Friday, March 20, 2020

तीनै सभ्यताको अन्तर्घुलन आवश्यक’ शनिबार, १५ पुष २०७४, ०७ : १८ | नागरिक

कवि विक्रम सुब्बाका शान्तिको खोजमा (खण्डकाव्य), कविको आँखा कविताको भाका (कवितासंग्रह), सगरमाथा नांगै देखिन्छ (कवितासंग्रह), सुम्निमा पारुहाङ (मुन्धुम काव्य), कन्साइस लिम्बू ग्रामर एन्ड डिक्स्नरी लगायत कृति प्रकाशित छन् भने आज शनिबार राजधानीमा उनको कविता संग्रह ‘रोज्जा कविता’ विमोचन हुँदै छ । कविताबारे विक्रम सुब्बालाई केही प्रश्न ।
तपाईंको परिभाषामा कविता के हो ?
मानवले आफ्नो मनको कुरा सुनाउने माध्यम इसारा, हाउ–भाउ अर्थात् बडी ल्यांग्वेज र ‘भाषा’ हुन् । श्रोता समेतको चित्त हर्ने किसिमले मनको कुरालाई मिलाएर मीठो किसिमले भन्नु, सुनाउनु कविता गर्नु हो । अर्थात् भाषा ‘दूध’ हो भने कविता तर हो, जुन थोरै भएर पनि सुस्वादु हुन्छ । तथापि, भातकै सट्टा धेरै पनि खाइन्न ।
तपाईं कविता किन लेख्नुहुन्छ ?
मभित्र मेरा पिता–पूर्खा र अझ आमाको डिएनएबाट सर्दै आएको गुणहरू– दया, माया, करुणा, मुदिता तथा प्रेम भावना छन्, तिनै मानवीय विशेष गुण सम्प्रेषण गर्न कविता लेख्छु । 
मभित्र मेरो जन्म–थलो र मेरो मुलुकको आदर तथा देशभक्ति छ, त्यही जमिन तथा मुलुकको प्रशंसामा कविता लेख्छु । 
यो ब्रह्माण्ड, संसार, धर्ती, पृथ्वी, जीवन–जगत् कहाँबाट आयो, जीवन केही दिन घामछाया जस्तो रहेर अनेक इष्र्या, डाह, खुसी र दुःख झेल्छ तर फेरि कसरी, किन शून्यमा बिलाउँछ ? भनेजस्ता जिज्ञासा मभित्र अनेक छन् । केही बुझेँ–बुझेँ जस्तो लाग्छ तर करोडौँ कुरा बुझ्नै कठिन छन्, तिनै जिज्ञासाहरू आफ्नै र अन्य सन्धाताका दिमागमा झट्का हान्न कविता लेख्छु ।  
अन्य विधा र कवितामा के फरक छ ?
अन्य सबै विधा उसिनेका मासु हुन् । तिनमा कवितात्मक हरफ सामेल भएपछि मात्र स्वादिलो कवाफ बन्छ । जस्तै ः देवकोटाका निबन्धबाट र नारायणगोपालका गीतबाट कवितात्मक हरफ निकालेर फाल्ने हो भने ती कस्ता बेस्वादिला खत्तम झम्पाट–झुर होलान्, सोच्नोस् त ?
 कवितामा विचार र भावनाको भूमिका के कति हुन्छ ?
‘विचार’ कविताको प्राण हो । प्राण भौतिक रूपमा आँखाले देखिन्न तर ७५ ट्रिलियन सूक्ष्म कोषहरूमा त्यो निहित हुन्छ । प्राण नभएका अंगहरू त कुहिएर झर्छन् । भावनाभित्रका अनेक तह–पक्षमध्ये ‘चित्त’ सबैभन्दा महत्वपूर्ण हो, जुन कसैबाट प्रभावित नहुने तथा सम्यक्–सङलो हुन्छ ।
कविताको जन्म यही चित्तमा हुन्छ । त्यस्तै, कविता (पाठकले) ग्रहण गर्ने पनि यही चित्तले हो । चित्त बुझेपछि कविता लेखिन्छ । पढ्दा चित्त बुझेपछि कविताले पाठकको मनमा दमदार छाप छोड्छ । चित्तलाई कविताको शैलीले ध्यान आकर्षण गर्ने मात्र हो, तर निहित ‘विचार’ले मानिसभित्रको परिवर्तनको प्रक्रियामा योगदान गर्छ । प्रकारान्तरले पाठकभित्रको परिवर्तन या क्रान्तिका निम्ति कविताले ‘होस्टेमा हैँसे’ गर्छ ।
विचारविना कविता बन्छ कि बन्दैन ?
‘विचारविना’ पनि कविता बन्छ या विचारविना कविता बन्दैन भन्ने पनि विचारै हुन् । विचारविनाको मानिस हुँदैन, कसैले बाहिर निकाल्ला, कसैले भित्रै राख्ला, यति मात्र फरक हो । ठीक त्यस्तै विचारविनाको कविता पनि बन्दैन भन्ने मेरो धारणा हो । किनभने, भनिन्छ हरेक मानिसको दिमागमा दैनिक ६० हजार विचार आउँछन्–जान्छन् र तिनै विचारमध्ये मन परेका विचारलाई नै कविता या निबन्ध या लेख या रचनाका रूपमा अक्षरहरूको माध्यमले समातेर राख्ने हो ।
अहिले नेपाली कविता कुन अवस्थामा छ ?
नेपाली कविता भन्नु नेपाली समाजको मनोसामाजिक अवस्थाका आधारमा निर्माण हुने कलात्मक सिर्जना हो । नेपाली समाज अहिले डरलाग्दो किसिमले अलमल तथा दोधारमा छ । कविताहरू पनि त्यसकै प्रकटीकरण हुने नै भए । तथापि, मुलुकको यस अवस्थालाई चिर्न नेपाली कविता तीक्ष्ण किसिमले आलोचक हुँदै पुरानो भत्काएर नयाँ सिर्जना गर्ने ‘निषेधको–निषेध’ विज्ञान तथा अणु–परमाणु तहको मन–चित्तको युद्ध मोर्चामा डटेको छ ।
नेपाली कवितामाथि कस्तो बहस हुन आवश्यक छ ?
नेपाली कविताको अनुहार नेपाली राष्ट्रिय पहिचानमा आधारित हुन्छ, नेपालमा हुनुपर्ने पहिलो र आधारभूत बहसको विषय यही हो । राष्ट्रिय पहिचानविनाको मुलुक हुँदैन । यो मुलुकलाई स्थापना गर्ने आधारभूत तीन संस्थापक सभ्यताहरू र तिनमा निहित मूल्य–मान्यतागत महत्व नै (मैले बुझेको) नेपालको राष्ट्रिय पहिचान हो । 
क) किरात सभ्यता र मुन्धुममा निहित प्रकृतिपूजक मान्यता । 
ख) सनातनी सभ्यतामा निहित ‘काम’, ‘अर्थ’, ‘धर्म’ र ‘मोक्ष’ तथा ‘वसुधैव कुटुम्बकम (संसार नै मेरो परिवार)’ ठान्ने मान्यता प्रणाली ।
 ग) बौद्ध सभ्यताको मूल सिद्धान्त– चार आर्य सत्य तथा आर्य अष्टांगी मार्ग ।
यी तीन सभ्यताका मूल्य र मान्यताको अन्तर्घुलनबाट नेपालको राष्ट्रिय पहिचान बन्छ । यस सैद्धान्तिक पक्षमा सहमत भएपछि हरेक कुरा सोहीमुताबिक हेर्न, सोच्न, बोल्न वा लेख्न थालिन्छ । यसपछि कुनै एउटा सभ्यताको मूल्य–मान्यतालाई मात्र नेपालको राष्ट्रिय पहिचान भन्ने गलत सोचाइ अमान्य हुन्छ ।
खासमा, यिनै रैथाने विविध नेपाली मूल्य–मान्यतावाला तीन सभ्यताका जातजाति र संस्कृतिप्रति आपसी आदर–सम्मानले अहिलेसम्म सहअस्तित्वमा रहँदै–बस्दै आएका ‘नेपाली’ भनिने मानव समूह हौँ, हामी । यिनै आपसी सम्मानको आधारमा कविता लेखियो भने बिछट्टका नेपाली कविता बन्छन्, बनिरहेका छन्, जुन दुनियाँ–संसारमै नयाँ स्वादका छन्, बन्नेछन् । जसलाई संसारले समेत स–सम्मान स्वाद लिनेछ, कसैले अपहेलना गर्न सक्ने कुरै भएन । किनभने, यस्ता कविता नेपाली धर्तीको सुगन्धले भरिएका विशेष कविता हुन्छन्, जुन अरु कुनै देशको भन्दा स्वतः फरक छन्, हुनेछन् । यसबारे कविहरूले बहस–छलफल गर्नु र आफ्नो धारणालाई कञ्चन बनाउनुपर्छ ।
समाजलाई विभाजन गर्नेहरुलाई यो मुलुकको विशिष्ट विविधतालाई सम्पत्ति ठानेर जोड्ने–जोगाउने भनेर बाटो देखाउनेछन् । नत्र कविहरू सिरिफ स्रष्टा मात्र होलान् । समाजलाई बाटो देखाउने द्रष्टा हुन असफल हुनेछन् । 
बहसको अर्को विषय– नेपाली कवि र कविताको गुणवेत्ताको विकासका निम्ति कवि र कविताहरूको उपयुक्त तथा सर्वमान्य सूचक तथा आधारहरू विकास गरेर सूचकअनुसार प्राप्त अंकभारको आधारमा ‘क’, ‘ख’, ‘ग’ गरी श्रेणी तोक्ने प्रचलन थाल्न सकिन्छ (हुन त अहिले पनि वरिष्ठ कवि, समसामयिक कवि तथा युवा कवि भनेर पनि एक किसिमले अघोषित रूपमा श्रेणी छुट्याएको देखिन्छ) ।
श्रेणी छुट्याउने गरे ‘ग’ले ‘ख’ श्रेणीमा उक्लिन प्रयास गर्नेछ र ‘ख’ले ‘क’ श्रेणीमा पुग्न खोज्ने कलात्मक सिँढी चढ्ने प्रतिस्पर्धात्मक प्रणाली तयार हुनेछ । यसले गुणवेत्तायुक्त कविता लेखनको सुहाउँदिलो र स्वस्थ प्रतिस्पर्धाको लोकतान्त्रिक अखाडा तयार हुनेछ, जहाँबाट उत्कृष्ठ नेपाली कविताको सिर्जना गर्ने सिर्जनात्मक ढोका खुल्नेछ । नत्र अहिलेको धारिलो प्रतिस्पर्धाको युगमा ‘चलिहाल्छ नि’ भन्ने अगतिलो धारणाले त विशिष्टीकरणतिर छलाङ मार्न नसक्ने भुत्ते कविता मात्र नेपालमा लेखिनेछन् । 
                                                                                                                     प्रस्तुति ः ध्रुवसत्य परियार

Tuesday, March 17, 2020

‘भ्रष्ट मुलुकमा ‘भल्गर’ पुस्तक बिक्छन्’


शनिबार, ३० कार्तिक २०७६, १० : ४९ | नागरिक

विक्रम सुब्बा

केही वर्षअघि तत्कालीन अमेरिकी राष्ट्रपति जिमी कार्टरको अन्तर्वार्ता पढेको थिएँ, कार्टरले त्यतिबेला प्रो. ज्याक वेदरफोर्डको पुस्तक ‘गेन्घिज (चङ्गेज) खान एन्ड द मेकिङ अफ द मोडर्न वल्र्ड’ पढ्दै रहेछन्। यो पुुस्तकबारे थाहा पाएपछि मैले नेपालका पुस्तक पसलमा खोजेँ, नपाएपछि जेठो छोरासित अमेरिकाबाट मगाएँ। ६ महिनापछि मात्र पुस्तक मेरो हात प-यो। यो पुस्तकलाई एन्थ्रोपोलोजीका प्रोफेसरले १६–१७ वर्ष अध्ययन–अनुसन्धान गरेर लेखेका रहेछन्। यो थाहा पाएपछि गहिरो अध्ययन–अनुसन्धान गरेर मात्र पुस्तक लेख्नुपर्छ भन्ने मेरो धारणा झनै सुदृढ भयो।

चंगेज खानले युद्ध गर्दै जाँदा हातहतियार बनाउने र पुल निर्माण गर्ने प्रविधि समेत विकास गरेको पुस्तकबाट थाहा पाएँ। युद्धले प्राविधिक विकास पनि गरेर आधुनिकीकरणको प्रक्रियामा योगदान गरिरहेको हुनेरहेछ भन्ने देखियो।

त्यस्तै, डा. मोहम्मद महाथिरको ‘मले डिलेमा’ र ली क्वान युको ‘फ्रम थर्ड वल्र्ड टु फस्र्ट’ पनि खोजेको निकै समयपछि हात पारेँ। भोगेरै लेखिएका अटो–बायोग्राफीहरू र कविता मलाई मनपर्छ। अटोबायोग्राफी पढ्दा हरेकको फरक–फरक अनुभवबाट म आफूलाई प्रशिक्षित गर्छु। कविता पढ्दा सबैभन्दा कलात्मक किसिमले जीवनका नयाँ–नयाँ पाटाहरू उद्घाटित गर्ने कविहरूको बिछट्टै नयाँ दृष्टिकोणले जीवनलाई हेर्ने नयाँ आँखा समेत आफूले पनि पाएको महसुस गर्छु।

पछिल्लोपटक दुर्गा सुवेदीको पुस्तक ‘विमान–विद्रोह’ पढेँ। यसमा कांग्रेस पार्टीका निम्ति कोष चाहिएकाले राष्ट्र बैंकको पैसा बोकी विराटनगरबाट काठमान्डु जाँदै गरेको हवाईजहाज अपहरण (सन् १९७३) गरेर पैसा लुटेको तर त्यस्तो ज्यानको बाजी राखेर काम गर्ने सुवेदीलाई कांग्रेस पार्टीले ‘युज एन्ड थ्रो’ गरेको, अपहरण गरेर हासिल गरेको पैसा पनि कोइराला परिवारले दुरुपयोग गरेको (बीपी कोइरालाले समेत स्विकारेको) कुराहरूको विवरण उल्लेख गरिएको छ।

अहिले अली ग्रिपरको (अनु. खगेन्द्र संग्रौला) ‘सन्दुक रुइत’ र जलाल अद–दीन मोहम्मद रुमीका कविता ‘द बुक अफ लभ : पोएम्स अफ रुमी’ पढ्दैछु।

‘जिन्दगीको हिसाब खोजेँ’

उमेर, समय र उपलब्धता अनुसार पुस्तकहरू पढ्दै जाँदा सबैभन्दा पहिले स्कुले जीवनमै गोर्कीको ‘आमा’ले प्रभावित ग-यो, जसले अत्याचारी शासन–सत्ताविरुद्ध जे–जस्तो सकिन्छ (गोप्य रूपमा भए पनि) काम गरिरहनुपर्ने रहेछ भन्ने बीउ मेरो मनमा रोपिदियो। अलिपछि (कलेज जीवनमा) निकोलाई ओस्त्रोवस्कीको ‘हाउ द स्टिल वाज टेम्पर्ड’ पढेपछि म तीन दिन नराम्ररी रन्थनिएँ। मानिसले कति हदसम्म संघर्ष गर्न सक्दा रहेछन् ! हामी नेपाली त केही काम नलाग्ने अल्छी रहेछौँ भन्ने लागिरह्यो। त्यसपछि म आफ्ना दैनिक गतिविधितिर घोत्लिएँ– कति समय सुतेर बिताउँछु, दिसापिसाब, नुहाइधुवाइ लगायत सरसफाइमा कति समय लगाउँछु, कलेज जान–आउन बाटोमा, साथीभाइसँग गफगाफमा, टेबलटेनिस, ब्याडमिन्टन, भलिबल खेल्न, शिक्षकले कक्षामा पढाएको सुन्न, घरमा पढ्न, आफन्तसँग भेटघाट गर्न, सिनेमा हेर्न, बा–आमालाई चिठी लेख्न, बासँग आवा (आकाशवाणी)मा कुरा गर्न कति समय लगाउँछु भनेर हिसाब गरेँ।

पढ्नका लागि काठमान्डु आएको मैले मुस्किलले दिनमा तीन–चार घन्टा पढ्दो रहेछु। धेरै समय आते–जाते, खाते–पिते, खेल्ते–बोल्ते र भेटघाटमा बिताउँदो रहेछु– यो थाहा पाएर मलाई दिक्क लागेको थियो।

पुरस्कार

पुरस्कार पाएको पुस्तकले मलाई कहिल्यै आकर्षित गरेन। प्रायः रिभ्यु पढेर विषयवस्तु मनपरेपछि पढूँपढूँ लाग्छ र खोज्छु। सामुएल पी हन्टिङ्टनको ‘द क्ल्यास अफ् सिभिलाइजेसन्स’, जसमा हन्टिङ्टनले शीत युद्धपछिको संसारमा सात सभ्यताका बीच द्वन्द्व बढ्नेछ भन्ने ‘थेसिस’ पेस गरेका छन्। यसको रिभ्यु पढ्दै गर्दा पढूँपढूँ लाग्यो र मगाएर पढेँ। त्यस्तै, मा आनन्द शीलाको संस्मरण ‘डन्ट किल हिम्’मा रजनीशको जीवनका सारा उतारचढावका बारेमा लेखिएको छ। रजनीशकै सहयोगीले लेखेकाले पढूँपढूँ लाग्यो र पढेँ। त्यस्तै, ‘इफ यु मिट द बुद्ध अन द रोड, किल हिम : द पिल्ग्रिमेज अफ साइकोथेरापी पेसेन्ट्स’ (सेल्डन बी कप्प) शीर्षक देख्तै पढूँपढूँ लाग्यो। ‘बुद्धत्व हरेक मानिसभित्र हुन्छ, त्यसैले, कसैले म बुद्ध हुँ’ भन्दै हिँड्छ भने त्यो ठग हो, त्यसलाई मारिदिए हुन्छ’ भन्ने नौतुन किसिमले तर्क लेखकले पेस गरेको गज्जब लाग्यो।

बाहिर र पार्टी कार्यालयमा आफूलाई लोकतान्त्रिक या कम्युनिस्ट भन्ने तर २४सै घन्टा खाँटी हिन्दू कि बुद्धिस्ट कि इशाई कि इस्लाम जीवनशैलीमा बाँच्नेहरू देख्ता सिद्धान्त भनेको अनुहारमा पोत्ने लाली–पाउडर रहेछ भन्ने लागेको छ।

पुरस्कारले स्कुल तहका कलिला बालबालिकालाई र लेख्न सिक्दै गरेकालाई उत्साहित गर्ला। वयस्क र प्रोफेसनल तहमा पुगेपछि पनि पुरस्कारको लोभ गर्ने र पुरस्कार दिएर सर्जकलाई खरिद गरी आफ्नो बनाएर संसारभर ध्वाँस (पावर ब्रोकरिङ) दिने काम गलत हो जस्तो देखिन्छ। ‘नोबल पुरस्कार’ खोस्ने समेत हल्ला आएपछि मलाई पुरस्कार झनै झुर लाग्यो। कस्ता दुष्ट ? पहिले पुरस्कार दिने र आफ्नो मान्छे बनाउने तर कुनै ‘इस्यु’मा फरक अडान राख्नासाथ पुरस्कारै खोस्ने ? यो त कुटिल, धूर्त र स्तरहीन चाला हो। पुरस्कारले कैयौँलाई बिगारेको पनि देखिन्छ। अनेक लेखकले पुरस्कार पाएपछि उत्तम कृति लेखेको देखिएन। बरु, ‘पुरस्कार पाइहालेँ, म अब ठूलो सम्भ्रान्त सर्कलमा पसिसकेँ। दूतावासहरूका भोजभतेरमा समेत मेरो उपस्थिति गहना ठानिन्छ र नबोलाई नहुनेमा सूचीकृत भइसकेँ’ भनेर मेहनेती तथा अनुसन्धाता लेखक पनि एक दम्भी सम्भ्रान्त मनुवामा परिणत हुने खतरनाक प्रवृत्ति समेत देखियो। यसले होनहार लेखकलाई मारिदिन्छ, देशलाई ठूलो घाटा लाग्छ। बरु, धेरै योगदान गरिसकेपछि कदरस्वरूप स–सम्मान आजीवन महिनावारी भत्ता र सुविधा तथा स्वास्थ्य सेवा निःशुल्क दिए गज्जब हुनेछ। जस्तोः ललितपुर नगरपालिकाले सत्यमोहन जोशी दाइलाई गाडी–ड्राइभर र अंगरक्षक आदि दिएको छ।

पुस्तकको प्रभाव

पुस्तक गम्भीर, प्रसिद्ध (पपुलर) र भल्गर गरी तीन किसिमले लेखिन्छन्। धेरैले पढ्ने प्रसिद्ध (पपुलर) पुस्तक हो। गम्भीर पुस्तक कमले पढ्छन्। यस्ता पुस्तक नपढी नहुने किसिमका हुन्छन्, गहिरो प्रभाव पारिरहन्छन् भने हल्काफुल्का प्रभाव पपुलर साहित्यको हुन्छ, जुन खहरेजस्तै आउँछ र जान्छ। भल्गर साहित्यले समाजलाई नोक्सानै गर्छ भनिन्छ। धेरै विद्वान्–विदुषी भएको समाजमा गम्भीर पुस्तक धेरै छापिन्छन्, संसारलाई प्रभावित गर्छन्। छिपछिपे मानिस धेरै हुने देशमा पपुलर पुस्तक धेरै छापिन्छन्। भ्रष्ट मुलुकमा ‘भल्गर’ पुस्तक बढी बिक्छन्। समाजको चेतनाको तह अनुसार कस्तो पुस्तकले प्रभाव पार्छ भन्ने निर्धारण हुने भयो।

चीन, जापान र कोरिया लगायत मुलुकलाई सिन्तो, दाओवाद, कन्फ्युसियस, बोन र बुद्धका विचारले प्रभाव पारेका छन्। भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, म्यानमार, थाइल्यान्ड, मलेसिया, सिंगापुर, कम्बोडिया, भियतनाम, इन्डोनेसिया आदिका समाजलाई सनातन धर्म, इस्लाम, कन्फ्युसियस र बुद्धका विचारले संयुक्त किसिमले लपेटेका छन्। यिनमा भारतको शासक वर्ग सनातनी भाष्य (ग्रान्ड नारेटिभ्स्)मा आधारित भएर चल्छन् भने अनेक जनजातिहरू प्रकृतिपूजक (शामानिस्टिक) रहेका छन्। मुसलमान, बुद्धिस्ट तथा इसाईलाई आफ्नै धर्म र संस्कारले निर्देशित गरेका छन्। मिडल इस्टका मुलुक धेरै हदसम्म जरोस्ट्रियन जिन्द आवेस्ता, कुरान र सारिया कानुनबाट निर्देशित देखिन्छन्। पाश्चात्य मुलुकमा (गोरा) ककेसोइडहरू धेरै हदसम्म ख्रिस्चियन (प्रोटेस्टेन्ट, क्याथलिक, अर्थोडक्स, आदि पन्थी) धर्म, प्रजातन्त्रका नाममा चलाइएको ‘पुँजीवाद’ र यसको खुला अर्थनीति (आडम स्मिथको ‘द वेल्थ अफ् नेसन्स’मा आधारित)बाट निर्देशित देखिन्छन्। अनेक अफ्रिकी नेग्रोइड तथा रैथाने रेड इन्डियनहरू प्रकृतिपूजक देखिन्छन्।


आडम स्मिथले भनेको ‘सरप्लस’ नै शोषण हो भन्ने कार्लमाक्र्सको कम्युनिस्ट मेनिफेस्टोले दुनियाँमा तरंग ल्यायो। अनेक मानिस कम्युनिस्ट भए, तर फेरि फर्केर ‘पुँजीवाद’तिर लागेका देखिन्छन्। अर्थतन्त्रमा पुँजीवाद चलिरहेछ, शासकहरू आफूलाई लोकतान्त्रिक भनिरहेछन्, तर ९९ प्रतिशत जनता कि ईशाई, कि मुस्लिम, कि हिन्दू, कि बौद्ध, कि प्रकृतिपूजक आदि भएर चलेका छन्। अनेक सिद्धान्त ‘बौद्धिक लप्फाजी’का स्रोत या फुटानी चोकका निम्ति ‘गफका स्रोत सामग्री’ मात्र बन्न पुगेका छन्। कुनै दार्शनिकको सिद्धान्त अनुसार एउटा समाज, समूह या पार्टी पनि चलेको देखिँदैन। बाहिर र पार्टी कार्यालयमा आफूलाई लोकतान्त्रिक या कम्युनिस्ट भन्ने तर २४सै घन्टा खाँटी हिन्दू कि बुद्धिस्ट कि इशाई कि इस्लाम जीवनशैलीमा बाँच्नेहरू देख्ता सिद्धान्त भनेको अनुहारमा पोत्ने लाली–पाउडर जस्तै लाग्छ।

धार्मिक ग्रन्थको प्रभाव

भारतका शासक वर्गले मनुस्मृति, रामायण, महाभारत र पुराणहरूलाई हतियार बनाएर आफ्नो शासनलाई जस्टिफाई गर्ने र अरुलाई ‘डोमिनेट’ गर्ने गरिरहेछन्। अधिकांश (हिन्दू भनिने) सनातनी धर्मावलम्बी पनि तिनै शासकले ‘डिकोड’ गरेको कुरामा भर परेर ‘शासित’ भएरै बस्न पाएकामा दंग छन्। जस्तोः दलितहरू उच्च जातकाले जतिसुकै हेपे पनि ‘हिन्दू’ हुनुमा गर्व गर्छन्। ऋग्वेद एक लोक–वाङ्मय (खस जातिको इतिहास, बालकृष्ण पोखरेल) को रूपमा सिन्धुघाँटीको सभ्यता (अझ हरप्पा)को उपज हो। अरु वेदहरू पछि लोक–वाङ्मयका रूपमा रचिए भनिन्छ। वेदहरू पूर्वाधारका रूपमा विकसित नभएको भए मनुस्मृति, रामायण, महाभारत र पुराणहरू जन्मिने थिएनन् भनेको पनि सुनिन्छ। धर्मग्रन्थ भनिने लोक–वाङ्मयले सामाजिक संविधान, ऐन–कानुन, नियम–विधान र नम्र्सको रूपमा समाज व्यवस्थापनको काम गरिरहेछन्। आधुनिक राज्यहरूले लिखित सरकारी संविधान, (मुलकी) ऐन–कानुन नलेखेसम्म तिनै धर्मग्रन्थको आधारमा जीवन चक्रका विधि–विधान, कर्मकाण्ड चलाउने, दण्ड–सजाय या पुरस्कृत गर्ने र समाजलाई व्यवस्थित गर्ने गर्थे।

अझै पनि पाँच सय मानिस बस्न सक्ने एक ठूलो चर्च बनेको छ भने मात्र कुनै (आफ्नो देशभित्रको) सहरलाई ब्रिटिस सरकारले ‘मुनिसिपलिटी’को दर्जा दिन्छ, अहिले पनि अमेरिकी राष्ट्रपति भरसक गोरो, एङ्लो सेक्सन, प्रोटेस्टेन्ट हुनुपर्छ भन्ने गहिरो धारणा व्याप्त छ। बेलायतमा अहिले पनि ‘अंग्रेजी बोल्ने ख्रिस्चियन’ मात्र प्रधानमन्त्री हुन योग्य (अलिखित तर बलियो) हुन्छ भन्ने मान्यता कायमै छ। त्यस्तै, भारत र नेपालजस्तो मुलुकमा शासकको ‘साइकी’मा अझै पनि शासन गर्न योग्य ‘क्षेत्री’ या ‘आर्य’ हुन्, अरु त शासित भएरै बस्ने हुन् भन्ने धारणा व्याप्त छ। यी धारणा तिनै धर्मग्रन्थ तथा महाभाष्यले निर्माण गरेका हुन्। जुन अहिले पनि सभ्यता र समाजका बलिया आधारका रूपमा कायमै देखिन्छन्।

धार्मिक पुस्तकले तत्तत् धर्मावलम्बी समाज या व्यक्तिलाई विश्व दृष्टिकोण र जीवन दृष्टिकोण दिने काम गर्छ। जसमा टेकेरै संसार र जीवनलाई हेर्ने–बुझ्ने बनाउँछ। धार्मिक पुस्तकको कामलाई समाज वैज्ञानिकहरूले ‘मेन्टल प्रोग्रामिङ’ भनेका छन्। यही ‘मेन्टल प्रोग्रामिङ’ (सफ्टवेयर) फरक–फरक भएकाले फरक–फरक समुदायको चिन्तन तथा सोच फरक हुन पुग्यो र मानवहरू एकापसमा फरक हुन पुगेका हुन्, नत्र भौतिक शरीर (हार्डवेयर) सबैको उस्तै छन् भन्ने उनीहरूको भनाइ छ।

यसरी धार्मिक पुस्तकले सिर्जना गरेका सोचकै आधारमा संविधान, ऐन–कानुन समेत लेखिएका छन्। नेपाल र भारत जस्तो मुलुकमा संविधानदेखि ऐन–कानुन लेख्दा सनातनी न्यायिक संहितालाई आधार लिएको देखिन्छ भने युरोप र अमेरिकामा इसाई धर्मका मूल्य–मान्यता तथा बाइबललाई न्यायको स्रोत मानिएको छ। इस्लाम मुलुकहरूमा कुरान र सारिया कानुनहरू न्यायका स्रोत बनेका छन्। तथापि, कुनै सम्प्रदायको धार्मिक पुस्तकको संहिता सरकारी संविधान र ऐनमा पसेपछि सबैले मान्नुपर्ने हुँदा अर्को सम्प्रदायका निम्ति असहज तथा लादिएको अनुभूत पनि हुँदै आएको छ, द्वन्द्वको स्रोत समेत बनेको देखिन्छ।

नयाँ पुस्तकको प्रभाव

फ्रान्सिस फुकुयामाले आफ्नो पुस्तक ‘द इन्ड अफ द हिस्ट्री एन्ड द लास्ट मेन’मा ‘अब अमेरिकाको एक क्षेत्र र अकण्टक शासन संसारमा चल्ने भयो’ भन्ने किसिमले लेखेपछि अमेरिका ढुक्क परेर सुत्यो। तर सन् २००४ मा चीन विश्व व्यापार संगठन (डब्लुटिओ)को सदस्य भएपछि १० वर्षमै अमेरिकालाई आच्छुआच्छु पार्न पुग्यो। अमेरिका अहिले हैरान छ भनेर राष्ट्रिय विश्वविद्यालय सिंगापुरका प्रोफेसर किशोर महबुबानीले उल्लेख गरेका छन्। भारतमा भर्खरै डा. सुब्रामन्यन स्वामीले ‘रिसेट : रेगेनिङ इन्डियाज इकोनोमिक लिगेसी’ नामक पुस्तक लेखे, जसमा भारतको कर प्रणालीमा सुधार गरी करको दर नघटाई हुन्न, नत्र मध्यम र साना व्यवसाय धरासयी हुनेछन् भन्ने उल्लेख छ। यसकै आधारमा हालका अर्थमन्त्री निर्मला सिथारमनले बजेट भाषणको प्रावधान दुईपटक सच्याइसकिन् भनेर भारतीय मिडियामा पढ्न पाइएको छ। यसरी थिंक ट्यांकहरूले लेखेपछि सरकारहरूले केही न केही नीतिगत सुधार गरेको अन्य मुलुकमा देखिन्छन्। नेपालमा त त्यस्तो गहकिलो पुस्तक लेखिएको र दिइएको फिडब्याकका आधारमा नीतिगत सुधार गरेको पाइँदैन, बरु विश्व बैंक र आइएनएफका रिपोर्टले जे जे भन्छन्, तसैतसै गर्छ नेपाल सरकार भनेको मिडियामा पढ्न पाइन्छ।

पुस्तकालय

स्कुल पढ्दा मोरङको रंगेलीमा रहेको ‘युवा पुस्तकालय’मा हिन्दी उपन्यास लगायत किताब पढेँ। त्यतिबेला गुलसन नन्दाका किताब पढ्ने फेसन चलेको थियो, तिनै पढ्दै जाँदा गोर्कीको ‘आमा’ पढ्ने मौका पाएँ। यसपछि नै राम्रा किताब खोजेर पढ्ने भोक जाग्यो। पछि ललितपुरको ‘मदन पुरस्कार पुस्तकालय’ अलि बढी प्रयोग गरेँ।

छिपछिपे मानिस धेरै हुने देशमा पपुलर पुस्तक धेरै छापिन्छन् भने भ्रष्ट मुलुकमा ‘भल्गर’ पुस्तक बढी बिक्छन्। त्यसैले समाजको चेतनाको तह अनुसार कस्तो पुस्तकले प्रभाव पार्छ भन्ने कुरा निर्धारण गर्ने भयो।

अब पुस्तकालयले ताजा अनुसन्धानका जर्नल समेत राखेर ‘अनलाइन’मा जानुपर्छ। भनिन्छ, नेपालका प्रोफेसरले अनेक अनुसन्धानका जर्नल नै २–४ वर्ष ढिलो मात्र पढ्न पाउँछन्, जसले गर्दा सधैँ ‘सेकेन्ड ह्यान्ड नलेज’ बेचेर बस्नुपरिरहेछ। जुन देशले ‘अनलाइन’ पुस्तकालय सञ्चालन गर्छ, उसैले हरेक नागरिकलाई छिटो ज्ञानगुन लेनदेन गर्ने–गराउने बनाउँछ।

नेपालमा अनलाइन पुस्तकालय खोले पनि डलर तिर्नुपर्ने र सो पुस्तकालय अमेरिकातिरको ‘सर्भर’मै राख्नुपर्ने बाध्यता देखिन्छ। नेपालमा थेसिस नै बजारको फोटोकपी पसलतिरै किन्न पाइने भइसक्यो भनिन्छ। यस्तो देशका प्रोफेसर संसारका ‘क’ वर्गका विश्वविद्यालयका प्रोफेसरसँग आँखा जुधाएर कुरा गर्न कसरी सक्लान् ? यहाँका प्रोफेसरले ‘नलेज उत्पादन’ गरेको देखिन्न, विदेशीले उत्पादन गरेको ‘नलेज’ आयात गर्दा पनि नेपाल आइपुग्दा बासी भइसकेको हुन्छ। यस्तो अवस्था र प्रवृत्तिका प्रोफेसरले ‘एक्सलेन्ट’ जनशक्ति उत्पादन गर्ने कुरै भएन।

केही मनपरेका पुस्तक

सामाजिक रूपान्तरणका निम्ति कामै गरेर डा. माबेले अरोले र डा. रजनीकान्त अरोलेले लेखेको ‘जामखेड : अ कमप्रिहेनसिभ रुरल हेल्थ प्रोजेक्ट’ पुस्तक असाध्यै मनपरेको हो। यसले अनेक किसिमका विकासका कामको ‘पाइलटिङ’ गर्छ र ‘स्केल अप’ गरेर संसारभरि ‘क्यास्केडिङ’ गर्छ। गज्जब के छ भने, यहाँ पाँच लाख मानिस बसोबास गर्ने क्षेत्रमा धेरैभन्दा धेरै स्वयंसेवीले काम गरिरहेछन् र तालिम सञ्चालन गर्दा पहिले नै पाठ्यक्रम र पाठ्यसामग्री तयार गरिँदैन। गाउँगाउँबाट तालिमका सहभागी आउँछन्, छलफल सुरु हुन्छ, गाउँलेले भोगेका हरेक समस्या संकलन गरेर ‘तालिमको अजेन्डा’ तयार गरिन्छ। विशेषज्ञले छलफल सञ्चालन गर्दै व्यावहारिक उपाय दिनुपर्छ, विशेषज्ञहरूले कण्ठ पारेको कुरा ‘तालिम’मा लादिदिने होइन।

‘डाइरेक्ट डेमोक्रेसी’को उच्चतम् अभ्यास गरिरहेको स्विट्जरलेन्डको संविधान पनि धेरै मनपरेको छ। लोकतन्त्रलाई अन्तिम गन्तव्य मान्नेका निम्ति यो (डाइरेक्ट डेमोक्रेसी) नै विशिष्ट प्रणाली हुने संकेत पाइन्छ। नत्र अहिले जात अनुसारकै अनेक डेमोक्रेसीका खेती सप्रेका छन्।

डा. मोहम्मद महाथीरको पुस्तक ‘मले डिलेमा’ पढेपछि हामी नेपाली किन अल्छी छौँ, गफ गरेर, तास खेलेर, तरुनी–तन्नेरी रमाइलो कुरा गरेर समय बिताउँछौँ भन्ने छर्लंग हुन्छ। कारण रहेछ– मलेसिया र नेपालजस्तो पर्यावरणीय क्षेत्रको जमिनले हरेक महिना केही न केही फलाइदिन्छ। एक टुक्रा जमिन भए खान पुगिहाल्छ। जेठ–असारमा दुई–तीन महिना बेसरी खटेपछि वर्षभरि खाने अन्न भइहाल्छ। गफ हाँक्दै चियापसलमा तास खेल्दै डुलिहिँडे पनि भोकै परिँदैन। यस्तो धारणा उर्वर जमिन बनाइदिने ‘इकोलोजी’ले सिर्जना भएको रहेछ।

बुद्धको डक्ट्रिन जस्तै लाग्ने (संसारको अरु सबैभन्दा भिन्न सूत्र) बुद्धको पञ्चशील र अष्टांगी मार्ग सैयौँ थेसिसभन्दा सशक्त लाग्छ। राजगद्दी त्यागेर ज्ञानको खोजीमा निस्केका बुद्धको जीवन नै भयानक ठूलो भाष्य हो। बुद्धले दरबार नछाडेको भए यो दुनियाँलाई भयानक घाटा लाग्ने थियो। अर्थात्, बुद्धको जीवन नै एक ठूलो पुस्तक हो मेरा लागि।

क्रिस्टोफर कडवेलको ‘इलुजन एन्ड रियालिटी, अ स्टडी अफ द सोर्सेस अफ पोएट्री’ पुरानो तर एक गहन पुस्तक हो। जसले कवितालाई सबैभन्दा सटिक किसिमले ‘जुन बेला मानिसको भाषा र अक्षर थिएन, त्यो बेला पनि मानिसका अनेक भावना (खुसी, दुःख, रिस र आवेश) थिए। ती आवेग र संवेग व्यक्त गर्न उनीहरू कहिले उफ्रेर नाच्ने, कहिले लाठी या ढुंगाले जमिनमा हिर्काउने गर्थे। यसरी अनेक ध्वनिका लयात्मक तरंग सिर्जना हुन्थ्यो, त्यही तरंग र लय नै पहिलो कविता हो, जसलाई पछि अक्षर आविष्कार भएपछि लिपिबद्ध गरिएको हो’ भनेर परिभाषित गरे।

त्यस्तै, ‘लङ वाक टु फ्रिडम : द अटोबायोग्राफी अफ नेल्सन मन्डेला’, बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’, चाल्र्स डार्विनको ‘द ओरिजिन अफ स्पेसिज’, फेडरिक नित्सेको ‘दश स्पोक जरथुस्त्र’, खलिल गिब्रानको ‘द प्रोफेट’, सामुएल पी हन्टिङ्टनको ‘हु आर वी, द च्यालेन्जेज टु अमेरिकाज नेसनल आइडेन्टिटी’, प्रो गेर्ट हफ्स्टेडको ‘कल्चर्स क्वेन्सिक्वेन्सेस : कम्पेरिङ भ्यालुज, बिहेबियर्स, इन्सटिच्युसन्स एन्ड अर्गनाइजेसन्स अक्रस नेसन्स’, एडवर्ड टी हलको ‘बियोन्ड कल्चर’ लगायत पुस्तक मेरा लागि प्रिय सम्पदा हुन्।

भूपि शेरचनको ‘हामी’ कविता: विक्रम सुब्बाको समिक्षा (नागरिक देनिकका निम्त)


१) भूपि शेरचनलाई कसरी चिन्नुहुन्छ ?

भूपि शेरचनलाई उनका कविताहरू पढेरै ‘आहा, कवि!’का रुपमा चिनेँ । “हुदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुइ चार सपूत मरेर नगए” या “मैले पिएकोमा रिसाएका साथीहरू, पिएर त हेर, पिउन झन् गाह्रो छ; मरेर शहीद हुनेहरू,जिएर त हेर, जिउन झन् गाह्रो छ !” जस्ता उखानै बनि सकेका कवितांशहरू पढेपछि - अभिशप्त घर, असार, घुम्ने मेचमाथि अन्धो मान्छे, घण्टाघर, बेड-ल्याम्प, भूपि शेरचन, मेरो चोक, मैनबत्रीको शिखा, शीत-युध्दकालका बाँदरहरू, हल्लै हल्लाको देश, तथा हामी जस्ता उनका शसक्त कविताहरू पढेँ । र, मुलुकका मानिसहरूको भावनालाई कवितामा सर्लक्क उतार्ने एक कुसल शिल्पीका रुपमा चिनेँ भूपिलाई । नजिक संगत गर्न जुरेन, तर, अक्सिजन सिलिण्डर सहित ओछ्यानमा, मेरा एक मित्रसँग, भेट्न पुगेको थिएँ, मृत्यूसँग लडिरहेका कविसँग बसेर निकै बेर भलाकुसारी गर्दै एक महान कविको जीवनको अन्तिम अनुच्छेद पढेर फर्केपछि कोठामा म भावुक भएको थिएँ ।


२) “हामी” कविताले के भन्छ ?

भूपिका सबैभन्दा शक्तिसाली मध्येका एक “हामी” कविता हो । यो कविताले नेपालीका प्रमुख ‘हिप्पोक्रेटिक’ प्रवृत्तिलाई नांगोझार पारेर कहन्छ, तर, यसो गर्दा कविले आफुलाई समेत त्यही प्रवृत्तिले ग्रसित ‘कठै बरा विचरा भूपि शेरचन” का रुपमा सामेल गर्ने हिम्मत गरेका छन् । “हामी”मा नेपाली आनीबानी-बेहोरा-चुत्थोपन-दम्भीपना-खिच्चोपना-घटियापन सबथोक उजागर गरी डङ कि डङ लेखेको यो कविता पढ्नेहरूको सोचमा ७ रेक्टरस्केलको भुइँचाले झट्का हान्छ र जब जब यो कविताको सम्झना आउँछ पाठकको मनमा पराकम्प ल्याइरहन्छन् यी हरफहरु - “कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने; हामी रङ्ग–रोगन छुटेका,टुटेका, फुटेका पुरानो क्यारमबोर्डका गोटी हौँ, एउटा मनोरञ्जक खेलका सामग्री, एउटा खेलाडीमाथि आश्रित, आफ्नो गति हराएका, एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित; हो, हामी मानिस कम र बर्ता गोटी हौँ । हामी वीर छौँ, तर बुद्धू छौँ, हामी बुद्धूछौँ र त हामी वीर छौँ, हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौँ ।” यो कविता पढेपछि एउटा कविले समाजको कसरी बेज्जोड तथा ईमान्दार समिक्षा गर्छ भन्ने कुरा पाठकले बुझ्छ ।

अझ, यो कविताको शस्वत पक्ष - ब्रम्हाण्डमा करोडौँ ग्रहका प्रणाली, हरेक प्रणालीमा अनेक ग्यालेक्सी, ती मध्ये एउटा सानो ‘मिल्की ग्यालेक्सी’, जसका करोडौँ ग्रहमन्डलहरू छन् ‘सौर्य मण्डल’ जसको सिरिफ एउटा सानो ‘मण्डल’ हो र जसमा ९ ग्रहहरू रहेकाछन्, ती ग्रहमध्ये (ब्रह्माण्डको तुलनामा) एउटा सानो कण जत्रो ग्रह हो पृथ्वी । जहाँ अनेक देश छन् र ती स-साना देशहरू मध्ये एउटा सानो देश नेपाल हो । यो सानो देश नेपालमा अनेक सभ्यता, भाषा र संस्कृतिहरू छन् । हरेक सभ्यता र संस्कृतिका नेपालीको आफुलाई ठूलो र अरुलाई भुसुना ठान्ने हाम्रो प्रवृत्तिमा भूपि -”हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगुरौँ, जतिसुकै ठूलो स्वरमा गर्जौ तर, हामी फगत् पानीको थोपा हौँ !” भनि बम प्रहार गरेर हामी सबैलाई ‘वास्तवमा हामी फगत पानीको फोका भएको र केही समयमै प्याट्टै फुटेर सून्यमा हराईजाने अस्तित्वहीन अस्तित्व हौँ’ भन्ने यथार्थको झापटले पाखण्डी सोच भएका “हामी”लाई लोकल ‘साईज’मा ठ्याम्मै झार्छन् कविले ।


३) शिल्पको कसीमा यो कस्तो कविता हो ?

Free verse भन्ने, संभ्रान्त वर्गीय छन्दको नियम भत्काएर गद्य कविताको ‘फर्म्याट’मा कविता लेख्ने अभियान १८८० तिर फ्रान्सबाट सुरु भयो । अमेरिकी कवि वाल्ट ह्विटमन (१८१९ – १८९२) लाई अमेरिकमा गद्य कविता आन्दोलनका प्रणेता मानिन्छ । २० औँ सताव्दीको सुरुवात देखि बेलायतका अंग्रेजी कविहरूले गद्य कविता लेख्ने अभियान थालेपछि बेलायती उपनिवेशहरूमा पनि अंग्रेजी भाषाका कविता पढ्ने कविहरूका वीच गद्य कविताको आन्दोलन फैलियो । यसरी गद्य फर्म्याटमा कविता लेखनको आन्दोलन बेलायती साम्राज्यवादसँगै भारतीय महाद्वीपमा समेत फैलियो । नेपाली कविताको ईतिहासमा (माइकल हट) कवितामा छन्दवध्द लेखनलाई बहिस्कार गरेर गद्य कविता लेख्ने पहिलो शसक्त क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल (१९१८-१९७३) हुन् । अंग्रेजी कविताको Free verse लेखन भारतमा आएर गद्य कविताको रुपमा आन्दोलन चल्यो र भारतबाटै प्रजातन्त्रको निम्ती ‘क्रान्ति’ वनारस, कलकत्ता र दार्जिलिङ हुँदै नेपाल पस्दा ‘गद्य कविता’ पनि नेपाल छिर्‍यो । गद्य कविताको ‘फर्म्याट’को प्रयोगमा (रिमाल पछि) अर्का एक सगरमाथा भूपि शेरचन पनि हुन् ।

शिल्पको दृष्टिले नेपाली गद्य कविताहरू बूढा-पाकाले लोक तथा तिलस्मी कथा सुनाउँने ‘मीथ’को शैलीलाई रिमालले सर्लक्कै समातेर क्रान्तिको ‘सन्देश’ दिए भने भूपि शेरचानले जनजिब्रोले बातमार्दा बोल्ने भाषा-शैलीलाई ठ्याक्कै समाते । तेस्तै, अर्का कवि वैरागी काइँलाले वौद्धिकता तथा हिन्दु, पाश्वात्य र लिम्बू मीथहरू टिपेर वुद्धिमा आक्रमण गर्ने ‘न्यू टेष्ट इन टाउन’को रुपमा ‘फ्यूजन’ शैली आविस्कार गरे । कविले गर्ने मौलिक अन्वेषण नै शैली हो । नेपाली गद्य कवितामा रिमाल, भूपि र काइँलाका शैलीहरूको खुँखार उपस्थिती र माधव घिमिरेको पद्य कविताको बेज्जोड स्मारकलाई उछिन्ने पछिल्ला कविहरूबाट नयाँ शैली वैषिस्ट्यताको आविस्कार हुन सकेको छैन । नेपाली कविता शैलीको ‘ल्याण्डस्केप’को मानचित्र खोलेर हेर्दा भूपि आफ्नै कसिमले ‘जनबोली’ या ‘जनजिब्रो’ या ‘बोलिचाली’या रैथाने “झर्रा झ्याउरे’ शब्दहरू टिपेर बोलिचालिकै ‘टाइप’का वाक्य गठन गरेर हरफ हरफमा ‘रिदमिक’ कविता सृजना शैली भूपिको मौलिक अन्वेशण हो । जनजीवनमा जनजनको सामुदायिक द्रष्टा बनेर सार्वजनिक विसंगतीहरू देख्ने सुक्ष्म आँखा समेत पाठकलाई दिने काम भूपिले गरेको प्रमाण “हामी” कविता हो । यो कविता पढ्नु अघि पाठक एक अलग्गै व्यक्ति हुन्छ तर “हामी” कविता पढ्दै जाँदा भूपिको आँखाले देखेकै ‘हिप्पोक्रेटिक’ समाज पाठकले पनि देख्छ । रिमाल, काईँला र घिमिरेका कविता पढदा रिमालको, काइँलाको या घिमिरेको कविता पढ्दैछु भन्ने लाग्छ, र, क्या लेख्यो यार यो कविले’ भन्ने लाग्छ । तर भूपिको ‘हामी’ कविता पढ्दा सुरुदेखी नै पाठकलाई ‘मेरै कविता मै पढ्दैछु’ जस्तो महसुस हुन्छ, आफ्ना चुत्था बानी बेहोरा म आफैले बकिरहेको छु जस्तो लाग्छ । भूपिको “हामी”म निहित यही शक्तिसाली नशालु शैलीले आउँदो जुगजुग सम्म पाठकहरूलाई लट्ठ मात लाग्नेछ ।


४) समय चेतका दृष्टिले यो कस्तो कविता हो ?

भूपिको समय चेतका स्रोत - थकाली समाजको ‘वोन’ धर्म र ‘वोन’ तथा ‘बुद्ध’ मार्ग मिस्सिएको ‘टिबेटन बुध्दिज्म’ पहिलो हो भने ‘थाक खोला’को ‘ट्हू चे’ दरवार छोडेर बाहिर आएपछि भूपि साम्यवादी दर्शनबाट प्रशिक्षित भए । ‘वोन’ धर्म सन्सारकै सबैभन्दा पुरानो पारम्परिक धर्म मध्ये एक हो, जसले कठोर हिमाली मौसम र हावा पानीको नांगा पर्वतमालाका भूभाग र कष्टकर पर्यावरणीय परिवेशमा समेत जिउँन जब्बरता सिकाउँछ । वुध्द दर्शनले ‘कारण र असर (Cause and effect)’ र ‘लगानी र प्रतिफल (Means and end)’ जस्तो सर्वस्वीकार्य ‘लजिक’ मा प्रशिक्षित गरेर ‘लजिक मिल्छ भने मात्र पत्याउ’ भन्ने सिकाउँछ । भूपिको चेतको तेस्रो स्रोत द्वन्दात्मक भौतिकवाद (Dailectical mateealism) हो जुन दर्शन कार्ल मार्क्सले आडम स्मीथको ‘सरप्लस भेल्यू’लाई नै समाजको व्याप्त ‘शोषण’ हो भन्ने विश्लेषण अघि सारेर त्यसतो शिषणमा आधारित समाज व्यवस्थालाई भत्काउँने र समतामूलक समाजको निर्माण गर्ने दार्शनिक भिजन र कार्यक्रमिक दस्ताबेज “कम्निष्ट मेनिफेष्टो” लेखे । यसरी थकलाी परम्परा, वोन सभ्यता, मानव तथा अर्थ राजनैतिक दार्शनिक ‘स्कूलिङ’हरूबाट नयाँ आकार ग्रहण गरेको भूपिको वर्गीय आधारमा समाजलाई हेर्ने तथा शोषण-दमनका विरुध्द विद्रोही चेत उनका कविताहरूमा प्रष्टै झल्किएको पाइन्छ । तथपी, “हामी” कवितामा अलि भिन्न किसिमले तर सुक्ष्म समाज निरिक्षणका आधारमा बनेको कठोर यथार्थबादी तथा राष्ट्रिय समय चेत निहित रहेको छ जसले ‘सेल्फ क्रिटिकल अप्रोच’ लिन्छ । यो कविताले सकल नेपालीहरूको झूर हिप्पोक्रिटिक प्रवृत्तिहरूको आँखो देखा हाल उतारेर ‘क्वालिटेटिव डाटा बेश’ खडा गरेको छ । गजबको कुरा के छ भने नेपालीहरूको प्रवृत्ति अहिले पनि भूपिले विसं २०१७ मा संकलन गरेर ‘रुपरेखा’मा छापेको तथ्यांक “हामी” जस्तै नै छ, अझ बिग्रेको होला ।


५) “हामी” कविताको दर्शन र सन्देशको आयु कति देख्नुहुन्छ ?


“हामी” कविताले हरेक पाठकलाई ‘सेल्फ क्रिटिसिज्म’ गर्न सिकाउँछ यही हो यसको दर्शन । अरुलाई चोर औँला देखाउँने तँ चाहीँ कस्तो छस्, गमेर आफुलाई हेर’ भन्छ कविताले । आफुलाई मात्र सप्रेको देख्ने अरु सबलाई खत्तम देख्ने खोटो आँखामा टाँसिएको दृष्टिकोणले नेपाली समाज अघि बढ्दैन भन्ने पीडाले छटपटिएर मात्र यस्तो रचनाको जन्म हुन्छ । ‘किङ मेक्स नो रङ’ भन्ने सामन्ती सोचको जमाना गयो । अब त आफैले आफ्ना कमी कमजोरी खोज्ने (किन भने - ‘म कति हरामी छु भन्ने मैलाई मात्र थाहाछ’ भन्ने भनाई पनि छ) र हटाउँने काम नगरे नेपालीहरू आजको नचाहेको अवस्थाबाट चाहेको अवस्थातिर अघि बढ्दैनन् भन्ने पीरलो यो कवितामा अभिव्यक्त भएको छ । फारसी ‘मिष्टिक कवि’ तथा ‘सुफी’ र ‘गजल’का पिता मानिने जलाल अद मोहम्मद रूमी (30 Sept 1207 – 17 Dec 1273) आज ७३४ वर्ष पछि पनि अमेरिकामा समेत कविताको क्षेत्रमा टप १० बेष्ट सेलर भएर जिवित राखेको उनकै ‘मिस्टिक शैली’ले हो भने भूपि शेरचन पनि नेपाली कविता फाँटमा आफ्नो जनबोलीमा ‘सेल्फ क्रिटिकल’ शैलीको शैलीको उर्जाले हजारौँ वर्ष जिवित रहनेछन् ।

तर याद रहोस, भूपिले देखाएका कमी कमजोरी सुधार नगरे कवितामा भने जस्तै “हामी” पनि “पाइताला” मात्र बन्ने जोखिम टडकारो देखिन्छ, जसले भन्छ -

हामी पाइतला हौँ,
कैबल पाइतला
र फगत पाइतला,
पाइतला : जसको भरमा शरीर उभिन्छ
पाइतला : जसको आधारमा शरीर हिँड्छ
पाइतला : जसको भरोसामा शरीर दगुर्छ
पाइतला : तर जो भन्ठान्छ
कि शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाइई सँग–सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ
सधैँ शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधैँ–सधैँ नतमस्तक रहन्छ
हामी पाइतला हौँ
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो निधारले टीका थाप्छ
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लाउने घाँटी अर्कै छ
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ
हामी त फगत कसैको इशारामा
टेक्ने, हिँड्ने र दगुर्ने पाइताला हौँ
केवल पाइताला र फगत पाइताला ।

(19 September 2019, Pokhara)

भ्रष्ट मुलुकमा ‘भल्गर’ पुस्तक बिक्छन्’

‘भ्रष्ट मुलुकमा ‘भल्गर’ पुस्तक बिक्छन्’

शनिबार, ३० कार्तिक २०७६, १० : ४९ |  नागरिक

Ecco Inner Page Top

Himalayan Art FestivalDukka Hunus
विक्रम सुब्बा
केही वर्षअघि तत्कालीन अमेरिकी राष्ट्रपति जिमी कार्टरको अन्तर्वार्ता पढेको थिएँ, कार्टरले त्यतिबेला प्रो. ज्याक वेदरफोर्डको पुस्तक ‘गेन्घिज (चङ्गेज) खान एन्ड द मेकिङ अफ द मोडर्न वल्र्ड’ पढ्दै रहेछन्। यो पुुस्तकबारे थाहा पाएपछि मैले नेपालका पुस्तक पसलमा खोजेँ, नपाएपछि जेठो छोरासित अमेरिकाबाट मगाएँ। ६ महिनापछि मात्र पुस्तक मेरो हात प-यो। यो पुस्तकलाई एन्थ्रोपोलोजीका प्रोफेसरले १६–१७ वर्ष अध्ययन–अनुसन्धान गरेर लेखेका रहेछन्। यो थाहा पाएपछि गहिरो अध्ययन–अनुसन्धान गरेर मात्र पुस्तक लेख्नुपर्छ भन्ने मेरो धारणा झनै सुदृढ भयो।
चंगेज खानले युद्ध गर्दै जाँदा हातहतियार बनाउने र पुल निर्माण गर्ने प्रविधि समेत विकास गरेको पुस्तकबाट थाहा पाएँ। युद्धले प्राविधिक विकास पनि गरेर आधुनिकीकरणको प्रक्रियामा योगदान गरिरहेको हुनेरहेछ भन्ने देखियो।
त्यस्तै, डा. मोहम्मद महाथिरको ‘मले डिलेमा’ र ली क्वान युको ‘फ्रम थर्ड वल्र्ड टु फस्र्ट’ पनि खोजेको निकै समयपछि हात पारेँ। भोगेरै लेखिएका अटो–बायोग्राफीहरू र कविता मलाई मनपर्छ। अटोबायोग्राफी पढ्दा हरेकको फरक–फरक अनुभवबाट म आफूलाई प्रशिक्षित गर्छु। कविता पढ्दा सबैभन्दा कलात्मक किसिमले जीवनका नयाँ–नयाँ पाटाहरू उद्घाटित गर्ने कविहरूको बिछट्टै नयाँ दृष्टिकोणले जीवनलाई हेर्ने नयाँ आँखा समेत आफूले पनि पाएको महसुस गर्छु।
पछिल्लोपटक दुर्गा सुवेदीको पुस्तक ‘विमान–विद्रोह’ पढेँ। यसमा कांग्रेस पार्टीका निम्ति कोष चाहिएकाले राष्ट्र बैंकको पैसा बोकी विराटनगरबाट काठमान्डु जाँदै गरेको हवाईजहाज अपहरण (सन् १९७३) गरेर पैसा लुटेको तर त्यस्तो ज्यानको बाजी राखेर काम गर्ने सुवेदीलाई कांग्रेस पार्टीले ‘युज एन्ड थ्रो’ गरेको, अपहरण गरेर हासिल गरेको पैसा पनि कोइराला परिवारले दुरुपयोग गरेको (बीपी कोइरालाले समेत स्विकारेको) कुराहरूको विवरण उल्लेख गरिएको छ।
अहिले अली ग्रिपरको (अनु. खगेन्द्र संग्रौला) ‘सन्दुक रुइत’ र जलाल अद–दीन मोहम्मद रुमीका कविता ‘द बुक अफ लभ : पोएम्स अफ रुमी’ पढ्दैछु।
‘जिन्दगीको हिसाब खोजेँ’
उमेर, समय र उपलब्धता अनुसार पुस्तकहरू पढ्दै जाँदा सबैभन्दा पहिले स्कुले जीवनमै गोर्कीको ‘आमा’ले प्रभावित ग-यो, जसले अत्याचारी शासन–सत्ताविरुद्ध जे–जस्तो सकिन्छ (गोप्य रूपमा भए पनि) काम गरिरहनुपर्ने रहेछ भन्ने बीउ मेरो मनमा रोपिदियो। अलिपछि (कलेज जीवनमा) निकोलाई ओस्त्रोवस्कीको ‘हाउ द स्टिल वाज टेम्पर्ड’ पढेपछि म तीन दिन नराम्ररी रन्थनिएँ। मानिसले कति हदसम्म संघर्ष गर्न सक्दा रहेछन् ! हामी नेपाली त केही काम नलाग्ने अल्छी रहेछौँ भन्ने लागिरह्यो। त्यसपछि म आफ्ना दैनिक गतिविधितिर घोत्लिएँ– कति समय सुतेर बिताउँछु, दिसापिसाब, नुहाइधुवाइ लगायत सरसफाइमा कति समय लगाउँछु, कलेज जान–आउन बाटोमा, साथीभाइसँग गफगाफमा, टेबलटेनिस, ब्याडमिन्टन, भलिबल खेल्न, शिक्षकले कक्षामा पढाएको सुन्न, घरमा पढ्न, आफन्तसँग भेटघाट गर्न, सिनेमा हेर्न, बा–आमालाई चिठी लेख्न, बासँग आवा (आकाशवाणी)मा कुरा गर्न कति समय लगाउँछु भनेर हिसाब गरेँ।
पढ्नका लागि काठमान्डु आएको मैले मुस्किलले दिनमा तीन–चार घन्टा पढ्दो रहेछु। धेरै समय आते–जाते, खाते–पिते, खेल्ते–बोल्ते र भेटघाटमा बिताउँदो रहेछु– यो थाहा पाएर मलाई दिक्क लागेको थियो।
पुरस्कार
पुरस्कार पाएको पुस्तकले मलाई कहिल्यै आकर्षित गरेन। प्रायः रिभ्यु पढेर विषयवस्तु मनपरेपछि पढूँपढूँ लाग्छ र खोज्छु। सामुएल पी हन्टिङ्टनको ‘द क्ल्यास अफ् सिभिलाइजेसन्स’, जसमा हन्टिङ्टनले शीत युद्धपछिको संसारमा सात सभ्यताका बीच द्वन्द्व बढ्नेछ भन्ने ‘थेसिस’ पेस गरेका छन्। यसको रिभ्यु पढ्दै गर्दा पढूँपढूँ लाग्यो र मगाएर पढेँ। त्यस्तै, मा आनन्द शीलाको संस्मरण ‘डन्ट किल हिम्’मा रजनीशको जीवनका सारा उतारचढावका बारेमा लेखिएको छ। रजनीशकै सहयोगीले लेखेकाले पढूँपढूँ लाग्यो र पढेँ। त्यस्तै, ‘इफ यु मिट द बुद्ध अन द रोड, किल हिम : द पिल्ग्रिमेज अफ साइकोथेरापी पेसेन्ट्स’ (सेल्डन बी कप्प) शीर्षक देख्तै पढूँपढूँ लाग्यो। ‘बुद्धत्व हरेक मानिसभित्र हुन्छ, त्यसैले, कसैले म बुद्ध हुँ’ भन्दै हिँड्छ भने त्यो ठग हो, त्यसलाई मारिदिए हुन्छ’ भन्ने नौतुन किसिमले तर्क लेखकले पेस गरेको गज्जब लाग्यो।

बाहिर र पार्टी कार्यालयमा आफूलाई लोकतान्त्रिक या कम्युनिस्ट भन्ने तर २४सै घन्टा खाँटी हिन्दू कि बुद्धिस्ट कि इशाई कि इस्लाम जीवनशैलीमा बाँच्नेहरू देख्ता सिद्धान्त भनेको अनुहारमा पोत्ने लाली–पाउडर रहेछ भन्ने लागेको छ।
पुरस्कारले स्कुल तहका कलिला बालबालिकालाई र लेख्न सिक्दै गरेकालाई उत्साहित गर्ला। वयस्क र प्रोफेसनल तहमा पुगेपछि पनि पुरस्कारको लोभ गर्ने र पुरस्कार दिएर सर्जकलाई खरिद गरी आफ्नो बनाएर संसारभर ध्वाँस (पावर ब्रोकरिङ) दिने काम गलत हो जस्तो देखिन्छ। ‘नोबल पुरस्कार’ खोस्ने समेत हल्ला आएपछि मलाई पुरस्कार झनै झुर लाग्यो। कस्ता दुष्ट ? पहिले पुरस्कार दिने र आफ्नो मान्छे बनाउने तर कुनै ‘इस्यु’मा फरक अडान राख्नासाथ पुरस्कारै खोस्ने ? यो त कुटिल, धूर्त र स्तरहीन चाला हो। पुरस्कारले कैयौँलाई बिगारेको पनि देखिन्छ। अनेक लेखकले पुरस्कार पाएपछि उत्तम कृति लेखेको देखिएन। बरु, ‘पुरस्कार पाइहालेँ, म अब ठूलो सम्भ्रान्त सर्कलमा पसिसकेँ। दूतावासहरूका भोजभतेरमा समेत मेरो उपस्थिति गहना ठानिन्छ र नबोलाई नहुनेमा सूचीकृत भइसकेँ’ भनेर मेहनेती तथा अनुसन्धाता लेखक पनि एक दम्भी सम्भ्रान्त मनुवामा परिणत हुने खतरनाक प्रवृत्ति समेत देखियो। यसले होनहार लेखकलाई मारिदिन्छ, देशलाई ठूलो घाटा लाग्छ। बरु, धेरै योगदान गरिसकेपछि कदरस्वरूप स–सम्मान आजीवन महिनावारी भत्ता र सुविधा तथा स्वास्थ्य सेवा निःशुल्क दिए गज्जब हुनेछ। जस्तोः ललितपुर नगरपालिकाले सत्यमोहन जोशी दाइलाई गाडी–ड्राइभर र अंगरक्षक आदि दिएको छ।
पुस्तकको प्रभाव
पुस्तक गम्भीर, प्रसिद्ध (पपुलर) र भल्गर गरी तीन किसिमले लेखिन्छन्। धेरैले पढ्ने प्रसिद्ध (पपुलर) पुस्तक हो। गम्भीर पुस्तक कमले पढ्छन्। यस्ता पुस्तक नपढी नहुने किसिमका हुन्छन्, गहिरो प्रभाव पारिरहन्छन् भने हल्काफुल्का प्रभाव पपुलर साहित्यको हुन्छ, जुन खहरेजस्तै आउँछ र जान्छ। भल्गर साहित्यले समाजलाई नोक्सानै गर्छ भनिन्छ। धेरै विद्वान्–विदुषी भएको समाजमा गम्भीर पुस्तक धेरै छापिन्छन्, संसारलाई प्रभावित गर्छन्। छिपछिपे मानिस धेरै हुने देशमा पपुलर पुस्तक धेरै छापिन्छन्। भ्रष्ट मुलुकमा ‘भल्गर’ पुस्तक बढी बिक्छन्। समाजको चेतनाको तह अनुसार कस्तो पुस्तकले प्रभाव पार्छ भन्ने निर्धारण हुने भयो।
चीन, जापान र कोरिया लगायत मुलुकलाई सिन्तो, दाओवाद, कन्फ्युसियस, बोन र बुद्धका विचारले प्रभाव पारेका छन्। भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, म्यानमार, थाइल्यान्ड, मलेसिया, सिंगापुर, कम्बोडिया, भियतनाम, इन्डोनेसिया आदिका समाजलाई सनातन धर्म, इस्लाम, कन्फ्युसियस र बुद्धका विचारले संयुक्त किसिमले लपेटेका छन्। यिनमा भारतको शासक वर्ग सनातनी भाष्य (ग्रान्ड नारेटिभ्स्)मा आधारित भएर चल्छन् भने अनेक जनजातिहरू प्रकृतिपूजक (शामानिस्टिक) रहेका छन्। मुसलमान, बुद्धिस्ट तथा इसाईलाई आफ्नै धर्म र संस्कारले निर्देशित गरेका छन्। मिडल इस्टका मुलुक धेरै हदसम्म जरोस्ट्रियन जिन्द आवेस्ता, कुरान र सारिया कानुनबाट निर्देशित देखिन्छन्। पाश्चात्य मुलुकमा (गोरा) ककेसोइडहरू धेरै हदसम्म ख्रिस्चियन (प्रोटेस्टेन्ट, क्याथलिक, अर्थोडक्स, आदि पन्थी) धर्म, प्रजातन्त्रका नाममा चलाइएको ‘पुँजीवाद’ र यसको खुला अर्थनीति (आडम स्मिथको ‘द वेल्थ अफ् नेसन्स’मा आधारित)बाट निर्देशित देखिन्छन्। अनेक अफ्रिकी नेग्रोइड तथा रैथाने रेड इन्डियनहरू प्रकृतिपूजक देखिन्छन्।
आडम स्मिथले भनेको ‘सरप्लस’ नै शोषण हो भन्ने कार्लमाक्र्सको कम्युनिस्ट मेनिफेस्टोले दुनियाँमा तरंग ल्यायो। अनेक मानिस कम्युनिस्ट भए, तर फेरि फर्केर ‘पुँजीवाद’तिर लागेका देखिन्छन्। अर्थतन्त्रमा पुँजीवाद चलिरहेछ, शासकहरू आफूलाई लोकतान्त्रिक भनिरहेछन्, तर ९९ प्रतिशत जनता कि ईशाई, कि मुस्लिम, कि हिन्दू, कि बौद्ध, कि प्रकृतिपूजक आदि भएर चलेका छन्। अनेक सिद्धान्त ‘बौद्धिक लप्फाजी’का स्रोत या फुटानी चोकका निम्ति ‘गफका स्रोत सामग्री’ मात्र बन्न पुगेका छन्। कुनै दार्शनिकको सिद्धान्त अनुसार एउटा समाज, समूह या पार्टी पनि चलेको देखिँदैन। बाहिर र पार्टी कार्यालयमा आफूलाई लोकतान्त्रिक या कम्युनिस्ट भन्ने तर २४सै घन्टा खाँटी हिन्दू कि बुद्धिस्ट कि इशाई कि इस्लाम जीवनशैलीमा बाँच्नेहरू देख्ता सिद्धान्त भनेको अनुहारमा पोत्ने लाली–पाउडर जस्तै लाग्छ।
धार्मिक ग्रन्थको प्रभाव
भारतका शासक वर्गले मनुस्मृति, रामायण, महाभारत र पुराणहरूलाई हतियार बनाएर आफ्नो शासनलाई जस्टिफाई गर्ने र अरुलाई ‘डोमिनेट’ गर्ने गरिरहेछन्। अधिकांश (हिन्दू भनिने) सनातनी धर्मावलम्बी पनि तिनै शासकले ‘डिकोड’ गरेको कुरामा भर परेर ‘शासित’ भएरै बस्न पाएकामा दंग छन्। जस्तोः दलितहरू उच्च जातकाले जतिसुकै हेपे पनि ‘हिन्दू’ हुनुमा गर्व गर्छन्। ऋग्वेद एक लोक–वाङ्मय (खस जातिको इतिहास, बालकृष्ण पोखरेल) को रूपमा सिन्धुघाँटीको सभ्यता (अझ हरप्पा)को उपज हो। अरु वेदहरू पछि लोक–वाङ्मयका रूपमा रचिए भनिन्छ। वेदहरू पूर्वाधारका रूपमा विकसित नभएको भए मनुस्मृति, रामायण, महाभारत र पुराणहरू जन्मिने थिएनन् भनेको पनि सुनिन्छ। धर्मग्रन्थ भनिने लोक–वाङ्मयले सामाजिक संविधान, ऐन–कानुन, नियम–विधान र नम्र्सको रूपमा समाज व्यवस्थापनको काम गरिरहेछन्। आधुनिक राज्यहरूले लिखित सरकारी संविधान, (मुलकी) ऐन–कानुन नलेखेसम्म तिनै धर्मग्रन्थको आधारमा जीवन चक्रका विधि–विधान, कर्मकाण्ड चलाउने, दण्ड–सजाय या पुरस्कृत गर्ने र समाजलाई व्यवस्थित गर्ने गर्थे।
अझै पनि पाँच सय मानिस बस्न सक्ने एक ठूलो चर्च बनेको छ भने मात्र कुनै (आफ्नो देशभित्रको) सहरलाई ब्रिटिस सरकारले ‘मुनिसिपलिटी’को दर्जा दिन्छ, अहिले पनि अमेरिकी राष्ट्रपति भरसक गोरो, एङ्लो सेक्सन, प्रोटेस्टेन्ट हुनुपर्छ भन्ने गहिरो धारणा व्याप्त छ। बेलायतमा अहिले पनि ‘अंग्रेजी बोल्ने  ख्रिस्चियन’ मात्र प्रधानमन्त्री हुन योग्य (अलिखित तर बलियो) हुन्छ भन्ने मान्यता कायमै छ। त्यस्तै, भारत र नेपालजस्तो मुलुकमा शासकको ‘साइकी’मा अझै पनि शासन गर्न योग्य ‘क्षेत्री’ या ‘आर्य’ हुन्, अरु त शासित भएरै बस्ने हुन् भन्ने धारणा व्याप्त छ। यी धारणा तिनै धर्मग्रन्थ तथा महाभाष्यले निर्माण गरेका हुन्। जुन अहिले पनि सभ्यता र समाजका बलिया आधारका रूपमा कायमै देखिन्छन्।
धार्मिक पुस्तकले तत्तत् धर्मावलम्बी समाज या व्यक्तिलाई विश्व दृष्टिकोण र जीवन दृष्टिकोण दिने काम गर्छ। जसमा टेकेरै संसार र जीवनलाई हेर्ने–बुझ्ने बनाउँछ। धार्मिक पुस्तकको कामलाई समाज वैज्ञानिकहरूले ‘मेन्टल प्रोग्रामिङ’ भनेका छन्। यही ‘मेन्टल प्रोग्रामिङ’ (सफ्टवेयर) फरक–फरक भएकाले फरक–फरक समुदायको चिन्तन तथा सोच फरक हुन पुग्यो र मानवहरू एकापसमा फरक हुन पुगेका हुन्, नत्र भौतिक शरीर (हार्डवेयर) सबैको उस्तै छन् भन्ने उनीहरूको भनाइ छ।
यसरी धार्मिक पुस्तकले सिर्जना गरेका सोचकै आधारमा संविधान, ऐन–कानुन समेत लेखिएका छन्। नेपाल र भारत जस्तो मुलुकमा संविधानदेखि ऐन–कानुन लेख्दा सनातनी न्यायिक संहितालाई आधार लिएको देखिन्छ भने युरोप र अमेरिकामा इसाई धर्मका मूल्य–मान्यता तथा बाइबललाई न्यायको स्रोत मानिएको छ। इस्लाम मुलुकहरूमा कुरान र  सारिया कानुनहरू न्यायका स्रोत बनेका छन्। तथापि, कुनै सम्प्रदायको धार्मिक पुस्तकको संहिता सरकारी संविधान र ऐनमा पसेपछि सबैले मान्नुपर्ने हुँदा अर्को सम्प्रदायका निम्ति असहज तथा लादिएको अनुभूत पनि हुँदै आएको छ, द्वन्द्वको स्रोत समेत बनेको देखिन्छ।
नयाँ पुस्तकको प्रभाव
फ्रान्सिस फुकुयामाले आफ्नो पुस्तक ‘द इन्ड अफ द हिस्ट्री एन्ड द लास्ट मेन’मा ‘अब अमेरिकाको एक क्षेत्र र अकण्टक शासन संसारमा चल्ने भयो’ भन्ने किसिमले लेखेपछि अमेरिका ढुक्क परेर सुत्यो। तर सन् २००४ मा चीन विश्व व्यापार संगठन (डब्लुटिओ)को सदस्य भएपछि १० वर्षमै अमेरिकालाई आच्छुआच्छु पार्न पुग्यो। अमेरिका अहिले हैरान छ भनेर राष्ट्रिय विश्वविद्यालय सिंगापुरका प्रोफेसर किशोर महबुबानीले उल्लेख गरेका छन्। भारतमा भर्खरै डा. सुब्रामन्यन स्वामीले ‘रिसेट : रेगेनिङ इन्डियाज इकोनोमिक लिगेसी’ नामक पुस्तक लेखे, जसमा भारतको कर प्रणालीमा सुधार गरी करको दर नघटाई हुन्न, नत्र मध्यम र साना व्यवसाय धरासयी हुनेछन् भन्ने उल्लेख छ। यसकै आधारमा हालका अर्थमन्त्री निर्मला सिथारमनले बजेट भाषणको प्रावधान दुईपटक सच्याइसकिन् भनेर भारतीय मिडियामा पढ्न पाइएको छ। यसरी थिंक ट्यांकहरूले लेखेपछि सरकारहरूले केही न केही नीतिगत सुधार गरेको अन्य मुलुकमा देखिन्छन्। नेपालमा त त्यस्तो गहकिलो पुस्तक लेखिएको र दिइएको फिडब्याकका आधारमा नीतिगत सुधार गरेको पाइँदैन, बरु विश्व बैंक र आइएनएफका रिपोर्टले जे जे भन्छन्, तसैतसै गर्छ नेपाल सरकार भनेको मिडियामा पढ्न पाइन्छ।
पुस्तकालय
स्कुल पढ्दा मोरङको रंगेलीमा रहेको ‘युवा पुस्तकालय’मा हिन्दी उपन्यास लगायत किताब पढेँ। त्यतिबेला गुलसन नन्दाका किताब पढ्ने फेसन चलेको थियो, तिनै पढ्दै जाँदा गोर्कीको ‘आमा’ पढ्ने मौका पाएँ। यसपछि नै राम्रा किताब खोजेर पढ्ने भोक जाग्यो। पछि ललितपुरको ‘मदन पुरस्कार पुस्तकालय’ अलि बढी प्रयोग गरेँ।

छिपछिपे मानिस धेरै हुने देशमा पपुलर पुस्तक धेरै छापिन्छन् भने भ्रष्ट मुलुकमा ‘भल्गर’ पुस्तक बढी बिक्छन्। त्यसैले समाजको चेतनाको तह अनुसार कस्तो पुस्तकले प्रभाव पार्छ भन्ने कुरा निर्धारण गर्ने भयो।
अब पुस्तकालयले ताजा अनुसन्धानका जर्नल समेत राखेर ‘अनलाइन’मा जानुपर्छ। भनिन्छ, नेपालका प्रोफेसरले अनेक अनुसन्धानका जर्नल नै २–४ वर्ष ढिलो मात्र पढ्न पाउँछन्, जसले गर्दा सधैँ ‘सेकेन्ड ह्यान्ड नलेज’ बेचेर बस्नुपरिरहेछ। जुन देशले ‘अनलाइन’ पुस्तकालय सञ्चालन गर्छ, उसैले हरेक नागरिकलाई छिटो ज्ञानगुन लेनदेन गर्ने–गराउने बनाउँछ।
नेपालमा अनलाइन पुस्तकालय खोले पनि डलर तिर्नुपर्ने र सो पुस्तकालय अमेरिकातिरको ‘सर्भर’मै राख्नुपर्ने बाध्यता देखिन्छ। नेपालमा थेसिस नै बजारको फोटोकपी पसलतिरै किन्न पाइने भइसक्यो भनिन्छ। यस्तो देशका प्रोफेसर संसारका ‘क’ वर्गका विश्वविद्यालयका प्रोफेसरसँग आँखा जुधाएर कुरा गर्न कसरी सक्लान् ? यहाँका प्रोफेसरले ‘नलेज उत्पादन’ गरेको देखिन्न, विदेशीले उत्पादन गरेको ‘नलेज’ आयात गर्दा पनि नेपाल आइपुग्दा बासी भइसकेको हुन्छ। यस्तो अवस्था र प्रवृत्तिका प्रोफेसरले ‘एक्सलेन्ट’ जनशक्ति उत्पादन गर्ने कुरै भएन।
केही मनपरेका पुस्तक
सामाजिक रूपान्तरणका निम्ति कामै गरेर डा. माबेले अरोले र डा. रजनीकान्त अरोलेले लेखेको ‘जामखेड : अ कमप्रिहेनसिभ रुरल हेल्थ प्रोजेक्ट’  पुस्तक असाध्यै मनपरेको हो। यसले अनेक किसिमका विकासका कामको ‘पाइलटिङ’ गर्छ र ‘स्केल अप’ गरेर संसारभरि ‘क्यास्केडिङ’ गर्छ। गज्जब के छ भने, यहाँ पाँच लाख मानिस बसोबास गर्ने क्षेत्रमा धेरैभन्दा धेरै स्वयंसेवीले काम गरिरहेछन् र तालिम सञ्चालन गर्दा पहिले नै पाठ्यक्रम र पाठ्यसामग्री तयार गरिँदैन। गाउँगाउँबाट तालिमका सहभागी आउँछन्, छलफल सुरु हुन्छ, गाउँलेले भोगेका हरेक समस्या संकलन गरेर ‘तालिमको अजेन्डा’ तयार गरिन्छ। विशेषज्ञले छलफल सञ्चालन गर्दै व्यावहारिक उपाय दिनुपर्छ, विशेषज्ञहरूले कण्ठ पारेको कुरा ‘तालिम’मा लादिदिने होइन।
‘डाइरेक्ट डेमोक्रेसी’को उच्चतम् अभ्यास गरिरहेको स्विट्जरलेन्डको संविधान पनि धेरै मनपरेको छ। लोकतन्त्रलाई अन्तिम गन्तव्य मान्नेका निम्ति यो (डाइरेक्ट डेमोक्रेसी) नै विशिष्ट प्रणाली हुने संकेत पाइन्छ। नत्र अहिले जात अनुसारकै अनेक डेमोक्रेसीका खेती सप्रेका छन्।
डा. मोहम्मद महाथीरको पुस्तक ‘मले डिलेमा’ पढेपछि हामी नेपाली किन अल्छी छौँ, गफ गरेर, तास खेलेर, तरुनी–तन्नेरी रमाइलो कुरा गरेर समय बिताउँछौँ भन्ने छर्लंग हुन्छ। कारण रहेछ– मलेसिया र नेपालजस्तो पर्यावरणीय क्षेत्रको जमिनले हरेक महिना केही न केही फलाइदिन्छ। एक टुक्रा जमिन भए खान पुगिहाल्छ। जेठ–असारमा दुई–तीन महिना बेसरी खटेपछि वर्षभरि खाने अन्न भइहाल्छ। गफ हाँक्दै चियापसलमा तास खेल्दै डुलिहिँडे पनि भोकै परिँदैन। यस्तो धारणा उर्वर जमिन बनाइदिने ‘इकोलोजी’ले सिर्जना भएको रहेछ।
बुद्धको डक्ट्रिन जस्तै लाग्ने (संसारको अरु सबैभन्दा भिन्न सूत्र) बुद्धको पञ्चशील र अष्टांगी मार्ग सैयौँ थेसिसभन्दा सशक्त लाग्छ। राजगद्दी त्यागेर ज्ञानको खोजीमा निस्केका बुद्धको जीवन नै भयानक ठूलो भाष्य हो। बुद्धले दरबार नछाडेको भए यो दुनियाँलाई भयानक घाटा लाग्ने थियो। अर्थात्, बुद्धको जीवन नै एक ठूलो पुस्तक हो मेरा लागि।
क्रिस्टोफर कडवेलको ‘इलुजन एन्ड रियालिटी, अ स्टडी अफ द सोर्सेस अफ पोएट्री’ पुरानो तर एक गहन पुस्तक हो। जसले कवितालाई सबैभन्दा सटिक किसिमले ‘जुन बेला मानिसको भाषा र अक्षर थिएन, त्यो बेला पनि मानिसका अनेक भावना (खुसी, दुःख, रिस र आवेश) थिए। ती आवेग र संवेग व्यक्त गर्न उनीहरू कहिले उफ्रेर नाच्ने, कहिले लाठी या ढुंगाले जमिनमा हिर्काउने गर्थे। यसरी अनेक ध्वनिका लयात्मक तरंग सिर्जना हुन्थ्यो, त्यही तरंग र लय नै पहिलो कविता हो, जसलाई पछि अक्षर आविष्कार भएपछि लिपिबद्ध गरिएको हो’ भनेर परिभाषित गरे।
त्यस्तै, ‘लङ वाक टु फ्रिडम : द अटोबायोग्राफी अफ नेल्सन मन्डेला’, बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’, चाल्र्स डार्विनको ‘द ओरिजिन अफ स्पेसिज’, फेडरिक नित्सेको ‘दश स्पोक जरथुस्त्र’, खलिल गिब्रानको ‘द प्रोफेट’, सामुएल पी हन्टिङ्टनको ‘हु आर वी, द च्यालेन्जेज टु अमेरिकाज नेसनल आइडेन्टिटी’, प्रो गेर्ट हफ्स्टेडको ‘कल्चर्स क्वेन्सिक्वेन्सेस : कम्पेरिङ भ्यालुज, बिहेबियर्स, इन्सटिच्युसन्स एन्ड अर्गनाइजेसन्स अक्रस नेसन्स’, एडवर्ड टी हलको ‘बियोन्ड कल्चर’ लगायत पुस्तक मेरा लागि प्रिय सम्पदा हुन्।

Saturday, November 4, 2017

धुलिखेलको प्रेम (विक्रम सुब्बा)


म आफ्नै किसिमले घुम्छु भन्ने थाहा पाएर कहिले काहीँ सोध्छन् – ‘नेपालमा तपाइँको फेवरेट ठाउँ?’ म जवाफ दिन्छु – ‘पोखरा, गोदावरी र धुलिखेल ।‘ सोध्ने – ‘किन, कारण के हो?’ म – ‘यी ठाउँ सफा छन् । मेरो निम्ती सफा-सुग्घर भएर बस्ने मानिस सभ्य हो । यी तीन ठाउँमध्ये धुलिखेल पुगेपछि मेरो परिवारकै जस्तो होटल सन्चालकसँग बसेर खान्छु । उनका कुरा सुन्छु । उनका व्यवहारहरू अध्ययन गरेर होटल व्यवसायीका राम्रा पक्षहरु र सुधार गर्नु पर्ने पक्षहरू थाहा पाउँछु, सिक्छु ।‘ सोध्ने – ‘अरे किविजी, के त धुलिखेलमा फोहोर कतै कहीँ पनि छैन? धुलिखेलमा तपाइँलाई घरकैजस्तो खाना खुवाउँने को हो तेस्तो Guest friendly  होटल व्यवसायी?’’

म – ‘भौगोलिक अवस्थिती (Geo-location)ले गर्दा धुलिखेल, पोखरा र गोदावरी सफा छन् । धुलिखेलमा घाम उदाएपछि दिनभरि घाम लाग्छ । जाडो महिनामा यो न्यानो अमुल्य प्राकरतिक स्रोत हो । तापक्रममा पनि बढी उतार-चढाव हुँदैन । यस्तो ठाउँलाई, विशेष गरेर वृध्दवृध्दाको निम्ती उचित बासस्थान (Habitat) मानिन्छ किनभने वृध्दवृध्दाको शरिरले तापमानको धेरै डिग्री उतार-चढाव सहन सक्दैन । सफा र तापक्रम धेरे घटबढ नहुने ठाउँमा टुरिष्टहरू आराम (Relax) गर्न चाहान्छन् । होटलहरूले न्यानो-आरामदायी ‘प्याकेज’ बनाएर Promotion गरे चल्छ । किनभने जाडो महिनामा मधेशमा शीतलहर चल्छ, मानिसहरू घमैलो पहाडी ईलाका तिर आउँन थालेकाछन् । काठमाण्डुको तुलनामा धुलिखेलको हावा धेरै उच्च Quality को छ भनेर जाँदा-जाँदै साँगा कटेपछि, बनेपाबाट उता लागेर २८ किलो पछि सास फेर्दै थाहा हुन्छ । कुनै Particle Mass Measurement Tool (PMMT) चलाएर हावा कतिको प्रदुषित छ वा छैन भनेर जाँच्नै पर्दैन । यो स्वच्छ हावा पनि धुलिखेललाई प्रकृतिले दिएको सम्पदा र सम्पती हो ।

मलाई घरकैजस्तो खाना मसँगै बसेर खुवाउँने होटल व्यवसायी मेरो पृया भाइ प्रेम कण्ठ हुन् । उनको ‘धुलिखेल लज रोसोर्ट’ छ । यो रोसोर्ट खोल्नुभन्दा अघि हामी ‘धुलिखेल लज’ भन्ने धुलिखेल बजारको होटलमा गोष्टी, सेमिनारहरूमा आउँथ्यौँ । तेतिबेलै मैले प्रेम भाइलाई भेटेको – ‘कालो-कालो केटो तर फर्स्याइलो, मुस्कुराएर र गललल आँखै चिम्सो हुने गरी हाँस्दै बोल्ने होटल मालिकमध्ये एकजना । म सम्झन्छु, एक पटक कार्यक्रम सकिएपछि काठमाण्डु फर्किने बेलामा परिमल झा र मलाई ‘दाइहरूलाई विशेष अनुरोध छ’ भनेर हालको रिसोर्ट निर्माण स्थल पुर्‍याए । आफ्नो Plan brief  गरेपछि सोधे – ‘मेरो Plan कस्तो छ? दाइहरु Workshop, Seminar हाँक्ने-चलाउँने Consultants तथा जानिफकारहरूको Input पनि लिन चाहन्छु ।‘ मैले भनेँ – ‘हेर प्रेम भाइ, अहिले सम्म काठमाण्डुका मानिसहरू धुलिखेल Workshop, Seminar गर्न आउँनुको  मुख्य कारण मध्ये क) सरकारी तथा NGO का मानिसले काठमाण्डु छोडेर यहाँ सम्म आएपछिको पाउँने DA  भत्ता पनि आकर्षण हो, तीतो सत्य यस्तै छ । काठमाण्डुमै Workshop गरे भत्ता दिन नियमले मिल्दैन; ख) दोस्रो कुरा काठमाण्डु(हल्लागुल्ला)बाट ‘ब्रेक लिएर’ मानिसहरू १-२ रात फुत्त बाहिर निस्कन पनि चाहान्छन् । त्यसैले Working ब्रेकफाष्ट, लन्च, लोकल रक्सीसँगको रिशेप्शन-साँझ र लोकल कुकुराको मासुसँगको डीनर त एकदमै Pleasant option हो; ग) तेस्रो कुरा तिम्रो हँसिलो-फर्स्याईलो बोली-चाली, गेष्टहरुलाई टेबल टेबलमा भेट्ने ‘खाना कस्तो छ?’ भनेर सोध्ने र Guest ले चाहेजस्तो खानामा Improve गर्न खोज्ने गर्छौ । Guest हरू ‘होटल मालिकसँगै बसेर खाएको’ भनेर दंग पर्छन्, फोटो खिच्छन् जुन उनका साथी-भाइलाई पनि देखाउँछन् । यस किसिमको प्रवर्धन शैली सबैभन्दा प्रभावसाली वीधी हो भनेर सन्सारमै मानिन्छ । म ईण्डोनेशीयाको जाकार्ता पुग्दा एउटा ५ तारे होटलको ‘कुक’ले आएर ‘हेलो सर, म यहाँको कुक हुँ । तपाइँको सूप मैले बनाएको हो । कस्तो छ? तपाइँले भनेजस्तो भएको छैन भने भन्नु होला, म अर्को पकाईदिन्छु‘ भन्यो । म त दंगै परेँ । पछि थाहा भयो कुकलाई हरेक दिनको ब्रेकफाष्ट, लन्च र डीनरको बेला २-४ जनासँग यसरी Interaction गर्न होटलले नै तालिम दिएको रहेछ ।

साथी परिमलले पनि आफ्नो कुरा थप्यो – ‘प्रेम, नेपालमा बिदेशीको सहयोगमा चलेका Project हरू, NGOs हरू र सरकारी कर्मचारीहरू Workshop, Seminar का प्रमुख Target group हुन् ।  केही मात्रामा आन्तरिक र बाह्य ‘पर्यटक’ पनि आउलान् । त्यसपछि कहिले काहीँ बिहा, भोज गर्ने Target group हरूको Need पनि Cater गर्नु पर्ने हुन्छ । Workshop, seminar को हिसाबले नेपालमा कुनै होटलले Hall हरू बनाएका छैनन् । उनले पार्टी खान, मिटिङ गर्न र भाषण गर्न मात्र Hall हरू बनाएकाछन् । तेसैले Workshop, Seminar सुहाउँदो र परेको बेला अरु Purpose मा समेत प्रयोग गर्न मिल्ने (२ सय देखि २५० आँट्ने) ठूलो Hall एउटा, १०० जना अँट्ने Hall एउटा, ३०-५० अँट्ने एउटा सानो मिटिङ Hall  एउटा बनाउँन सके र तिनलाई राती बस्नको निम्ती ३०-४० वटा कोठा भए गज्जब चल्छ । तेसपछि Pricing तर्फको कुरा गर्ने हो भने - NGOs हरूको निम्ती अलि सस्तो कोठा या एउटै कोठामा ३-४ जना सुत्ने डोरमेट्री टाइपका कोठाहरू समेत भए सस्तोमा धुलिखेलमा कार्यक्रम गर्न चाहनेलाई पनि Offer गर्न सकिन्छ ।‘ प्रेम भाइले हाम्रो कुरा मन पराएको कुरा गरे । निर्माण स्थलको धुलैधुलो टेक्दै हामी उकालो लाग्यौँ । परिमलको पेट ठूलो र ‘मर्निङ वाक’ नगर्नेले गर्दा धूले-उकालो चढ्न निकै सकस भयो । त्यसपछि सम्झन्छु - प्रेम भाइको होटलको भुइँ तल्लाको ‘नगाउँ हल’ बन्दा बन्दै हामीले CECI Nepal नामक Canadian INGO को Workshop गर्‍यौँ । त्यसपछि नगाउँ हल खाली नहुँदा रेष्टुरेण्टलाई नै ‘ट्रेनिङ हल’ बनाएर पनि कार्यक्रम चलायौँ । हालको ठूलो हल बन्यो । जुन नेपालकै Workshop hall मा Best मध्ये एक हल हो । सौभाग्य मेरो, कालान्तरमा धुलिखेल जिविसको आवधिक (पहिलो ७ वर्से) योजना विकास गर्ने काममा कन्सल्टेन्ट-सहजकर्ताको रुपमा मेरा मित्र सिताराम प्रसाइँसँग हमीले यहीँ १५० जनाको भव्य Workshop गर्‍यौँ । तेतिखेर सापकोटा जी जिविस सभापति थिए । शायद उनी जिविस महासंघका पनि अध्यक्ष थिए । उनलाई जिविस सभापतिहरू मध्ये ‘विकास’ बुझ्ने मानिस पनि भनिन्थ्यो । यही Workshop को Documentation गर्न जिविसका DB Basnet (हाल धुलिखेल नगरपालिकामा कार्यरत छन् उनी) सँग भेट भयो । DB Basnet कम्प्युटर Workshop output हरूलाई Documentation गर्न असाध्यै राम्रो भएकोले हामीले (छुट्टि लिएरै) अनेक (हामीले २१ जिल्लामा आवधिक योजना बनाएका मध्ये) जिल्ला विकास समितिका आवधिक योजना विकास गर्ने टीममा उनलाई सामेल पनि गर्‍यौँ । हामी, शायद डडेलधुराको Workshop गरिरहेको बेला हुनु पर्छ, फिल्डमै हुँदा DB को हजुर बुवा बितेको समाचार आयो । हामि सँगै रोयौँ । के गर्ने भनेर DB लाई सोध्दा – ‘अब हजुरबुवा बितिनै सक्नु भयो । म जाँदाजाँदै लाश जलाई सकेको हुन्छ । Workshop २ दिन बाँकी छ । Workshop सकेरै जान्छु ।‘ भनेर निर्णय सुनाए । हामील अझै सोच, काम गर्न गारो हुन्छ जस्तो लाग्छ भने भन’ भन्दा – ‘होइन सर, मैले गरेको निर्णय नै व्यवहारिक छ । काम सकेर फर्केरै जान्छु घर ।‘ भने । उनका यस्ता अनेक गुणहरूले गर्दा उनलाई टीममा राख्दा सारै ढुक्क हुन्थ्यो ।

धुलिखेल बारेका मेरा Observations सुनेर मानिसहरू कोही हाँस्थे । कोही सहमत हुन्थे । धुलिखेल म अनेक किसिमका कार्यशाला गोष्टीको मोडरेटर भएर, Trainer, Resource person का रुपमा, पारिवारिक भेटघाटको निम्ती, प्रेम भाइले बोलाएकोले, जन्मदिन मनाउँन, कसैलाई ट्रिट दिन, Kathmandu University High School (मेरी छोरी अदिती सुब्बाले स्कुल यहीँ पढेको हुनाले)को Annual functions मा, स्कुलका Principle Mr Warlow सँग भेटघाट गर्न, पटकपटक एकान्तमा बसेर कविता लेख्न, आदिको निम्ती गएकोछु, बसेको छु । Assignment को काम सकेपछि १ दिन थप बसेर प्रेम भाइ र बनेपाका मित्र बलराम जीसँग मर्निङ वाक गर्ने गरेकोछु, यिनै दुइजनासँग बसेर आनन्दसँग खानपिन गर्दै गलललल हाँस्दै Quality समय बिताएर फर्किने गरेको छु । मेरो जेठो छोरा (रवी) र बुहारी (लक्ष्मी) पहिलो पटक (उतै बिबाह गरेर) अमेरिकाबाट आउँदा नगरकोटमा ब्रेकफाष्ट, धुलिखेलमा (प्रेम भाइसँगै) लन्च खाएर गोदावरीमा साझको डिनर खाने गरि १ दिनको Round trip गर्दा १ दिन रमाइलोसँग बितेको गज्जब अनुभव भएको थियो । त्यसपछि पनि छोरा बुहारीहरू नेपाल आउँदा हामी यो Round trip  गर्दछौँ । एक पटकको मेरो जन्म दिन (January 3) मा छोरा बुहारीले Birth day treat  भनेर खान-घुम्न हामी दुबै बुडाबुडीलाई नगरकोटमा ब्रेकफाष्ट, धुलिखेलमा French red wine सहितको लन्च खुवाएका थिए । यो Round trip मा आफै गाडी हाँक्दै कतै कतै गाडी रोकेर दृश्यावलोकन गर्दै १ दिन Quality time बिताउँदा पनि अबिस्मरणीय भएको थियो । अचेल बेलुकीको खाना खान मैले छोडेकोले गोदावरी भिलेज रिसोर्टको साँझको डीनर नखाई नगरकोट र धुलिखेलको Round trip गर्छौँ ।

यस पटक
काम गर्न छोडेको (retired) पनि ४-५ वर्ष भयो । यस वीचमा प्रेम भाइसँग भेट्ने क्रम पातलो भएको थियो । दुइ महिना अघि भाइले ‘काठमाण्डुबाट ब्रेक लिएर आउँनुस् दाइ’ भनेर विशेष अनुरोध गरेपछि म र साथी प्राडा जंगब चौहान कार्तिक ११ (२८ अक्टोबर २०१७ शनिबारको दिन) १ दिनको निम्ती धुलिखेल पुग्यौँ । पुग्ना साथै प्रेम भाइले १-१ वटा कोठाको चावी थमाएर भने – ‘तपाइँहरूको लागी साउना चालु गर्न लगाएकोछु । कोठामा चेक ईन हुनुहोस् र साउनामा बसेर, नुहाएर ३ बजे हामी रेष्टुरेण्टमा भेटौँ ।‘ तोके बमिजिम हामी कोठामा गयौँ  सामान थन्क्याएर साउनामा  बस्यौँ । नुहायौँ र रेष्टुरेन्ट ३.३० बजे पुग्यौँ । प्रेम भाइ त्यहीँ हामीलाई पर्खिरहेका थिए, भने – ‘दाइहरूसँगै खाने भनेर मैले लन्च खाएकै छैन ।‘ मैले ग्रीन सलाद मगाएँ । प्रेम भाइ र मित्र जंगबले मम लिए । मम र सलादसँग कोदोको लोकल अर्ग्यानिक ‘अईला’ पनि खाइयो । प्रेम भाइले – ‘दाइ, आजै आएको बँदेलको गज्जबको मासु छ । अलि अलि खाने हो?’ भने । लोभ लागिहाल्यो, कोलोस्टरोलको डरले, म २ पीस सम्म खान्छु’ भनेँ । मित्र जंगवले मम थप्न मनपराउँनु भयो । मैले ग्रीन सलाद एउटा थप्न लगाएँ । ३ जना बसेर अनेक रमाइलो कुरा गर्दै गललल हाँस्दै खाँदाखाँदै हाम्रा बनेपाका मीत्र बलरामलाई फोन गरियो । उनी त चितवन पुगेका रहेछन् । भोलि आइपुग्छु भन्ने कुरा गरे । बलरामजी भोलि आउँने भनेपछि हामी थप १ रात , कार्तिक १२ गते (अक्टोबर २९, २०१७ मा) पनि बस्नु पर्ने भयो ।

दोस्रो दिन, बिहान मर्निङ वाक छँदै थियो । ब्रेकफाष्टमै (९ बजे) साहित्यकार तथा ‘जनमत’ मासिकका संपादक मित्र मोहन दुवाल बनेपाबाट आउँनु भयो । उहाँसँग मित्र जंगब चौहान र भाइ रघु मैनालीको सहयोगमा कवि नरेश शाक्यको सस्मरण संग्रह प्रकाशन गर्ने बारे सल्लाह भयो र छपाई कार्यको जिम्मा दुवालजीलाई नै दिईयो । दुवाल जीले मेरा लेख प्रकाशित भएका ‘जनमत’का अंकहरू (जनमत २०७३ असार अंक र २०७४ असार अंक) लगायत ‘जिउँदो शहीद मुकेश कायस्थ – बिम्ब प्रतिबिम्बहरू २०७३’ र दुवालजी कै लेखहरूको संग्रह ‘अक्षर बिम्बहरू’ आदि पनि दिनुभयो ।

छलफल-सल्लाह सकिएपछि हामी धुलीखेल बजार घुम्न निस्क्यौँ । बजारमा ८५ वर्षे बरिष्ठ कवि पंकज कुमार चित्रकारसँग उहाँकै नेवारी रेष्टुरेण्टमा भेट्न पस्यौँ, मैले तातो पानी खाएँ, दुवाल जी र मित्र जंगबले लेमन टी खानु भयो । कवि पंकजको घरै अघि एउटा बेगनबेलिया फूलको बोटमा छपक्कै सुन्दर फुल फुलेको देखेर मित्र जंगबले आफुले पनि नर्सरीबाट ल्याएर तेस्तो फूल घरमा रोप्ने निर्णय गर्नु भयो । मैले कवि पंकजलाई स्वास्थ्यबारे हालचाल सोधेँ । अहिलेसम्म कुनै रोग लागेको रहेनछ । खानामा दाल भात तरकारी नै हो तर थोरै थोरै ठिक ठिक समयमा ४-५ पटक खाने गर्दा मात्र पचाउँन सकिने कुरा गर्नु भयो । रातीको खानासँग १ ग्लास ‘अईला’ चाहीँ नियमित खाने गरेको रहेछ । नियमित र लिमिटमा खाए ‘अईला’ त औषधी नै हो भन्ने कुरा गरियो । ८-९ घण्टा सुत्ने गरेको र हरेक दिन ३०-४० मिनेट हिँड्ने गरेको कुरा पनि पंकजले भन्नु भयो । चिया खाएर कवि पंकजसमेत भएर हामी बजारतिर अलि अघि घुम्दै साहित्यकार पारिजातको उपन्यास “उसले रोजेको बाटो”का मुल पात्र पूर्णमान श्रेष्ठलाई भेट्न गयौँ । उहाँको ‘नौरंग’ रेष्टुरेण्ट रहेछ । उहाँले आफुले तैयार गरेका चित्रहरू भित्तैभरि टाँगेको देखाउँनु भयो । अर्ग्यानिक अम्बा १-१ वटा खुवाउँनु भयो । हामी बिदा भएर निस्कियौँ ।

कवि पंकजसँग पनि विदा भएर धुलिखेलको पुरानो शहर घुमेर फर्केपछि बस अड्डाबाट दुवालजी बनेपातिर लाग्नु भयो । हामी लन्च खान होटल पुग्यौँ । मैले लन्चमा सिरिफ एउटा स्याउ र ग्रीन टी खाएको देखेर प्रेम भाइ र मित्र जंगब छक्क पर्नु भयो । उहाँहरूले स्पागेटी खानु भयो । खानापछि एकछिन आराम गरेर धुलिखेल नगरपालिकाले होटल व्यवसायीहरूलाई बोलाएको ‘धुलीखेलमा पर्यटन विकासका निम्ती छलफल’ बैठकमा जाने कुरा आयो । मित्र जंगब र म बाहिरियालाई पनि लैजाने कुरा भाइ प्रेमले गरेपछि कुरा सुन्न जाउँ न त !’ भनेर गयौँ । यसरी आन्तरिक पर्यटकलाई समेत छलफल सुन्न संलग्न गराएको शायद यो नै पहिलो घटना हो कि? थाहा छैन ।

धुलिखेल नगरपालिकाका मेयर, उर्जाशील पृय भाइ अशोक बेन्जुले सबैलाई स्वागत गरेर भेटघाट, छलफलको उद्देश्य प्रष्ट पारिसकेपछि परिचय गराउँनु भयो र सबैले पालो पालो धुलीखेलमा पर्यटन विकासका चुनौती तथा गर्नु पर्ने कामहरुका बारेमा आफ्ना कुराहरू राखे । सबैसँग सल्लाह-सुझाव लिने (जसलाई Direct Democracy को अंग भनिन्छ) बेन्जु भाइको तरिका मलाई राम्रो लाग्यो । धेरैबेरपछि ‘म आन्तरिक पर्यटकले पनि बोल्न पाइन्छ?’ भनेर सोधेँ । ‘बोल्नुस्’ भनेर अनुमति पाएपछि मैले भनेँ –

१। धुलीखेलको ‘हावा’को क्वालिटी काठमाण्डुकोभन्दा स्वच्छ छ । मानिसलाई तान्ने धुलिखेलको एउटा राम्रो पक्ष यो पनि हो । डाँडामा बसेकोले गर्दा काठमाण्डुको कचौरा आकारमाझैँ धुलिखेलमा धुलो-धुवाँ अड्केर बस्दैन, छिट्टै हावाले Dilute गरिदिने भएकोले ‘सफा’ गर्न धुलिखेललाई प्राकृतिक अवस्थितिले नै सघाउँछ । अलिअलि फोहोर कतै कतै देखिन्छ तर त्यो ज्यादै थोरै लगानी गरेर सफा गर्न सकिन्छ । नगरपालिका र नगरवासीले PPP मोडलमा काम गर्ने हो भने एकदमै उपयुक्त हुने देखिन्छ ।

२। धुलिखेलमा जाडो (कार्तिक, मंसिर, पुस, माघ र फागुनको आधा जति) महिनामा विहान सबैरै देखि छर्लंग्गै उदाएर दिनभरि घाम लागिरहन्छ । तापक्रम धेरै घट-बढ हुँदैन र पर्यटकहरू लगायत सबैले विहान सबेरैदेखि न्यानो घाम ताप्न पाउँदा काठमाण्डुको हिटरले भन्दा प्राकृतिक न्यानो दिएको महसुस गर्छन् । गर्मी महिनामा पनि काठमाण्डुभन्दा धुलिखेलको तापक्रम शीतल हुन्छ ।  यो (गर्मी र जाडो दुबै मौसममा) मानिसको निम्ती उपयोगी हावा-पानी पनि धुलिखेललाई प्रकृतिले दिएको ‘प्राकृतिक पुँजी (Natural Capital) हो, धुलिखेलले निशुल्क पाएको अमुल्य सम्पदा हो । यसलाई पनि Selling point का रुपमा राखेर Promotion गर्न सकिन्छ । विशेष गरेर वृध्द-वृध्दा पर्यटकहरूको शारिरिक अवस्थाको निम्ती धुलिखेलको घमैलो-न्यानो गज्जब पक्ष हो ।

३। धुलिखेलको अर्को अमुल्य संपदा नजिकैको हरियो जंगल हो । यस जंगललाई (मेयर अशोक बेन्जुले भने अनुसार भुटानले मुलुकको जंगल ६०% बाट नघटाई कायम राख्ने भनेर निर्णय गरेजस्तै) नघटाई बरु बढाएर संरक्षण गर्नु पर्छ । वातावरण मैत्री किसिमले (एउटा रुख पनि नमासि) जंगल भित्र भित्र (गाडी, मोटरसाइकल लान नमिल्नेगरि भित्रभित्रै केही स-साना मठ, मन्दिर, गुम्बा तथा ढुंगे धाराहरू, फल्चाहरू समेतले सजाएर) Walking trail हरू बनाए पर्यटकहरूको आधा दिन जति Stay day बढ्ने देखिन्छ ।

४। धुलिखेलको पिकनिक स्पटबाट डाँडाको देविस्थान मन्दिर सम्म केवल कार राख्ने हो भने धुलिखेलको आकर्षणमा थप बृध्दि हुनेछ । यस किसिमको रमाईलो पूर्वाधार थपिए (धुलिखेलका होटलहरूले पालो पालो) देवीस्थानकै डाँडामा बसेर पारीको हिमाल सृंखला र वारिपरिको सुन्दर Landscape को दृश्यावलोकन गर्दै ब्रेकफाष्ट, लन्च खान पाए पर्यटकहरूलाई गज्जब मजा आउँने पक्का छ । याद रहोस्, ललितपुरको समिट होटलले पाटन मंगल बजारको म्युजियम भित्रको रेष्टुरेण्टमा ब्रेकफाष्ट, लन्च खुवाउँने गरेकोछ । जसले गर्दा पर्यटकहरु मंगल बजारको कलाकृति हेर्दै दंग परेर खान खन्छन् ।

५। यहाँ बिलगेट्स फाउण्डेशनको समेत सहयोगमा पर्यटन विकासको काम हुने कुरा सुनियो । शायद तेस्ता ठूला र Tangible लगानी गर्न चाहनेहरूसँग Negotiation गरेर Wonder and Amusement Park निर्माण गर्न सके धुलिखेलमा एउटा गज्जबको Crowed pulling आकर्षण थपिनेछ जसले काठमाण्डुका नेपालीहरुलाई समेत तान्नेछ ।

६। सफा हावा, पानी, बाटो पर्यटनका नभइ नहुने पूर्वाधार हुन् । धुलिखेलमा हावा सफा छँदैछ । बाटो पनि ठुलो फराकिलो बन्नेवाला छ । रह्यो पानी । जनसंख्याको चाप बढ्दै जाँदा वा पर्यटकहरूको संख्या बढ्दै जाँदा हाल कुशादेवीबाट ल्याएको पानीले मात्र पुग्ला नपुग्ला? अर्को ठाउँको पनि पानी ल्याउँनु पर्ने हुन्छ । कुशादेवीकै पानीको स्रोत नसुकोस् भनेर पानीका मुहानहरूमा संरक्षण गर्न वृक्षारोपण नगरे पानी सुक्दै जाला भन्ने Risk factor लाई पनि ध्यान दिनु जरुरी देखिन्छ ।

७। धुलिखेलको पहिचान – ‘पर्यटन’, ‘शिक्षा’ र ‘अर्ग्यानिक (तरकारीहरू, लोकल दुध-दही तथा मह) खानाहरूको गाउँले शहर’ हुन्छ होला । कुनै सरकारी निकायको योजना बिना नै नीजि क्षेत्रका होटलहरूले पर्यटनको विकास गर्न योगदान पुर्‍याएकाछन् भने काठमाण्डू विश्वविध्यालयले गर्दा धुलिखेल शिक्षाको केन्द्र पनि बनेकोछ । तेस्तै, हरेक होटलहरुले ‘लोकल कुखुराको मासु-अण्डा, लोकल र अर्ग्यानिक साग-सब्जी, लोकल दूध-दही र लोकल मह खान पाइने शाहर धुलिखेल हो’ भनेर Branding गरेर (मलेशीयाले पर्यटन विकासको निम्ती Malaysia Truly Asia भने जस्तै, एक उदाहरण: Dhulikhel: Nepalese Village City  जस्तो किसिमले प्रचार गर्न) सके एउटा Identity Project हुन सक्ने संभावना देखिन्छ ।

८। धुलिखेल, बनेपा, पनौती काठमाण्डुको नजिकैको सफा र गाउँले सहरहरू भएकोले बिस्तारै (सफा, शान्त ठाउँमा राती सुत्ने) यी गाउँले शहरहरूमा राती बस्ने र बिहान ब्रेकफाष्ट खाएर काठमाण्डु काम गर्न जाने किसिमको प्रचलन सुरु हुने देखिन्छ । यो पनि एउटा संभावनाको बजार हो । विदेशीहरू नेपालमा काम गर्न आएर १०-१५ दिन या १-२ महिना बस्ने परे उनीहरूको राती सुत्ने ठाउँ धुलिखेल, बनेपा र पनौती रोजाई पर्छन् नै । यो नयाँ संभावनाको बजारलाई पनि Cater गर्न सकिने भयो ।  यसको निम्ती Holiday homes हरू (भाँडा-वर्तन, पानी-बिजुली, कोठा राखिदिने उनिहरू आफैले पकाएर खाने) पनि सन्सारमा चलेको व्यवसाय हो । यो सँगै यस्ता घरमा बस्नेलाई गाडी र ड्राइवर पनि चाहिन्छ । त्यो पक्ष पनि जोड्न सकिन्छ ।

९। धुलिखेलबाट-बनेपा-पनौती-धुलिखेलको (ब्रेकफाष्ट खुवाएर हिँडाउँने, पनौतिमा लन्च प्याक खुवाउँने) एउटा १ दिनको Round village walk को पनि व्यवस्था गर्न सकिन्छ । जसले पर्यटकहरूलाई नेपाली गाउँ हेर्ने अवसर दिन्छ भने केही Village guide ले रोजगारी पाउँछन् र पर्यटकहरूको १ दिन Stay day बढ्छ । य किसिमका Round village walk अरु पनि Design गर्न सकिन्छ होला ।

१०। धुलिखेलको पुरानो मौलिक शहर एकदमै आकर्सक छ । यसलाई संरक्षण तथा विकास गरेर “Breakfast in Newari town”, “Reception in Newari Town” जस्ता आकर्षक तरिकाहरू निकालेर काम गर्न सकिन्छ । हाल खुबै राम्रो काम गरिरहेका पुरी जी लाई १-२ वटा नेवारी घर दिएर Heritage Restaurant को Concept मा चलाउँन सकिन्छ । याद रहोस्, पाटनको ‘नेवा छेँ’ (३५० वर्ष पुरानो घर) प्राय सँधै १-२ महिना बस्ने गरी नेपालमा काम गर्न आएका विदेशी विशेषज्ञहरू र १-२ हप्ता बस्ने पर्यटकहरूको छनौटको ठाउँ बनेकोछ ।  जुन ‘छेँ’ मा नेवरी सुकुलहरूको भुइँ-ओछ्यान राखेर आकर्षक बनाईएकोछन् तर टोइलेट आधुनिक बनाईएकोछ ।

११। धुलिखेल, बनेपा र पनौतीको एकिकृत विकासको निम्ती Out of the box सोच्न पनि सकिन्छ होला । जस्तै: काठमाण्डूबाट १-२ वटा मन्त्रालयहरू धूलिखेल, बनेपा र पनौती सार्ने काम किन नगर्ने? उदाहरणको लागी शिक्षामन्त्रालय काठमाण्डु विश्वविद्यालय नजिकै राखे के बिग्रन्छ? तेस्तै कृषि मन्त्रालयलाई पनौतीमा र उद्योग मन्त्रालयलाई बनेपामा स्थानान्तरण गरे के फरक पर्छ? कला सँस्कृति मन्त्रालय ललितपुर सारे झन उपयुक्त हुन्छ । यसको निम्ती सबै संबन्धित (धुलिखेल, बनेपा, पनौती र ललितपुर नगरपालिकाहरूले मिलेर) अभियान (Lobbying) गर्न सकिन्छ । यसरी केही मन्त्रालयहरू काठमाण्डु बाहिर (तर १ घण्टाको Drive मा काठमाण्डुको सिंहदरवारमा प्रधानमन्त्रीसँगको बैठकमा हाजिर हुन पुग्न सकिने ठाउँहरूमा) सारे आर्थिक लगायत क्षेत्रीय विकास (Regional Development)को अवधारणा विकेन्द्रीकृत (Decentralized) पनि हुन्छ र काठमाण्डुमा हाल भइरहेको जनसंख्याको चाप, यातायातको जाम, पानीको अभाव, धुवाँ-धुलो पनि कम हुन्छ । अजै पनि चन्द्र शमसेरको सिंहदरवारमै सबै मन्त्रीहरू बस्ने चिन्तन किन कायम राख्ने?

(November 2, 2017)
86/15 Sangkhamul, Kathmandu
Ingwaba2005@gmail.com