थरहरू
कसरी बन्छन्?
एउटा उदाहरण -
हिन्दी
सिनेमाका अमिताव बच्चनको नाम खासमा ईन्क्लाव राय श्रीवास्तव रहेछ । यी कायस्थ, (राजा महाराजाको Record
keeper) ले पाएको उपाधी जुन पछि जात वा थर बन्यो, रहेछन् । बुवा हरीवंश राय श्रीवास्तव "वच्चन (केटकेटी जस्तो)"ले
ईन्क्लाब - जिन्दाबाद ! बाट लिएर छोराको नामले नै बृटिश विरुद्दको नारा लगाएजस्तो
हुने सोचेर राखेको ।
हरीवंश
राय श्रीवास्तव कवि पनि भएकोले उनले "वच्चन" उपनाम राखेर कविता लेख्थे ।
हरीवंश
राय श्रीवस्तव "वच्चन" अंग्रेज विरोधी तर अंग्रेजीका शिक्षक र कवि समेत
भएकोले समाजका अनेक कुराको पनि विरोधी थिए - उनी जातपात मान्दिन भन्थे ।
छोरालाई
स्कुलमा राख्न जाँदा सोधियो - नाम के हो?
हरीवंश
- अमिताभ (मात्र भनेर जात भनेनन्,
किनभने जापात मान्दैन'थे)
स्कुल
शिक्षक - थर के हो?
हरिवंश
- वच्चन (पुराः अमिताभ वच्चन)
यसरी
वच्चन अहिले एउटा थरजस्तो हुन पुगेकोछ । ऐश्वर्या राय वच्चन, अभिशेक राय वच्चन,
आराध्या राय वच्चन । (अब विस्तारै श्रीवास्तव जात-थर यो परिवारको
साखा-सन्तानबाट हट्यो र वच्चन थर नै बन्न पुगिसक्यो ।)
अर्थात, थर सिरिफ एउटा
पहिचान हो । हरीवंशले आफ्नो स्वभावलाई Capture गरेर 'वच्चन (केटाकेटी जस्तो)' भनेर राखेको कालान्तरमा थर
नै बन्यो अहिले 'वच्चन' एउटा कलाकारको
पहिचान नै बनिसक्यो । सिनेमा हेर्नेहरूले 'वच्चन' सुन्ना साथ आफ्नो दिमागमा अमिताभ वच्चनको Image आफ्नो
मनमस्तिस्का उतार्छन् ।
तेस्तै, नेपालका अनेक
जातहरू पनि ख्यालख्यल्मै बनेकाछन् । जस्तैः वाग्लामा बसोबास गरेको मानिस
"वाग्ले" भयो; घमीर भन्ने ठाउँमा बसेको मानिसलाई
"घिमिरे" भन्न थालियो; अर्जेको मानिसलाई
"अर्याल" भनियो; सेक्सन अफिसरको काम गरेकोलाई
"अधिकारी", कारबारी काम गर्नेलाई
"कार्की"; भण्डारको रेखदेख गर्नेलाई "भँडारी"
(अहिले आएर) "भण्डारी"; पाँचथर थलाजुङबाट बसाइँ
सरेर फिदिम आएपछि "थलाजुङे"; छिपचिपे पानी भएको
ठाउँलाई लिम्बु भाषामा 'अनेने' भनिन्छ
त्यस्तो स्थानको वरिपरि बस्नेको थर 'वनेम'; मेरो थर ईङ्वाबा हो । भनिन्छ, हाम्रो पूर्खा बाले
बासेको बेला जन्मे । भालेलाई (उज्यालो भयो भनेर) "खबर " दिने पक्षी
भनिन्छ । यसरी "ईङघङ"बाट भाले बासेको बेला जन्मेको हाम्रो पूर्खालाई
इङवा भनियो र कालान्तरमा यो एक थर बन्यो, आदि ।
अर्थात, थर त भर्खरै सृजना
भएको 'पहिचान' हो । खोज्दै जाँदा
हराउँछ । तेसैले बिहे गर्नको निम्ती बेउला बेउलीको थर सोध्ने हो तर 'गोत्र' पनि सोधेपछि मात्र नजिकको थर मिलेपनि
रक्त-साईनो लाग्दैन बिहे गर्न हुन्छ भनेर टुंगो गरिन्छ । अब त 'गोत्र'भन्दा पनि Genetics हेरेर
आफ्नो पिता-पूर्खा कहाँबाट यहाँ अहिले म बसेको ठाउँमा आईपुगे? भनेर हेर्ने गरिन्छ । तर नेपालमा त्यस्तो प्राविधिक सुबिधा छैन । तेसैले
हामी थर र गोत्रको कुरा गर्छौँ । तर बारतमा अहिलेका मुसलमान पहि हिजो हिन्दुका
सन्तान हुन भनेर Genetic study गरेर डा स्वामी सुब्रमन्यनले
भनिरहेछन् - कि Genetically केही बर्ष अघि मुस्लीम बनाईका
हिन्दु नै आजका भारतीय मुस्लीम हुन् रे ।
तर
पनि यथार्थ के हो भने थर वा जात बनेपछि त्यही नै पहिचान बन्यो । नत्र त मानिस
जन्मिँदा त एउटा मासुको डल्लो त हो । जन्मेपछि उसले नाम पायो, अब उ मानिसभन्दा
नामबाट चिनिने भयो । नाम पछि जात दिईयो, अब उ जातले चिनिने
भयो । जातबाट थर पायो, अब थरले चिनिने भयो । त्यसपछि नाम,
थर, जात र जन्म मिती तथा जन्मस्थान समेत
उल्लेख भएको 'नेपाली' नागरिकता पायो,
अन उसको पहिचान 'नेपाली' भयो । यि सबै पहिचानहरूले नै उसलाई "अहंकार ("म यो वा त्यो वा
यस्तो वा त्यस्तो हुँ" भन्ने भावना जसलाई अंग्रेजीमा Sense of
identity भनिन्छ)" दियो । शिक्षा हासिल गर्दै उसले पीएचडी पनि
गरेपछि उसले "डाक्टर साब"को नयाँ पहिचान जोड्यो, कोही
प्रोफेसर पनि भए उसको पहिचान अब प्राडा भयो । कोही कर्नेल भए उसको सारा यावत
पहिचानको माथिल्लो ठाउँमा 'करसाप' थपियो
। मन्त्री भएर खुस्केको भए झन "मन्त्री ज्यू" भन्ने पहिचान कायम भयो ।
यसरी भर्खर जन्मिएको मानिसदेखि उसको पहिचान त बदलिँदै बदलिँदै कहाँ पुग्यो?
उसको Original identify लाई त परिवर्तित हुँदै
गएका पहिचानहरूले किच्दै लगे । अझ, कोही बेलायत पुग्यो र त्यहीको
नागरिकता लियो भने अब त उ "बृटिश" पहिचानले बिगतका सबै पहिचानलाई ढाकेर
बृटेनको (नागरिक हैसियतले) माया गर्न थाल्ने भयो । अमेरिका पुगेर त्याहाँको ग्रीन
कार्ड लिने र नागरिकता लिनेको त झन कुरै भएन । र, तिनका
सन्तानको झन कुरै भएन - उनीहरू आफ्ना बा-आमा नेपालबाट आएका रे सम्म भन्छ होला तर
नेपालसँग गाँसिएको तेरो पहिचान छ भन्यो भने केही मतलब राख्दैन होला । भनेपछि
पहिचान त बडो Dynamic हुने रहेछ ।
अर्को
कुरा - गौतम वुद्ध नेपालमा जन्मे । अहिले उनको विचार सन्सारभरि फैलिँदै गएकोछ । अब
उनको पहिचान नेपालसँग मात्र गाँसिएर त बस्दैन । तेस्तै "योगा"को कुरा
लिउँ । पहिले यसलाई भारतीय बाबाजिहरूको भन्थे । पछि भारतको भनियो । अब त UN ल नै International
Day of Yoga घोषणा गरिदयो । अब त योगाको पहिचान भारतीय मात्र रहेन ।
तेस्तै Law of motion, Gravitation युरोपको मानिसले विकास
गरेको वा पत्ता लगाएको हो । तर अब यी वैज्ञानिक कुरा यूरोपको मात्र भन्न मिल्दैन ।
अहिले सबैको हातमा मोबाइल छ । यो अब त सन्सारको भइसक्यो ।
तेस्तै
कुन कुन रक्त समूहले बिहे गर्दा वच्चा अपाङ्ग जन्मिने वा सुत्केरी हुने बेला आमाको
ज्यानलाई खतरा हुने केलाएर बिहे गर्ने गरिन्छ । जस्तैः बिहे गर्दा रक्त समुह मिलान
गर्नेः
१)
केटको रक्त समुह A
छ भने केटीको A र AB हुँदा
ठिकै हुन्छ ।
२)
केटाको रक्त समुह B
छ भने केटिको :B र AB हुँदा
ठिकै हुन्छ ।
३)
केटाको रक्त समयह O
छ भने केटीको O, A, B र AB सबै मिल्छ ।
४)
केटाको रक्त समुह AB
छ भने केटिको पनि AB नै भए राम्रो ।
५)
केटाको रगतमा Rh+ve
छ भने केटीको रक्त समुह पनि Rh+ve भएको राम्रो
यो
मिलेन भने के के असर हुन्छ?
हेर्नोस् - http://www.matriman.com/MatchingBloodGroupsformarriage.html
No comments:
Post a Comment