Monday, July 24, 2017

आफ्नो लागी आफै वैद्य



आफ्ना लागी आफैँ वैद्य

हिजो वैशाख १६, २०६९ गते आयुर्वेदको २ घण्टाको तालिम लिने मौका मिल्यो । तालिम दिने वैद्य बिपी तिमिल्सिना (पाथिभारा आयुर्वेदिक हस्पिटल, सिनामंगल) थिए । त्यही तालिमको मेरो टिपोटहरू सबैलाई काम लाग्ला भनि यहाँ राख्न चाहान्छु ।

केही अवधारणात्मक कुरा
१। कुनै पनि मानिस आफ्ना लागि आफैँ वैद्य हुनु पर्दछ ।
२। उपचारै गर्न नपर्ने अवस्था सृजना गर्न सकिन्छ ।
३। "पैसा भए उपचार हुन्छ" भन्ने भनाई गलत हो ।
४। Fast food = Fast death हो ।
५। एक दिनलाई बिभाजन गर्ने हो भने हाम्रो शरिरमा १) विहान वाथको सिजन, २) दिउँसो पित्तको सिजन र ३) बेलुका कफको सिजन हुन्छ । आहार बिहार यसैलाई ध्यानमा राखेर मिलाउँनु पर्छ ।
६। हाम्रो उमेरलाई पनि बिभाजन गर्ने हो भने १) वाल्यकाललाई बाथको सिजन, २०) जवानी पित्तको सिजन, र ३) बुढेसकाल कफको सिजन हो । आहार बिहार यसैलाई ध्यानमा राखेर मिलाउँनु पर्छ ।


त्याज्य कुरा (Don'ts)
१। तेल तताएर बेसारको धुलो हालेर भुटेपछि त्यो विष (Toxic) हुन्छ ।
२। सागमा बेसार हालेर पकाए त्यो विष (Toxic) बन्छ ।
३। सागमा लशुन हालेर पकाए त्यो विष (Toxic) बन्छ ।
४। मासुमा मुला मिसाएर पकाए त्यो विष (Toxic) बन्छ ।
५। रायोको साग र करेला मिसाएर पकाए त्यो विष (Toxic) बन्छ ।
६। राती करेला खाए त्यसले विष (Toxic) को काम गर्छ ।
७। उठ्ने बित्तिकै दूध खाए त्यसले विष (Toxic) को काम गर्छ ।
८। आलु र मुला मिसाएर पकाए त्यो विष (Toxic) बन्छ ।
९। मासको(कालो) दालसँग दुध, दही र मोही खाए त्यसले विष (Toxic)को काम गर्छ ।
१०। सक्खर र दूध मिसाएर खाए त्यसले विष (Toxic)को काम गर्छ ।
११। खाना खाएर चिसो पानी खाए त्यसले विष (Toxic)को काम गर्छ ।
१२। दूधसँग अमिलो खाए त्यसले विष (Toxic) को काम गर्दछ ।
१३। सिलेबरले बनेको राइस कुकरमा पकाएको भात विष (Toxic) भइसकेको हुन्छ ।
१४। खाना पकाएर ४७ मिनेटभित्र खाए मात्र राम्रो नत्र तयो विष (Toxin) बन्न थाल्छ ।
१५। सिलेबरको थाल वा प्लेटमा भात वा Carbohydrate (खाना) खाए विष (Toxin) पनि खाइन्छ ।
१६। साग बिहान पकाएर, राखेर वेलुका काए विष (Toxin) खाइन्छ ।
१७। तीता र अमिला कुनै पनि काने कुरा बेलुका खाए त्यसले विष (Toxin) को काम गर्दछ ।
१८। प्याज र दूध एकै साथ खाए विष (Toxin) खाइन्छ ।
१९। प्याज काटेर खुल्ला राख्नासाथ त्यसमा विष (Toxin) पैदा हुन थाल्छ ।
२०। परेवाको मासु तेलमा पकाएर खाए Piles हुन्छ ।
२१। चराचुरुङ्गी (कुखुरा समेत) को मासु जेठ देखि भदौ महिना सम्म खाँनु हुन्न । किनभने त्यतिबेला तिनको शरिर विषालु हर्मोनले भरिएको हुन्छ ।
२२। धेरै थुक्ने मानिसलाई पेटको रोग छिटो लाग्छ ।
२३। मासु र दूध सँगै खाए विष (Toxin) को काम गर्दछ ।
२४। मासु र कटहर सँगै खाए विष (Toxin) को काम गर्दछ ।
२५। मासु र दाल (कालो दाल समेत) सँगै खाए विष (Toxin) को काम गर्दछ ।
२६। बिहान Morning walk गर्नु स्वास्थ्यको निम्ति राम्रो हुन्न । किनभने विहान बाथको सिजन हुन्छ ।
२७। खाना खाएर दाहिने कोल्टे परेर सुते रोग लाग्छ ।
२७। वेलुका चिसो पानी खाए रोग लाग्छ ।
२८। खाना काएर तुरन्तै पानी खानु नराम्रो । खानापछि २ घण्टा पानी नखाने ।
२९। दुध वा दुधबाट बनेका खाने कुरा खाएपछि पानी खाए Sugar को रोग लाग्छ ।
३०। खीरमा काजु, किसमिस, नरिवल, बदाम हालेर खाए रोग लाग्छ ।
३१। Olive oil र तोरीको तेल बाहेक अरु Refined तेलहरू खानु प्लाष्टिक खानु सरह हो । 
३२। खानासँग खर्बुजा नखाने ।
३३। बोसिलो (मासु) खाँदा carbohydrate खाएको छैन भने बिसाउँछ ।
३४। भाँडा धुँदा Steel juice चलाए विस्तारै Cancer हुन्छ ।
३५। तातो पानिले भाँडा नमाझै साबुन खाइन्छ र Piles रोग लाग्छ ।
३६। बेलुका – दही, मही, मुला, मासु र ज्वानो नखाने ।
३७। ४० वर्ष उमेर पुगेपछि घ्युकुमारी नखाने ।
३८। ३८ वर्ष नाँघे पनि Pineapple नखाने ।
३९। च्याउ खाएपछि अन्य प्रोटिन (मासु, गेडागुडी, अण्डा, माछा, आदि) नखाने ।
४०। महिनावारी भएको बेला महिलाले दूध खाए विषालु हुन्छ ।
४१। खसी काटेर खुइल्याएर चुना र बेसार दलेको मासुले पत्थरी हुन्छ ।
४२। सागमा बेसार हालेर खाए, भटमास र दुध खाए, दही र दूध अथवा सातु र दुध खाए पत्थरी हुन्छ ।


ग्राह्य कुरा (Do's)
१। करेला र आलु मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो ।
२। चना र मुला मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो ।
३। दूध र बेसार मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो ।
४। मासको (कालो) दाल र घीउ मिसाएर खाए स्वस्थ्यको निम्ती राम्रो ।
५। मासको (कालो)दाल र कटहर मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो ।
६। मसाको (कालो) दालसँग मेथी, अदुवा र खोर्सानी जस्ता मसाला मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो ।
७। फर्सिको मुन्ट र घीउ पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो ।
८। दहीसँग सक्खर मिसाएर मिसाएर खाए स्वस्थ्यको निम्ती राम्रो ।
९। सक्खर र तीलको लड्डु मिसाएर खाए केही दिनमा वजन घट्छ ।
१०। प्याज ताजा काटेर चपाएर खाए टन्सिल निको हुन्छ ।
११। परेवाको मासु घ्युमा लसुनसँग पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो ।
१२। आफ्नै मुकको र्‍याल (थुक) बिहान सबैरै आँखामा दले आँखाका धेरै रोग निको हुन्छ ।
१३। सँधै विहान ५-६ बजेभित्र उठिसक्नु स्वस्थ्यको निम्ती राम्रो ।
१४। ९-१० तिर मजाले खाना खानु स्वस्थ्यको निम्ती राम्रो ।
१५। मासु जहिले पनि विहान खानु स्वस्थ्यको निम्ती राम्रो ।
१६। मासु, स्याउ र दही मिलाएर खाए स्वस्थ्यको निम्ती राम्रो ।
१७। स्वास्थ्यको निम्ती Evening walk राम्रो हुन्छ ।
१८। दिउँसोको खाना पछि १५-२० मिनेट सुत्नु स्वास्थ्यको निम्ती राम्रो । सुत्दा देब्रे कोल्टे परेर सुत्ने ।
१९। कतै राम्रो कामको साइतमा निस्कनु परे नाकको दाहिने तिरबाट सास निस्केको बेला पारेर निस्कने ।
२०। धर्म-कर्ममा शान्तिका निम्ति निस्कनु परे देब्रे नाकबाट सास निस्केको बोला पारेर निस्कने ।
२१। बेलुका घाम अस्ताउँनु अघि खाने र ४० मिनेट ईभनिङ वाक गर्ने ।
२२। दालचिनीको चिया खाने र सँधै सुत्न अघि खाए अति उत्तम ।
२३। घ्यू र केरा खाए अमृत समान हुन्छ ।
२४। गर्मि महिनामा घ्यू खाए पित्तलाई समन गर्दछ ।
२५। घ्यूमा भुटेर काँचो केराको तरकारि खाए अति उत्तम ।
२६। काँचो केराको सब्जी बिहानै बेलुका खाए स्मरन शक्ति बढाउँछ ।
२७। पानी जहिले पनि मन तातो (३६ डिग्रीको) खाने ।
२८। खाना खाँदा विचमा अलिकती पानी खानु राम्रो तर खाना पछि पानी कानु नराम्रो ।
२९। खाना खानु अघि १ घण्टा पानि नखाने ।
३०। खीर र तरकारी जहिले पनि कीटको कराहीमा पकाएर खाने ।
३१। दूध पनि कीटको कराहीमा पकाउँनु उत्तम हुन्छ ।
३२। खीरमा मेथी (पिसेको) पाक्न लाग्दा हाल्ने र ईच्छा अनुसार घीउ, जाइफल, मरिच, चिनी पनि हाल्दा हुन्छ ।
३३। खीर खाएर पानी खाए विष (toxin) बन्छ ।
३४। सन्सारको सबैभन्दा राम्रो तेल Olive oil त्यसपछि तोरीको तेल हो ।
३५। Olive oil मा कागतीको रस मिसाएर खाए पित्तको पत्थरी निको हुन्छ ।
३६। चनामा सूर्यमूखिको बियाँ मिसाएर खाए राम्रो ।
३७। बोसिलो (मासु) खाँदा carbohydrate मिलाए खाए राम्रो हुन्छ ।
३८। ओक्खर मस्तिष्कको निम्ती अति उत्तम । तर ओक्खर खाएर ११ घण्टा दुध नखाने ।
३९। भाँडा सफा गर्न घिरौँलाको जाली उत्तम ।
४०। अमलाको पटउडर दूधसँग बारे महिना खाने ।
४१। ११ वर्षभन्दा माथिकाले दूध घाम हस्ताएपछि खाने ।
४२। दूधमा बेसार मिलाएर खाए अल्झाइमर निको हुन्छ ।
४३। प्याज, नुण र कागती मिलाएर खाए झाडापखाला रोकिन्छ ।
४४। गहुँ भुटेर खाए Vomit रोकिन्छ ।
४५। कान दुखे प्याजको रस केही थोपा लगाए निको हुन्छ ।
४६। ज्वरो आए गेडा दनियामा अदुवा उमालेर खाने निको हुन्छ ।
४७। बेसार, नुन, ज्वानो मिसाएर चूर्ण बनाएर खाए ज्वरो निको हुन्छ ।
४८। खाने सोडामा जमुनाको पात मिसाएर लगाए घमौरा निको हुन्छ ।
४९। वर पीपलको बोक्रा १-१ ग्राम उमालेर खाए – घुर्ने, प्रोस्टेड ग्लयान्डको समस्या, महिलाको सेतो पानी जाने निको हुन्छ ।
५०। धनिया निरन्तर खाए मिर्गौलाको समस्या निको हुन्छ ।
५१। कालो जिरा चपाई राखे घाँटीको समस्य निको हुन्छ । गायकहरूका लागि यो उत्तम उपाय हो ।
५२। अम्बाको पात चपाए दाँतको समस्य निको हुन्छ ।


गुणकारी बनस्पती (Ritual Plants)हरूको प्रयोग
१। दैलामाथि दूबो
२। छानामा कुश सिउरिने गरे घरमा चट्याङले हान्दैनर शान्ति पनि हुन्छ ।
३। ओखर र अम्बक फोर्ने – Positive energy
४। न्वारानमा भलायो डढाउँने गरे क्यान्सर नास हुने ।
५। तीलको लड्डु खाए Platelets बढछ ।
६। कोदोको तीनपाने रक्सी दले बाथरोग निको हुन्छ ।

No comments:

Post a Comment