Monday, July 24, 2017

फुटबलको ईतिहास



१। 200 BC तिर चीनमा ‘चू छू’ नामक कुकुराका भुत्लाहरू कोचेर बनाईएको छालाको भकुण्डोजस्तो गोललाई लात्तले, छातीले, पिठ्यूँले र कुमले समेत हानेर खेल्ने गरिन्थ्यो । जसलाई हातले छुन पाइँदैनथ्यो । 

२। इङलेण्डका राजा एडवार्ड दोस्रा (१२८४ – १३२७) ले सेनाहरूलाई धनुर्वाण चलाउँन सिक्न पर्ने सेनाहरूको ध्यान फुटबलमा जाला भनेर फुटबल खेल्न बन्देज लगाए । यही बन्देज राजा एडवार्ड तेस्रा, रिचार्ड दोस्रा, हेन्री चौथा र हेनरी पाँचौँले समेत लगाए ।

३। फुटबलको नियाम सन् १८६३ मा पहिलो पटक इङलेण्डमा बिकास गरियो । तर एउटा टीमले घुँडा मुनी हान्न नपाईने र हानेमा फल हुने नियम स्वीकार गरेन । फलस्वरुप छुट्टै ‘रग्बी पुटबल यूनियन’ को जन्म भयो ।

४। समयसँगसँगै फुटबलका अनेक नियमहरु परिवर्तन हुँदै आए ।

५। गोल-किक (गोल किपरले हानेर टाढा पुर्‍याउँने) प्रचलन १८६९ मा र कर्नर किक हाल्ने प्रचलन १८७२ देखि नियममा थपियो ।

६। १८७८ देखि रेफ्रीले सिटी फुक्ने चलन सुरु भएपनि रेफ्री खेलमैदानको सिमाभन्दा बाहिरै बस्ने चलन थियो ।

७। १२ मिटर टाढाबाट हान्ने ‘पेनल्टी किक’ १८९१ मा थपिएको नियम हो ।

८। १८७२ मा फुटबलको पहिलो अन्तरराष्ट्रिय टुर्नामेण्ट सन्चालन गरिएको थियो । जसमा ईङलेण्ड टीम स्कटलेण्ड टीमसँग म्याच खेल्न ग्लासगो पुगेको थियो ।

९। १९०४ मा फ्रान्सको पेरिशमा फुटबलको विश्व संगठन FIFA स्थापित भयो । जसमा ७ देशका प्रतिनिधीले भाग लिएका थिए तर ईङलेण्ड फुटबल एशोसिएसनले FIFA को स्थापन गर्ने भेलामा भाग लिएन ।

१०। १९०९ भन्दा पहिले सम्म FIFA लाई योपेली संगठन मात्र हो भनिन्थ्यो । १९०९ मा यो संगठनमा दक्षिण अफ्रिका सदश्य भयो । १९१२ मा अर्जेन्टिना र चिली पनि सदश्य भए । त्यसपछि १९१३ मा अमेरिकाले पनि FIFA को सदश्यता लियो ।

११। १८७० देखि नै क्यानाडामा फुटबल खेलिन्थ्यो तर १९१२ मा मात्र क्यानाडामा पनि ‘सकर लीग’ सुरु भयो । १९१२ कै डिसेम्बेरमा क्यानाडा पनि (क्यानाडाकै विनीपेगमा भएको मिटिङमा) औपचारिक रुपमा FIFA को सदश्य भयो ।

१२। १९१४ को ख्रिस्मसका बेला र विश्वयुद्धको वीचमा युद्ध विराम गरेर, बन्दुक थन्क्याएर, ट्रन्चबाट बाहिर निस्केर जर्मन र बृटिशले फुटबल प्रतियोगिता खेलेर शान्तिको सास फेरेको दिनलाई ऐतिहासिक दिन मानेर सम्झना गरिन्छ । जसमा इङलेण्डले जर्मीलाई ३-२ ले गर्मनीलाई जितेको थियो ।

१३। १९२० मा महिलाहरूको पनि फुटबल प्रतियोगिता सुरु भयो । यो प्रतियोगिता विश्वयुद्धका घाइते सिपाहीहरूको सहयोगका निम्ती ‘फण्ड रेज’ गर्न ईङलेण्डको प्रेस्टोनमा खेलिएको थियो । जसलाई २५००० दर्शकले हेरे । यसै साल ईङलेण्डको महिला टिम फुटबल खेल्न फ्रान्स पुग्यो र तीन खेल खेल्यो । जसलाई ६२,००० सम्मका दर्शकले हेरेका थिए ।

१४। १९२१ मा ईङलेण्डको फुटबल एशोसियेशनले महिला फुटबललाई प्रतिबन्ध लगायो । जसले महिला फुटबलको प्रगतिलाई नराम्रो धक्का लाग्यो ।

१५। १९३० जुलाईमा पहिलोपटक FIFA World Cup आयोना भयो । जसलाई उरुगुवेले आयोजनाको जिम्मा लिएरको थियो । यो World Cup मा उरगुवेले हर्जेन्टिनालाई ४-२ गोलले हराएको थियो ।

१६। अहिलेसम्म २० World Cup आयोजना भएकोमा ब्राजिलले ५ पटक, झर्मनीले ४ पटक, ईटलीले ४ पटक, अर्जेन्टिनाले २ पटक, उरुगुवेले २ पटक, फान्सले १ पटक, ईङलेण्डले १ पटक र स्पेनले १ पटक जितेकाछन् ।

१७। दोस्रो विश्वयुद्धका कारण १९४० को World Cup आयोजना हुन सकेन ।

१८। १९६९ मा महिलाहरूको फुटबल ईङलेण्डमा फेरि सुरु भयो । जसमा ३८ महिला फुटबल क्लबहरू सामेल भए र महिला फुटबल माथिको प्रतिबन्ध पनि खुल्यो ।

१९। १९९० मा पहिलो पटक महिलाहरूको अन्तरराष्ट्रिय मैत्रीपूर्ण म्याच क्यानाडाको विनिपेगमा सन्चालन गरियो भने नोभेम्बर १९९१ मा महिलाहरूको पहिलो World Cup चीनमा आयोजना भयो । जसमा १२ टीमले भागलिएका थिए र अमेरिकाले फाइनल जितेको थियो ।

२०। गजबको कुरो के छ भने World Cup सुरु हुनुभन्दा पहिले नै १९०८ मै ओलम्पिकमा फुटबल पनि समावेस भइसकेको थियो ।

२१। अहिले आएर सन्सारभरि फुटबल ठूलो कमाउँने उद्योग, आफ्नो देशको नाम राख्ने शानदार माध्यम र मनोरन्जनको महान साधन भएकोछ । पेले, म्याराडोना, रोनाल्डो, रोनाल्डिन्योह पछि अहिले मेस्सी र ख्रिश्चियानो रोनाल्डो सन्सारकै उत्कृष्ट खेलाडी भनेर चिनिन्छन् । तेस्तै युरोप र ल्याटिन अमेरिकाका कैयौँ फुटबल क्लबहरू भयानक ठूला उद्योग बनेकाछन् भने राम्रा खेलाडीहरुको उच्च कमाई र जीवन शैली राजा-महाराज-सम्राटहरूको जस्तो हुन पुगेकोछ ।

No comments:

Post a Comment