Monday, July 24, 2017

आत्मकथामा सामाजिक ईतिहास



मित्र प्राडा केआर खम्बुको “स्मृतिका तरेलीहरू”को पाण्डुलिपि रुचिपूर्वक पढेँ । यसको शिर्षक ‘सँस्मरण (Memoir) जस्तो लाग्छ तर यो ‘आत्म कथा (Autobiography) हो जसले एक कालखण्डमा नेपालको विद्यार्थी तथा राजनीतिक आन्दोलनको सत्यकथा समेत कहन्छ । मन्तव्य अनुरोध मुताविक मेरा इम्प्रेसनहरू लेख्दैछु । आत्मकथा किन लेख्ने? शायद - (१) कस्तो जीवन भोगियो? के के काम गरियो? भन्ने कुराहरूलाई अभिलेखिकरण गर्न; (२) आफ्नो विगतका गल्ती कमी-कमजोरी र आफु प्रति गलत बुझाईहरू ‘रिकन्साइल’ गर्न; (३) पुस्तक विक्रीबाट पैसा कमाउँन; (४) आफ्ना अनुभवले नयाँ पुस्ता-सन्तानलाई सूचित-प्रशिक्षित गर्न । तथापी, नं ३ चाहीँ खम्बुजीको हकमा कम लागु होला तर अन्य वुँदाहरू उतिकै ‘भेलिड’ हुनुपर्छ ।

खम्बुजीले गरेको तीन काम (क) प्रगतीशील विद्यार्थी राजनीति ; (ख) माले तथा (हाल) एमालेको पक्षमा राजनैतिक सहयोगी; र, (ग) अनुसन्धाता तथा शिक्षक । हिन्दु सम्राटको निरंकुश पञ्चायती व्यवस्थाको बेला भूमिगत रुपमा रहेको मालेको विद्यार्थी ‘फ्रन्ट’को एक विद्यार्थी नेता, माले-एमाले कार्यकर्ता र एक अनुसन्धाता तथा ईमान्दार शिक्षकका तीन पक्षिय अनुभवहरू  बाटिएर  “स्मृतिका तरेलीहरू” एक चुल्ठीझैँ बनेकोछ । अनेरास्ववियू र माले-एमालेको ईतिहास खोज्नेहरूको निम्ती एक कालखण्डको अनेक सूचना दिने गहकिलो सन्दर्भ ग्रन्थ (Reference document) पनि बनेकोछ । गाउँ तहको स्कुलदेखि विश्वविद्यालय सम्मका विद्यार्थीहरू कसरी संगठित भएर निरंकुश पञ्चायत फाल्न लागेका हुन्थे? तिनलाई कसले परिचालन गर्दथ्यो? भन्ने कुराको सजीव सामाजिक ईतिहास (Social History) को रुपमा पनि यो पुस्ताक तैयार भएकोछ । 

विज्ञान (Physics) भन्छ - खरबौँ Subatomic particles हरूको अति सुक्ष्म गती तथा Interactions ले धर्तीमा र सारा ब्रम्हाण्डमा परिवर्तनहरूको स्वरुप निर्धारण गर्न योगदान गरिरहन्छन् । पूर्वीय चिन्तकहरू पनि हरेक व्यक्ती-व्यक्तीका वुद्धि (Intellect), मानस (Brain), अहंकार (Sense of identity) र चित्त(Intelligence) हरूको Interactions तथा ‘कोअर्डिनेटेड’ चिन्तनहरूको गतिशीलताले जीवन र जगतमा हुने परिवर्तनको स्वरुप निर्धारण गर्दछ भन्दछन् । अर्थात, नेपालको परिवर्तनलाई पनि गाउँ, बस्ती, शहरका अनेक गतिशील भइरहने भित्री लाखौँ चिन्तन र ती चिन्तनहरूले पैदा गरेको गतीले निर्धारण गर्ने हो । खम्बुजीको यो पुस्तकमा उनी आफु सकृय हुँदाका बखत सन्सारको एक मात्र हिन्दु सम्राटको सामन्ती निरंकुश पञ्चायती शासनका बिरुद्ध ती Subatomic particles तहका लाखौँ-लाख सामाजिक, राजनैतिक लगायतका तत्वहरु मध्ये विद्यार्थी ‘फ्रन्ट’को एउटा तत्वले के कसरी समाजका अन्य तत्वहरूसँग Interactions गर्दै परिवर्तनको गतीलाई अघि बढाउँने काममा निरन्तर योगदान गरेको थियो भन्ने कुरालाई आफ्नै संलग्नता सहितको सत्य-तथ्य विवरणहरू ‘डकुमेन्टेड’ भएकाछन् ।

खम्बुजीको व्याक्तीत्व मुल रुपमा एक Science Scholar हो । लेखकका रुपमा उनको “मेरो अनुसन्धान यात्रा (२०६८)”मा पहिलो पटक चिनेको हुँ । यी दुइ कृति पढिसकेपछि शैलीगत रुपमा खम्बुजीको लेखाईलाई पनि (देवकोटाले भनेझैँ)  ‘पोथी गद्य’ रहेछ भनि बुझेँ । हरेक मसिना-मसिना तथा सुक्ष्म कुराहरू, घटनाहरु ‘डिटेल’मा अभिलेख गर्ने र तिनको आफ्नो भावनात्मक संबन्धलाई समेत अन्तरघुलित गरी सिकेका कुरा सहित अभिव्यक्त गर्ने । यो शैलीले मानिसहरूलाई ‘हार्डकोर’ तथ्यहरू पेश गरेर पाठकका संवेदना समेतमा छोएर कहिले भावुक बनाउँछ त कहिले जोस-जाँगर भरिदिन्छ । पढुँपढुँ लाग्छ, तानिरहन्छ, बोर लाग्दैन । पढेपछि खम्बुजीको अनुभवहरूबाट पत्तैविना केही न केही सिकिन्छ जुन शैलीगत एप्रोचलाई Positive deviance (Jerry and Monique, 1990s) भनिन्छ । यो एप्रोचमा ठूला-ठूला सैद्धान्तिक ‘बम्ब्लाष्ट’ नगरी नजिकैको सकारात्मक उदाहरण पेश गरेर शुलभ किसिमले सिक्नेका निम्ती ‘कन्ड्यूशीव’ वातावरण तैयार गरिन्छ । खम्बुजीको शैलीगत विशेषतामा यो पनि एक पक्ष रहेकोछ । सन्सारका ठुल्ठूला विद्वानका सैद्धान्तिक कुरा नगरी आफ्नै वरिपरिका ‘सक्सेस केश’ या ‘पोजिटिभ तथा क्रिटिकल ईन्सिडेन्सेस’हरूको प्रमाण पेश गरेर पाठकहरूको निम्ती सिक्ने प्रकृयालाई ‘फसिलिटेट’ मात्र गर्छन् केआर खम्बु । सकारात्मक तर रैथाने उदाहरण दिएर मानिसको चित्तको तहमा परिवर्तनको वीउ छर्ने, उमार्ने र फलाउँने ‘मेथड’ हो यो । मानव ‘एटिट्यूड’मा परिवर्तन गर्नको निम्ती सबैभन्दा शसक्त विधी मध्ये एक यो पनि हो ।

मेरो पढ्ने रूचीमा ईमान्दार मानिसका आत्मकथा (Autobiography) पनि हो । मेरा निम्ती केआर खम्बु सबैभन्दा पहिले एक ईमान्दार मानिस हुन् । अरु गुण त त्यही मानिसका कमाई हुन् । मैले खम्बुजीका ‘बोनाफाइड’ कृतिहरूमा ‘जेनुइन’ कुरा हुनुपर्छ भनेर पढेँ । मेरो Expectation कहिले पनि mismatch भएन । आफ्नै ‘डिजाइन’ मुताबिक एक ईमान्दार व्यक्तीको रुपमा जीवन विताएकोमा खम्बुजीलाई –क्यावात !! त्यसपछि, कृतिहरू मार्फत आफ्ना अनुभवले अरुलाई पनि प्रशिक्षित गर्ने काम गरेकोमा – स्याब्बास  यार !!!

केआर खम्बुसँगको संगत, उनको जीवन र दुइ कृतिबाट मैले हासिल गरेका सकारात्म उर्जाहरूको सूचि यस्तो छ -
१। सबैभन्दा पहिले मानिस ‘ईमान्दार’ हुनु पर्छ । ईमान्दार मानिसको ‘गहना-गुण’ भनेको जहिले पनि सकारात्म किसिमले सोच्ने र सोही अनुसारको कार्य शैली (Appreciative Inquiry by Cooperrider, Srivastva and Diana Whitney, 1996) अपनाउँने हुन्छ ।  बेइमानी र नाईन्साफी गरे त सम्राटलाई पनि सिंहाशनबाट गलहत्याएर जनताले लखेट्छन् ।

२। हरेक मानिसले आफ्नो डायरी नियमित लेखी जोगाएर राख्ने आफ्ना अनुभवहरूको पुस्तक लेख्ने बेलामा यी डायरीले ‘डाटा वेश’को काम गर्छन् ।

३। जहिले पनि आफ्नो उद्देश्यतिर लागिरहनु पर्छ । खम्बुजीले नेत्र-दृष्टि गुमाएपछि पनि यत्रा ठुल्ठुला किताब लेखे । यो उनको निरास नभई लागिरहने संघर्षशील स्वाभावकै नतिजा हो । जीवनमा सास ‘ईन्हेल र एक्सहेल’ गर्दा समेत हामी संघर्ष नै गरिरहेका हुन्छौँ । कुनै दिन त ‘निषेधको निषेध (Law of negation of the negation by G. Hegel) नियम अनुसार पञ्चतत्व (फृथ्वी, जल, अग्नी, वायु र आकाश) मा फिर्ता हुनेछौँ । तर फेरि पनि Subatomic particles मा परिणत भएर पनि निरन्त्र परिवर्तनको निम्ती कृयाशील हुनुनै छ । तथापी यो जुनीमा आफ्ना अनुभवहरू लेखेर छोडिराखे समाज परिवर्तन प्रकृयामा कहीँ-कतै गती थपिरहन पुस्तकले हाम्रो वारिसको काम गरिरहन्छ ।

४। कम्बुजीको काम गर्ने एप्रोच जहिले पनि self-fulfilling prophecy (Robert K. Merton) रहने गरेको मैले देखेको हो । जस अनुसार ‘यो काम हुन्छ हुन्छ भनी सोचेर गरे सफल हुन्छ तर ‘यो काम सफल हुन्न क्यारे भन्ने मनमा सोच्दै काम गरे असफल नै हुन्छ । मानिसले “सफलता” र “असफलता” दुबैबाट सिक्नु नै अघि बढ्दै जाने कडी पनि हो । खम्बुजी कुनै पनि काम गर्दा ‘यो काम हुन्छ’ भन्ने विश्वासको उर्जा आफ्ना सारा वुद्धि, मानस, अहंकार र चित्तमा भरेर लाग्ने मानिस हो । यसको परिणाम प्राय राम्रो हुन्छ र यस एप्रोचमा काम गर्नेको निम्ती कुनै असफलता भोग्न परे पनि त्यसबाट ‘लर्निङ पोइन्ट’ खोजेर भविश्यको निम्ती आफुलाई एडुकेट गर्छन् । यो कुरा पनि खम्बुजीको विशेषताको रुपमा मैले Observe गरेर उहाँबाट थोर बहुत उर्जा लिने गरेको छु । नत्र मानिसमा Learning disability (Joseph K. Torgesen 1986) सुरु हुन्छ र ज्युँदै मर्छ ।

मैले छानिछानि Autobiography Biography हरू पढेकोछु । नेपालका Autobiography लेखकहरू (प्रो सुरेशराज शर्मा र हिमालय शम्सेरका बाहेक)को पुस्तक पढ्दा यो मुलुक र सन्सारै उनैले थामेजस्तो गरी लेखेका हुन्छन् । सारा गुणैगुणले भरिएका स्वस्थानीमा वर्णित हमादेवको कथा जस्तै । खम्बुजी यस किसिमको क्यान्सरिलो रोगबाट केही हदसम्म मुक्त छन् । जीवनका हरेक पल र लेखनमा समेत सँधै बलियो साथ दिने उनकी जीवनसँगी शुभलक्ष्मीलाई पनि यो पुस्तकका अनेक पन्नामा उपस्थित रहेको पाएकोछु । यो पुस्तक शुभलक्ष्मी र केआर खम्बुले आधा-आधा लेखेर (भैरव रिसालको आत्मकथा “शुसिला भैरव” जस्तै) एउटा कृतिको रुप दिए गज्जब हुने थियो भन्ने मलाई लागि रह्यो । शायद हामी पुरुषहरू जतिसुकै प्रगतिशील र ‘समानता’को कुरा गरेपनि श्रीमतीलाई Taken for granted लिन्छौँ ।

नेपालमा पुस्तक पढ्ने सँस्कृति कमजोर छ । एउटा पण्डितले पुस्तक बाँचेर सुनाउँने र अरुले हप्तादिन हात जोडेर सुन्ने सँस्कार भएकोले पण्डित एकजनाको पुस्तकले नै सैयौँलाई पुगिहाल्छ । किनेरै त थोरैले पढ्छन् । खम्बुजीका किताब जतिले पढलान् उनले ‘बेकारमा मेरो समय खेरो गयो’ किमार्थ भन्ने छैनन् ।

विक्रम सुब्बा
शंखमूल, काठमाण्डु, नेपाल (२०७३ फागुन २५)

'सौभाग्यवती' भनेको अर्थ के हो


फुटानी चोकमा एकजना बाहुन परेत आइपुगे । उनले भेट्न खोजेको मानिसले ‘ल ल गुरलाई एक कप दूध’ अडर गरे । वाहुन बाजेलाई त्यहआव चिया खाइरहेको एकजना समाज शास्त्रको विद्यार्थीले सोध्न थाल्यो –

-       ‘बाजे, यो युवतीहरूलाई सौभाग्यवती भव’ भनेर बाहुनहरूले पुजाको दिन आशिर्वाद दिन्छन् । त्यसको खा अर्थ के हो?

बाजे – ‘हेर्नोस्, ठाडो भाषामा सोझै भन्ने हो भने “तेरो पोइभन्दा तँ पहे मर्नु” भनेको हो ।‘
-       हो र बाजे? अलि वेलिविस्तारमा सुनौँ न !
बाजे – ‘युवतीहरूको सौभाग्य भनेको श्रीमान हो । श्रीमान मरेपछि उसलाई “राणी” भनिन्छ । (पुरानो चलन अनुसार) राणी आइमाईलाई समाजमा सबैले सारै हेप्छन् । राणी आइमाईले जिउँदै बाँच्नु १० वटा नर्कमा गए सरह हुने भएकोले राणी भएर समाजमा त्यस्तो दुःख भोग्नु भन्दा जलेर मर्नु निको भनेर श्रीमान जलिरहेको चिताको आगोमा जलेर मर्ने गरेको र त्यसलाई ‘सती गएको’ पनि भनियो । अर्थात, राणी भएर समाजमा चरम अपहेलित हुनु नपरोस वा सती जान नपरोस भनेर विवाहपछि महिलाहरूलाई श्रीमान (सौभाग्य) जिउँदो हुँदै आफै परेपछि कल्याण हुने देखेर “सौबाग्यवती भाव” भनिकन (श्राप) आशिर्वाद दिएको हो ।‘
-       ‘बाजे, अनि यो ‘पति’ भनेको के हो? कैलसश’पति’ पनि भनिन्छ, गण’पति’ पनि सुनिन्छ । अचेल त साभ’पति’, राष्ट्र’पति’, आदि अनेक प्रयोगमा छ नि?’

बाजे – (दूधको कप हातमा लिएर एक घुट्को पिउँदै) “पति” भनेको आस्रय वा आस्रयदाता हो । महिलाको ‘पति’ भनेको आस्रय दाता, पालक-पोषक भनेको हो । यो ‘पति’को अनेक प्रयोग छ – गणेशलाई गणपति बाब्बा भनिन्छ किनभने गणेशले कुनै गण या कुलको निम्ती कुशल-मंगलको काम गरिदिन्छन् भनिन्छ । गणेशले यो गणपतिको गुण उनका पिता महादेवबाट पाएका हुन् । महादेवलाई पनि कैलाशपति भनिन्छ किनभने उनी कैलाश पर्वत क्षेत्रका रक्षक हुन् । तेस्तै अहिले सेनाहरूको गण-गणमा एकएक जना गणपति हुने गरेको पाइन्छ । गणपति भनेको अहिले ‘टोली नेता’ जस्तो भयो । ‘टोली नेता’ भनेको सारै कोदे भयो भनेर होला अचेल यसैलाई ‘टीम लिडर’ पनि भन्छन् ।  सुरुसुरुमा समजामा सभापति थिएनन् तर समाजले मिलेर काम गर्ने र एकजना त्यसको नायक हुने चलन सुरुभएपछि नयाँ शब्द बनाउँनु पर्‍यो र सभा’पति’ भनेको त्यही संरक्षकको अर्थमा ‘सभा’ पछि ‘पति’ जोडेर महादेवले कैलाशको संरक्षको काम गरेजस्तै सभाको संरक्षलाई सभापति भनियो । राष्ट्र’पति’ पनि तेस्तै हो – राष्ट्रको संरक्षकको काम गर्नेलाई राष्ट्रपति भनियो ।
-       बाजे, अनि यो ‘सभापति’ ‘राष्ट्रपति’ पुलिङ्गी शब्द हो कि स्त्रीलिङ्गी शब्द हो ।
बाजे – समाजमा भएका परिवर्तनसँगै केही शब्दहरूलाई पुनःसंरचना गर्दै जानु पर्छ होला । जुनबेला ‘पति’ शब्द बन्यो त्यो बेला यो पुलिङ्गी शब्द नै हो तर अचेल त महिलाहरु पनि सभापति, राष्ट्रपति हुने जमाना आयो । साथै (पुरुष) न्यायधीशलाई श्रीमान् भनेर ‘महिला वकील’ले संवोधन गर्दा या महिला न्यायधीशलाई पुरुष वकीलले  श्रीमान् भनेर संबोधन गर्दा बडो नमिलेको जस्तो लाग्छ । तेस्तै महिला मन्त्रीलाई मन्त्रीज्यू भनिँदैछ ।  पहिले पुरुष मात्र मन्त्री हुन्थे र मन्त्रीको श्रीमतीलाई ‘मन्त्राणी’ भनेर व्याकरणको पुलिङग र स्त्रीलिङ्गमा पढाईयो । अब महिला मन्त्रीलाई के भन्ने? उनको श्रीमान्लाई के भन्ने? महिला कविलाई ‘कवियत्री’ भनिन्छ । अब उनको श्रीमालाई कविता नलेखेपनि ‘कवि’ भन्ने कि के भन्ने हो? यी र यस्ता अनेक भाषामा रहेको गज्याङगुजुङलाई वैयाकरणहरूले मिलाउँदै लैजानुपर्छ । यस्तो काम खास गरेर Contextual Grammarian हरुले गर्छन् ।
-       ‘अनि बजे, आजभोलि ‘राष्ट्रवाद’को बहुत चर्चा छ । यसबारे के भन्छ शास्त्रले?’

बाजे – यसलाई समेट्न एउटा कविता भन्छु –
उत्तम आत्मन ख्यात,
पितु ख्यात मध्यम
मातुल ख्यात अधम
ससुरच्च धमाधम

- ‘के भनेको हो ? अर्थ?’

बाजे - उत्तम आत्मन ख्यात भनेको ‘आफ्नै पौरख’ले ख्याती कमाउँनु र चिनिनु - सबैभन्दा उत्तम । पितु ख्यात मध्यम, आर्थात आफु केही गर्न नसक्ने लाछी हुनु तर पिताको ख्याती-नाम-सुवास मार्फत चिनिनु - मध्यम ।  मातुल ख्यात अधम, अर्थात आफु केही गर्न नसक्नु, बाबुको पनि नाम-सुवास छैन तर मामाको ख्याती मार्फत चिनिनु र फुर्ति गर्नु -  अधम् हो । ससुरच्च धमाधम, अर्थात आफु केही गर्न नसक्ने, पिताको ख्याती पनि छैन, मामाको नाम-सुवास पनि छैन तर धनी-मानी ससुराको ख्याती मार्फत आफु चिनिएर ध्वाँस दिँदै बाँच्नु भनेको - सबैभन्दा चुत्थो र महा अधम् हो । यस्तो मानिसलाई नै "पानी मरुवा", "नपुंशक", "छातीमा भुत्ला नभएको", "ऐँझेरु", "लाछी", "साइँदुवा" भन्ने गरिन्छ । अहिलेका हाम्रा नेताहरू ‘ससुरा’को नामले चिनिने हदसम्म पुग्न पुग्न लागेकाछन् तर कोही पिताको ख्यातीको ध्वाँस दिएर त कोही मामा(दिल्ली)को पावरको ध्वाँस दिएर राजनीति गरिरहेछन् । यी सबैले ‘पितु’ तथा ‘मातुल’को ‘राष्ट्रवाद’को कुरा गरिरहेछन् । ‘आत्मन ख्यात’को धारमा ‘राष्ट्रवाद’को कुरा गर्ने दिन कहिले आउँने हो भन्न गारो छ । हरिओम तत्सत !

यति भनेर, बाजेल दूधको गिलास रित्याए । भेट्न खोजेको मानिससित एकान्तमा केही गफ गर्न थाले । म मर्निङ वाक हुँदै फुटानी चोकको यात्राबाट फर्केँ ।

थरहरू कसरी बन्छन्?




थरहरू कसरी बन्छन्? एउटा उदाहरण -

हिन्दी सिनेमाका अमिताव बच्चनको नाम खासमा ईन्क्लाव राय श्रीवास्तव रहेछ । यी कायस्थ, (राजा महाराजाको Record keeper) ले पाएको उपाधी जुन पछि जात वा थर बन्यो, रहेछन् । बुवा हरीवंश राय श्रीवास्तव "वच्चन (केटकेटी जस्तो)"ले ईन्क्लाब - जिन्दाबाद ! बाट लिएर छोराको नामले नै बृटिश विरुद्दको नारा लगाएजस्तो हुने सोचेर राखेको ।

हरीवंश राय श्रीवास्तव कवि पनि भएकोले उनले "वच्चन" उपनाम राखेर कविता लेख्थे ।

हरीवंश राय श्रीवस्तव "वच्चन" अंग्रेज विरोधी तर अंग्रेजीका शिक्षक र कवि समेत भएकोले समाजका अनेक कुराको पनि विरोधी थिए - उनी जातपात मान्दिन भन्थे ।

छोरालाई स्कुलमा राख्न जाँदा सोधियो - नाम के हो?
हरीवंश - अमिताभ (मात्र भनेर जात भनेनन्, किनभने जापात मान्दैन'थे)
स्कुल शिक्षक - थर के हो?
हरिवंश - वच्चन (पुराः अमिताभ वच्चन)

यसरी वच्चन अहिले एउटा थरजस्तो हुन पुगेकोछ । ऐश्वर्या राय वच्चन, अभिशेक राय वच्चन, आराध्या राय वच्चन । (अब विस्तारै श्रीवास्तव जात-थर यो परिवारको साखा-सन्तानबाट हट्यो र वच्चन थर नै बन्न पुगिसक्यो ।)

अर्थात, थर सिरिफ एउटा पहिचान हो । हरीवंशले आफ्नो स्वभावलाई Capture गरेर 'वच्चन (केटाकेटी जस्तो)' भनेर राखेको कालान्तरमा थर नै बन्यो अहिले 'वच्चन' एउटा कलाकारको पहिचान नै बनिसक्यो । सिनेमा हेर्नेहरूले 'वच्चन' सुन्ना साथ आफ्नो दिमागमा अमिताभ वच्चनको Image आफ्नो मनमस्तिस्का उतार्छन् ।

तेस्तै, नेपालका अनेक जातहरू पनि ख्यालख्यल्मै बनेकाछन् । जस्तैः वाग्लामा बसोबास गरेको मानिस "वाग्ले" भयो; घमीर भन्ने ठाउँमा बसेको मानिसलाई "घिमिरे" भन्न थालियो; अर्जेको मानिसलाई "अर्याल" भनियो; सेक्सन अफिसरको काम गरेकोलाई "अधिकारी", कारबारी काम गर्नेलाई "कार्की"; भण्डारको रेखदेख गर्नेलाई "भँडारी" (अहिले आएर) "भण्डारी"; पाँचथर थलाजुङबाट बसाइँ सरेर फिदिम आएपछि "थलाजुङे"; छिपचिपे पानी भएको ठाउँलाई लिम्बु भाषामा 'अनेने' भनिन्छ त्यस्तो स्थानको वरिपरि बस्नेको थर 'वनेम'; मेरो थर ईङ्वाबा हो । भनिन्छ, हाम्रो पूर्खा बाले बासेको बेला जन्मे । भालेलाई (उज्यालो भयो भनेर) "खबर " दिने पक्षी भनिन्छ । यसरी "ईङघङ"बाट भाले बासेको बेला जन्मेको हाम्रो पूर्खालाई इङवा भनियो र कालान्तरमा यो एक थर बन्यो, आदि ।

अर्थात, थर त भर्खरै सृजना भएको 'पहिचान' हो । खोज्दै जाँदा हराउँछ । तेसैले बिहे गर्नको निम्ती बेउला बेउलीको थर सोध्ने हो तर 'गोत्र' पनि सोधेपछि मात्र नजिकको थर मिलेपनि रक्त-साईनो लाग्दैन बिहे गर्न हुन्छ भनेर टुंगो गरिन्छ । अब त 'गोत्र'भन्दा पनि Genetics हेरेर आफ्नो पिता-पूर्खा कहाँबाट यहाँ अहिले म बसेको ठाउँमा आईपुगे? भनेर हेर्ने गरिन्छ । तर नेपालमा त्यस्तो प्राविधिक सुबिधा छैन । तेसैले हामी थर र गोत्रको कुरा गर्छौँ । तर बारतमा अहिलेका मुसलमान पहि हिजो हिन्दुका सन्तान हुन भनेर Genetic study गरेर डा स्वामी सुब्रमन्यनले भनिरहेछन् - कि Genetically केही बर्ष अघि मुस्लीम बनाईका हिन्दु नै आजका भारतीय मुस्लीम हुन् रे ।

तर पनि यथार्थ के हो भने थर वा जात बनेपछि त्यही नै पहिचान बन्यो । नत्र त मानिस जन्मिँदा त एउटा मासुको डल्लो त हो । जन्मेपछि उसले नाम पायो, अब उ मानिसभन्दा नामबाट चिनिने भयो । नाम पछि जात दिईयो, अब उ जातले चिनिने भयो । जातबाट थर पायो, अब थरले चिनिने भयो । त्यसपछि नाम, थर, जात र जन्म मिती तथा जन्मस्थान समेत उल्लेख भएको 'नेपाली' नागरिकता पायो, अन उसको पहिचान 'नेपाली' भयो । यि सबै पहिचानहरूले नै उसलाई "अहंकार ("म यो वा त्यो वा यस्तो वा त्यस्तो हुँ" भन्ने भावना जसलाई अंग्रेजीमा Sense of identity भनिन्छ)" दियो । शिक्षा हासिल गर्दै उसले पीएचडी पनि गरेपछि उसले "डाक्टर साब"को नयाँ पहिचान जोड्यो, कोही प्रोफेसर पनि भए उसको पहिचान अब प्राडा भयो । कोही कर्नेल भए उसको सारा यावत पहिचानको माथिल्लो ठाउँमा 'करसाप' थपियो । मन्त्री भएर खुस्केको भए झन "मन्त्री ज्यू" भन्ने पहिचान कायम भयो । यसरी भर्खर जन्मिएको मानिसदेखि उसको पहिचान त बदलिँदै बदलिँदै कहाँ पुग्यो? उसको Original identify लाई त परिवर्तित हुँदै गएका पहिचानहरूले किच्दै लगे । अझ, कोही बेलायत पुग्यो र त्यहीको नागरिकता लियो भने अब त उ "बृटिश" पहिचानले बिगतका सबै पहिचानलाई ढाकेर बृटेनको (नागरिक हैसियतले) माया गर्न थाल्ने भयो । अमेरिका पुगेर त्याहाँको ग्रीन कार्ड लिने र नागरिकता लिनेको त झन कुरै भएन । र, तिनका सन्तानको झन कुरै भएन - उनीहरू आफ्ना बा-आमा नेपालबाट आएका रे सम्म भन्छ होला तर नेपालसँग गाँसिएको तेरो पहिचान छ भन्यो भने केही मतलब राख्दैन होला । भनेपछि पहिचान त बडो Dynamic हुने रहेछ ।

अर्को कुरा - गौतम वुद्ध नेपालमा जन्मे । अहिले उनको विचार सन्सारभरि फैलिँदै गएकोछ । अब उनको पहिचान नेपालसँग मात्र गाँसिएर त बस्दैन । तेस्तै "योगा"को कुरा लिउँ । पहिले यसलाई भारतीय बाबाजिहरूको भन्थे । पछि भारतको भनियो । अब त UN ल नै International Day of Yoga घोषणा गरिदयो । अब त योगाको पहिचान भारतीय मात्र रहेन । तेस्तै Law of motion, Gravitation युरोपको मानिसले विकास गरेको वा पत्ता लगाएको हो । तर अब यी वैज्ञानिक कुरा यूरोपको मात्र भन्न मिल्दैन । अहिले सबैको हातमा मोबाइल छ । यो अब त सन्सारको भइसक्यो ।

तेस्तै कुन कुन रक्त समूहले बिहे गर्दा वच्चा अपाङ्ग जन्मिने वा सुत्केरी हुने बेला आमाको ज्यानलाई खतरा हुने केलाएर बिहे गर्ने गरिन्छ । जस्तैः बिहे गर्दा रक्त समुह मिलान गर्नेः

१) केटको रक्त समुह A छ भने केटीको A AB हुँदा ठिकै हुन्छ ।

२) केटाको रक्त समुह B छ भने केटिको :B AB हुँदा ठिकै हुन्छ ।

३) केटाको रक्त समयह O छ भने केटीको O, A, B AB सबै मिल्छ ।

४) केटाको रक्त समुह AB छ भने केटिको पनि AB नै भए राम्रो ।

५) केटाको रगतमा Rh+ve छ भने केटीको रक्त समुह पनि Rh+ve भएको राम्रो

यो मिलेन भने के के असर हुन्छ? हेर्नोस् - http://www.matriman.com/MatchingBloodGroupsformarriage.html