Monday, July 24, 2017

लिन्चिङस्थान



केही महिना अघिदेखि समयले सिंगै भारतलाई एउटा ठूलो बहसमा तानेकोछ – ‘भारत हिन्दुस्तान हो कि लिन्चिन्स्तान हो?’ 

यो बहसको अन्तर्यमा ‘गौरक्षा’को नाममा गाईको मासु खाने साँस्कृतिक समुह (विशेष गरेर मुस्लीम, वुद्धिष्ट, टिबेटो बर्मन, दलित जाति) का मानिसहरुलाई हिन्दुवादी समुहहरूले (सरकारले रोक्न खोज्दापनि) कुटपिट र हत्या सम्म गर्ने गतिविधिलाई ईङगित गरिएको हो ।

उल्लेखित घटना (Critical Incidence) - केही महिना अघि महाराष्ट्रको नागपुरमा सलीम शाह(BJP कै एक सदश्य)लाई गाइको मासु राखेको आरोप लगाएर गौरक्षकहरूले निर्घात पिटेर  बेहोस भएपछि फालिदिए । पुलिसले उनलाई अस्पताल लग्यो । ४ जना दोसिलाई गिरफ्तार गरियो । यसैबेला BJP का स्थानिय नेताले ‘गाईको मासु घरमा राकेखो थाहा पाएर म सक्ड भएँ’ भन्ने प्रतिकृया दिँदै सलीम शाहको BJP को सदश्यता खोसिनेछ’ भनि घोषणा गरे । अर्को घटना – हरियाणामा जुनेद खानलाई छुरा (‘गाईको मासु खाने मानिस’ भन्दै) हानेर हिनिरहेको रेलमा गौरक्षकहरूले हत्या गरे । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘गौ भक्तीको नाममा हत्या स्विकार गर्न सकिन्न । देशमा कसैले पनि कानुन हातमा लिएर मनपरि गर्न पाउँदैन ।‘ भनेर विज्ञप्ती नै निकाल्नु पर्‍यो ।

यही पृष्ठभूमिमा भारत अब हुन्दिस्तान होइन लिन्चिङस्तान (Lynchingstan) भयो भनेर भारतका वुद्धिजिवीहरू नयाँ बहसमा तानिएकाछन् ।

कस्तो घटनालाई लिन्चिङ भनिन्छ? केही उदाहरण –

१७९२ मा सैयौँ राजावादी वन्दीहरुलाई फारसी आन्दोलनकारीले मारिदिएकाथिए । १९१९ मा बेलायत अनेक शहरहरुमा गोरा र कालाको हुलदंगा चल्यो । चार्ल्स वुट्टोन नामक कालालाई छुरा हानेर (लिभर पुलको पवमा) हत्या गरियो । १९४४ मा वुल्फगाङ रोष्टेर्ग नामक युद्ध वन्दीलाई नाजीहरूले जर्मनीमा हत्या गरे । नाजीहरुले कति मानिसलाई लिन्चिङ गरे भनेर साध्य नै छैन । २० औँ सताव्दिमा बेलायतको पेन्टोनभिल्ले जेलमा ५ जनालाई झूण्ड्याएर मारियो । मेक्सीको (२००४) मा नसालु पदार्थ (Narcotics) राखेको भनेर केही मानिसहरूलाई मरणासन्न घण्टौँ गैरकानुनि रुपमा कुटपिट गरियो जसमा २ जना मरे । 
 
ग्वाटेमालामा एकजना युवती(एलेजान्ड्दा मारिया टोरेस)लाई एउटा हुलले २००९ मा (बसका प्यासेन्जरलाई लुट्न खोजेको भनेर) आक्रमण गर्‍यो । बेस्सरि पिटेर पेट्रोल जिउमा छर्केर आगो लगाइयो । मुस्किलले उनको जिउको आगो पुलिसले निभायो । २००९ मा हुलदंगा चलेर ग्वाटेमालामा २१९ जनाको हत्या भयो । २०१५ मा १६ वर्षकी यूवतिलाई, रियो ब्राभो शहरमा, हुलदंगामा हत्या भयो । डोमानिकन रिपब्लिकमा २०१४ मा बिभोन्न कैदिहरुको हत्या गरियो । हेटी(२०१०)मा राहत वितरणका बेला हुलदमगा चल्यो र लुटेराहरुले ४५ जनाको हत्या गरिदिए ।


दक्षिण अफ्रिकामा (१९८० मा) गोरा जातीले (गैर कानुनी) “जनताको न्यायालय” अनेक शहरहरूमा स्थापित गरेर काला जातिलाई पक्रँदै कुटपिट गर्ने र हत्या समेत गर्ने गरे । नाइजेरियामा ‘जंगली कानुन’ भनि प्रख्यात ग्याङले अनेक लिन्चिङ गरिरहेकैछ । प्यालेष्टेनीहिसले पिटेर रूले अनेक मानिसलाई ईजरायलको जासुसी गरेको भनेर लिन्चिङ (१९९२ देखि) गरिरहेछन् । ईजरायलले २०१२ मा ७ जन ईजरायली युवाहरूलाई जेरुसलेममा गिरफ्तार गर्‍यो। यी युवाहरुले प्यालेष्टाइनी युवाहरुलाई आफै पक्रेर लिन्चिङ गरेको पाइयो । २०१५ मा अफानिस्तानमा एक हुल मानिसहरूले फारखुण्डा नामक महिलालाई कुरानको किताब जलाएको भनेर बेस्सरी कुटपिट गरे । खासमा फारखुण्डाको एकजना क्लर्कसँग झगडाको बदला लिएको रहेछ । भारतमा करीब दिनैजस्तो ठूलो जात र सानो जातमा आधारित लिन्चिङका घटना भईरहन्छन् । बुहारीलाई दाइजो नल्याएकोमा आगो लगाएर मार्ने घरटना घटिरहन्छन् ।

अर्थात, भारतमा गरिवलाई धनीले, सासुले बुहारीलाई, दलितलाई ब्राह्मणले, मुस्लीमलाई हिन्दुले, पुवाले युवतीलाई अनेक किसिमको लिन्चिङ दिनै गरिरहेका हुन्छन् । तेसैले भारत ‘हिन्दुस्तान’ होइन ‘लिन्चिङस्तान’ हो भनेर अहिले बहस चलिरहेछ ।

नेपालमा? -- यहाँ पनि बेला बेला दलितहरूलाई (कानुन हातमा लिएर) बोक्सी भन्दै दिशा खुवाएको, दलितले कुवा-धारा छोएको भन्दै कुटपिट गरेको वा गाउँ निकाला गरेको, दलितले ठूलो जातको केटीसँग प्रेम बिबाह गरेको बन्दै कुटपिट र हत्या समेत गरेको, (दिनदिनै जसो) महिलालाई छौगोठ राखेको, (तराइतिर) दहेज नल्याएकोले बुहारीलाई हदैसम्मस सताउँने गरेको र मट्टितेल छर्केर आगो समेत लाउँने गरेको जस्ता अनेक लिन्चिङ घटनाहरु घटिरहेछन् । राजनैतिक रुपमा महिला, दलित, मुस्लीम, जनजाति, थारु र दुर्गम क्षेत्रलाई लिन्चिङ गरिवदै आएको हनेक सताब्दी बितिसक्यो । अहिले संबिधानले नै मधेशीहरू हामीमाथि लिन्चिङ गर्यो भनिरहेछन् भने संविधानले दिई सकेको स्थानिय तहको अधिकार केन्द्रले फेरि खोस्ने किसिमका लिन्चिङको प्रयास पनि सुरु भइसकेकोछ । अरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त छ । यसरी नेपाल पनि एक ‘लिन्चिङतान्त्रिक’ मुलुक बन्न पुगेकोछ ।

No comments:

Post a Comment