रेशन नै हो । यसको निम्ती कुनै ज्योतिषीले नेपालको चिना हेरेर भविश्यवाणी गरिरहनु पर्दैन ।
--------   -------   -------     
Ref.

“Clash of Civilizations” by Samuel Huntington (1992)