हार्डभार्ड विश्वविद्यालयका राजनीतिक शास्त्री सामुएल पी. हन्टिङटनले The Third Wave: Democratization in the Late
Twentieth Century शिर्षकमा एउटा लेख
लेखे जुन उनको १९९१ को पुस्तकमा पनि राखियो । हन्टिङटनले १९ औँ सताब्दीदेखि
आइरहेका प्रजातन्त्रका लहरहरूलाई हेर्ने र निकट भविश्यमा त्यो लहर कस्तो होला भनेर
हेर्ने एउटा Frame स्थापित गरे । उनका अनुसार प्रजातन्त्रका लहरहरू
निम्नानुसार आए र आउँनेछन् ।
१। १९ औँ सताब्दीमा अमेरिकाका राष्ट्रपति एन्ड्रु ज्याक्शन र उनका समर्थकहरुले मिलेर
(१८२८ तिर) ‘सर्वसाधारण जनताको निम्ती महान प्रजातन्त्र’ भन्ने सिद्धान्त निकाले ।
जुन सिद्धान्त अमेरिकाका केही पुस्ताका निम्ती विश्व दृष्टिकोण नै हुन पुग्यो ।
यही सिद्धान्तले गर्दा अमेरिकाको ‘सिविल वार’ नै चल्यो जसले काला जातीको मुक्तीको
वकालत गर्यो र अमेरिकाको राजनीतिले (दाशका रुपमा रहेका काला जातिको अधिकार समेत
खोज्ने) नयाँ स्वरुप ग्रहण गर्यो । जसका कारण रिपब्लिकन-डेमोक्रेटिक पार्टीबाट
‘डेमोक्रेटिक पार्टी’को समेत जन्म भयो । यसलाई ‘ज्याक्शन युग’ पनि भनिन्छ ।
अमेरिकाबाट चलेको यो अपहेलितहरुको निम्ती डेमोक्रेसीको पहिलो लहर (१९२२ देखि १९४२)
धेरै मुलुकहरूमा फैलियो जसले २९ सामन्ति
मुलुकहरूमा ‘डेमोक्रेसी’ ल्याईदियो भनिन्छ । तथापी १२ मुलुकहरूमा प्रतिक्रान्ति भए
र फेरि राजाहरुले प्रजातन्त्र खोसे ।
२। प्रजातन्त्रको दोस्रो लहर दोस्रो विश्वयुद्धपछि २० वर्ष चल्यो । जसले (१९६२
सम्म) मा ३६ मुलुकहरूलाई लपेट्यो । तर फेरि पनि केही मुलुकहरुमा प्रतिक्रान्ति भए
र प्रजातन्त्र खोसिए र ३० देशहरूमा (१९६२ – १९७० सम्ममा) मात्र प्रजातन्त्र कायम
हुन सक्यो ।
३। प्रजातन्त्र खोस्ने र प्रजातन्त्र बहाल गर्न चाहने शक्तीहरुका वीच विश्वमा
द्वन्द चर्किँदै गयो । जसले प्रजातन्त्रको तेस्रो लहरको पृष्ठभूमि तैयार गर्यो र
१९७४ को पोर्तुगलको कार्नेशन क्रान्तिबाट फेरि प्रजातन्त्रको लहर उठ्यो । जसले
लेटिन अमेरिका (१९८०), एशिया पेसिफिक (फिलिपिन्स, दक्षिण कोरिया र ताइवान) लाई
(१९८६ देखि १९८८) लपेट्यो । यही लहरले सोभियत यूनियन रूस ढल्यो भने
सहारा-अफ्रिकालाई पनि १९८९ सम्ममा प्रजातन्त्रको लहरले लपेट्यो । यो तेस्रो लहरले
१०० भन्दा बढि मुलुकहरुमा प्रजातन्त्रलाई बहाली गरिदियो । तेसो त यी नयाँ
मुलुकहरूमा प्रजातन्त्र आयो मात्र । त्यहाँ प्रजातान्त्रिक सँस्थाहरु स्थापनै भएका
थिएनन्, पार्टीहरूभित्रै प्रजातन्त्रलाई सन्चालन गर्ने क्षमता र अनुभव थिएन । जसले
जे जे बुझे त्यहि गर्दै आफ्नो कामलाई नै ‘प्रजातन्त्र’ भन्न थाले । परिणाम स्वरुप फेरि समाजका छट्टुहरुले फायदा
लिने तर सर्वसाधारणको निम्ती प्रजातन्त्र आकाशको फल नै हुन थाल्यो । प्रजातन्त्रवादीहरू नै सत्ता हातमा लिएर
सबैभन्दा भ्रष्ट हुन थाले । कतिपय मुलुकमा प्रजातन्त्रकै नाममा सेनाहरुले शासन
हातमा समेत लिएर भ्रष्टाचार गरिरहेछन् ।
४। Arab Spring या Arab
revolutions या Democracy Spring नामक प्रजातन्त्रको लहर (२०१०) उग्र (हिंसात्म र अहिंसात्मक) रुपमा उठ्यो
जसले उत्तर अमेरिका, मध्य-पूर्वका मुलुकहरुलाई लपेट्यो र केही तानाशाहहरु ढले ।
राजनीतिका विश्लेषकहरुले यसलाई प्रजातन्त्रको चौथो लहर भनिरहेछन् । यो चौथो लहरमा
डिजिटल तथा सोसल मीडियाले पनि क्रान्तिको निम्ती धेरै योगदान गर्यो भनेर सबैले
स्वीकार गरे । अहिले त्यही Arab Spring को लहर चलिरहेछ जुन
क्रान्तिमा ईन्टरनेट (सोसल मीडिया लगायत नेटहरू)को ठूलो भूमिका रहँदै आएकोछ ।
अहिलेको प्रजातन्त्रको लहरलाई थुनछेक गर्न खोज्ने परम्परागत शैलीवालाहरूलाई
‘डिजिटल मीडिया’ मार्फत प्रजातन्त्रको लहर सृजना गर्नेहरुले हायलकायल पारिरहेछन् ।
यसको उल्लेख्य उदाहरण सामुन्ने आइसके । जस्तै ‘विकी लिक्स’ र ‘पनामा पेपर्स’हरूले
अनेकौँ मुलुकका ट्याक्स छलेर, भ्रष्टाचार गर्ने लाखौँ भ्रष्टाचारीहरूले लुकाएर
बैँकमा राखेको रेकर्ड सार्वजानिक गरिदिए । अमेरिकाको राष्ट्रपति चुनावका बेला
हिलरी क्लिन्टनको कम्प्युटरको गोप्य दस्तावेजहरु सार्वजानजिक गरेर चुनावमा हराई नै
दिए । आज तानाशह र भ्रष्टाचारीहरू, काला बजारिया र सेटिङ मिलान कर्ताहरू बाहिर
बाहिर ‘फेसबुक’ जस्ता सोसल मीडीयालाई ‘नपत्याएजस्तो’ गर्छन् तर भित्रभित्र थर्कमान
भइरहेछन् । नरेन्द्र मोदीले अमेरिकामा जुकर बर्गसँग भेटमा भनेका थियो – ‘पहिले
पहिले ४-५-७ वर्षमा जनताले भोट दिन्थे, जित्थे र नेताहरू ढुक्कै मनलागे गर्थे ।
अहिले फेसबुकले गर्दा हामीले दिनै चुनवा लड्नु परिरहेछ । यहाँ अहिले म फेसबुकका
मालिक जुकर बर्गसँग कुरा गरिरहेछु उहाँ भारतमा मेरो ‘राम्रो’ वा ‘नराम्रो’ Scoring जसनता गर्न सुरु गरिसके । मैले बोलेका १-१
शब्दको मुल्यांकन गरेर Comment लिखिरहेछन् । यो वार्ताको
अन्तमा जनताले मलाई ‘पास’ वा ‘फेल’को नतिजा सुनउँनेछन् । यसरी ‘फेसबुक’ले Direct democracy बहाली गरिदिएकोछ । प्रविधीले वास्तवमा क्रान्ति
गर्छ ।‘
तर नेपालमा? ऐतिहासिक रुपमा हेर्ने हो भने – १। राणाहरुको हातबाट प्रजातन्त्र
त खोसियो तर राजा त्रीभुवनलाई बुझाईयो; २। त्यसपछि फेरि प्रजातन्त्र त आयो चुनवामा
बहुमत ल्याउँने पार्टीले सरकार त बनायो तर फेरि महेन्द्रले सबलाई थुनेर
प्रजातन्त्रको घाँटी निमोठेर पञ्चायत लादे; ३) फेरि प्रजातन्त्रको लडाइँ चल्यो,
प्रजातन्त्र आयो । नयाँ संविधान लेखियो तर टाउकोभन्दा माथि फेरि राजालाई राखियो;
४) मुलुकमा जनयुद्ध समेत चल्यो । राजाका सबै सन्तानै सखाप भए तर फेरि माईला राजाले
सत्ता हातमा लिए र प्रजातन्त्र निरिह बन्न पुग्यो; ५) ठूलो जनआन्दोलन उठ्यो ।
माईला राजाले संसद पुनरबहाली गरे । चुनावै नलडी मुखको भरमा सांसद तोकिए र नयाँ
संसद बन्यो । जनयुद्ध बाट चुनावै नलडी सिधै संसदमा समेत पुगे । जुन संसदले
ज्ञनेन्द्रलाई दर्वारबाट खेद्यो । संविधान सभाको (२ पटक) चुनाव गरेर एउटा सन्सारकै
महंगो किताब लेखे । जसलाई सन्सारको सबैबन्दा उत्तम संविधान भने । जुन संबिधानलाई
जनताले “हाम्रो” भनेर अपनत्व ग्रहण गरका छैनन् । किनभने यो नयाँ संविधानले हरेक
पार्टीका सैयौँ मानिसहरूलाई ‘नयाँ राजा’ बनाएकोछ । अहिले स्थानिय तहको चुनाव
मार्फत राजाले जस्तै जनतालाई चुस्ने ‘लोकल राजा’हरू गाउँ-गाउँमा पुर्याउँने काम
गरेकोछ । तर ‘ज्ञानेन्द्रलाई नारायण हिटीको राजगद्दीबाट लखेटने नेपाली जनताले यी
नयाँ तथा लोकल राजाहरुलाई पनि लखेट्नेछन‘ भन्ने कुरा यिनले बिर्सेकाछन् । राजा
ज्ञानेन्द्रले ‘अति’ गर्दा मेरा कवि मित्र वूँद रानाले लेखेको गजलको हरफ यही बेला
समझि रहेछु –
अति भए खती हुन्छ बुझे
हुन्थ्यो माइलोले
खतिभए कति हुन्छ? बुझे हुन्थ्यो माइलोले…
विचार चोगे ।
No comments:
Post a Comment