Monday, July 24, 2017

सुरेन्द्र लिम्बु पर्देशीका ६ प्रश्नको जवाफ



सोधिएका प्रश्नहरूमा ६ Topics देखिन्छन् । एक पटकमा एउटा Topic  मा छलफल गरे मात्र केही Conceptual clarify  गर्ने-हुने  काम संभव होला । नत्र धेरै Topics हरूमा हल्काफुल्का-टिप्पणी मात्र Output का रुपमा निस्कने दुर्घटना प्रष्ट छ ।    

Topic १। जीवन, जगतहेर्ने दृष्टिकोण
-     
जीवन भनेको, ‘उर्जा’हरूको (पञ्च तत्वहरूको) पुञ्जहरुकै Sophisticated version मा हाजिर स्वरुप  हो । उर्जाका particles हरूको ‘योग’ र तिनकै कृया-प्रतिकृयाबाट थप विकास हुँदै जाँदा अनेक प्राणीहरू बने, विकास भए । जसलाई Quantum mechanics हुँदै अहिले (Higgs Boson या) God’s particle भनिँदैछ । Sub-atomic particles को उपयोग गरेर Nano technology develop भइनै सक्यो र Artificial intelligence तिर अघि बढिरहेछ बिज्ञान । ‘जगत’को उत्पती पनि Sub-atomic particle हरूको (सं)योगले बनेको भनेर Physicist हरू Standard Model मार्फत व्याख्या गरिरहेछन् । ‘जगत’ भनेको धर्तीका पानी, हावा, माटो, घाम (आगो),  प्राणी (हाल ५०% भन्दा बढी राती आँखा देख्ने, दिउँसो आँखा नदेख्नेहरू)हरू र वनस्पतीहरू लगायतले समेतले भरिएको एकापसमा अन्तरनिर्भर भएर मात्र चलेको एउटा पिण्डलाई ‘जगत’ भनियो । जगतमा ‘सबै प्राणीले बाँच्न पाउँने’ भन्दा पनि Survival of the fittest (बलियो मात्र बाँच्ने, कमजोर नाश भएर जाने वा हारेर सकिएर जाने) र Natural selection को प्रणाली अन्तरगत बलियो भालेले कमजोर भालेहरुलाई बलका भरमा लखेटेर पोथीलाई कब्जा गरेर पेट बोकाएर वंश परम्परा (मानव समाजमा ‘सभ्यता’ भनिएको) चल्दै आयो । भनिन्छ यौन संबन्ध राख्दा पनि लाखौँ Sperm हरू प्रतिस्पर्धामा सामेल हुन्छन् र जसले सबैलाई जित्नेले नै Egg लाई Fertilize गरिदिन्छ । हार्ने वा अक्षमहरू मरेर फेरि Top soil  मा परिणत हुन्छन् । मानव सभ्यतामा पनि बलियाले निर्धालाई लुटि खाने, चलाख-धूर्तले सोझालाई छलेर-ढाँटेर शासन गरिखाने प्रवृत्ति DNA मै Inbuilt छ र अझ विकसित हुँदै आइरहेकोछ । यो निरन्तर अघि बढ्दै जाने प्रकृया (Process) हो । ‘सुरु हुनु’देखि ‘पुग्नु’को वीचको गतिशीलता नै जीवन र त्यही गरिशीलताका बेला आपसमा गरिने Interaction र स्थापित संबन्धहरू नै जगत हो भने तिनलाई व्याख्या गर्ने Narratives हरू नै दृष्टिकोणहरू हुन्, जुन वुद्धि र चेतना अनुसार फरकफरक हुने गर्छन् । यी दृष्टिकोणहरू पनि गतिशील (Dynamic) हुन्छन्, स्थीर (Static) हुँदैनन् । तसर्थ ती पनि परिवर्तनशील हुने नै भए । 
         
Topic २। सामाजिक संरचना र संरचनाभित्र चलायमान रहेका मान्यता, आईडियोलजीहरु
-    ‘हाम्रो सामाजिक संरचना’ भन्ने पनि फरकफरक हुन्छन् । यी सबै Men made management tools मात्र  हुन् । नेपालकै पनि रैथाने सभ्यता भनिने – किरात, वौद्ध र (हिन्दु भनिने) सनातनी समाज-सभ्यता छन् र तिनलाई व्यवस्थापन गर्ने वा सन्चालन गर्ने आ-आफ्नै संरचना छन् । पछिल्लो समयमा मुस्लीम, ख्रिश्चियन, बहाईहरू र थोरै मात्रमा यहुदी समेत – नेपालमा बसोबास गरिरहेछन् । सबैका सामाजिक संरचना र त्यसभित्रको Dynamics पनि आफ्ना छुट्टा-छुट्टै संहिताका आधारमा चलायमान हुन्छन् । ‘कहाँ गएर मिसिने’ भन्ने कुरा पनि Epigenetics अनुसार व्यक्तीको Gene समेतलाई ‘वातावरण’ले Refine तथा Modify गर्छ भने ‘वातावरण’लाई पनि हरेक व्यक्तीको उपस्थितीले केही न केही निरन्तर प्रभावित गरिरहन्छ भनेर अध्ययनहरूबाट देखिईसकेको कुरा भए । समाजिक संरचना ‘आफ्नोपन’लाई वचाउँने एक संयन्त्र (Hardware structure) हो जुन नयाँ नयाँ ‘मोडल’को रुपमा बदलिईरहन्छ भने ‘आइडोलजी’ भनेको त्यही संरचनालाई सन्चालन गर्ने Software programme हो, जसलाई Thoughts भनिन्छन् । यी पनि युग अनुसार फेरिईरहन्छन् । व्यक्तीको आइडोलोजी हुन्छ समाज त विविध आइडोलोजीहरूको पुञ्ज हो । यिनै विविधताहरूको Competition Cooperation ले समाजमा Dynamism create हुन्छ जसले समाजलाई गति दिन्छ । अर्थात, हरेक व्यक्ती आफ्नो ‘आइडोलोजी’ (Thoughts) सहित मिस्सिएर, कसैले नचाहे पनि, समाजको गतिशिलतामा योगदान गरिरहेको हुन्छ ।   

Topic ३। जीवन यापनमा साहित्यको भूमिका
-    “वैचारिक” भन्ने कुरा समाज र युग सापेक्ष Framework मात्र हो । जनता भएपछि उनको आकांक्षा र समस्याहरुलाई संवोधन गर्न संविधान तथा कानुन चाहिए जस्तो मात्र हो । जनताले भाषा बोल्छ र त्यही भाषालाई अध्ययन गरेर ‘व्याकरण’ तैयार गरेर Standardization गर्ने प्रयास गरिन्छ, स्कुल-कलेजमा सबैलाई एकै किसिमको इट्टा (Indoctrination) बनाउँने
प्रयास गरिन्छ तर सबै विचार भनिएका, संविधान भनिएका, कानुन भनिएका र व्याकरण भनिएका Framework हरू नयाँ पुस्ता तथा युगले भत्काउँदै आएकाछन् । अहिले आएर त Rules are meant to be broken भनेर सबथोक भत्काउँदै र बनाउँदै गर्ने गतिशीलताको कानुन चलिआएको देखिएकैछ । यहाँ पनि बलियोले पेलेर लाने Survival of the fittest नै लागु भएकोछ । ‘जीवन यापनमा साहित्यको भूमिका’ भन्ने पनि ‘साहित्य’ भनेको मानिसको (आफ्नो र आफ्नो सभ्यताको) पहिचान (Sense of identity या अहंकार)को संरक्षण गर्ने हतियार हो । हिजोदेखि आजसम्म पनि ‘वेद’, ‘मुन्धुम’ ‘रामायण’ ‘महाभारत(गीता)’ वा सोफोक्लीजको King Oedipus ले या जलालुद्दिन रुमीका ‘सुफी गायन’ र ‘गजल’हरूले या खैयामको ‘रुवायत’ वा वच्चनको ‘मधुशाला’ वा भानुभक्तको ‘रामायण’ ‘वधुशिक्षा’ वा पौड्यालको ‘ऋतुविचार’ जस्ता साहित्यहरू सबैले कुनै न कुनै समुह, तप्का र सभ्यताको या पहिचान(अहंकार)को संरक्षण गर्ने काम गर्दै आए । अर्थात, साहित्यहरुले आफ्नै पहिचान (अहंकार)लाई पुष्टि गर्न, स्थापित गर्न र त्यसलाई जोगाएर लैजाने काममा सघाउँने काम गर्दछन् ।

Topic ४। ग्राम्सीको हेजेमनी सिद्धान्तलाई परास्त गर्न दृष्टिकोण
-          Cultural Hegemony को कुरा मानव समाजमै निहित Diversity को Pathology हो । Cultural Diversity र यससँग रहेका मानव (भाषा, सँस्कार-सँस्कृति, जातिय ईतिहास, माया-मोह र जातिय मनोविज्ञान, आदि) धरोहरहरूको कुरा र तिनको महत्वलाई यस अघिका कार्लमार्क्सले छुटाएर मानिसलाई आर्थिक प्राणीका रुपमा सिरिफ Haves Have not मा मात्र बिभाजन गरेको कमी कमजोरीलाई ग्राम्सीले पुरताल गर्ने प्रयास गरेर साँस्कृतिक रुपमा बलियोले निर्धालाई पेलेर ल्याएको सभ्यताको ईतिहासलाई स्वीकार गरे । पछि आएर Samuel P Huntington ले अझ अघि बढेर ‘यो युग (७ वटा) सभ्यताहरूको द्वन्दको युग हो’ भनेर नयाँ व्याख्या अघि सारेर दुनियाभरिका चिन्तकहरूको टाउको ठोके । अहिले ख्श्चियन र मुस्लीम सभ्यताहरूको मारामार गरेको र हरेक मुलुकहरूमा साँस्कृतिक पहिचानको आधारमा दन्द्व चलिरहेको देख्दा उनको Hypothesis केही पुष्टि हुँदै गएको देखिन्छ । न्यूटनको वैज्ञानिक अवधारणाको Analogy मा राखेर समाजलाई व्याख्या विश्लेषण गरिँदै आएकोमा अहिले नानो टक्नोलोजीमा सन्सार चल्दै आएर Robot ले चल्ने यन्त्रहरूको Industrial Revolution – IV को चरणमा मानिस पुगेर Driver less vehicles Pilot less aeroplane चलाउँदै Space को Orbit मा Satellite स्थापना गरेर IT चलाईरहेकोछ भने विज्ञानका यी नयाँ Framework हरुको आधारमा समाजलाई बुझ्न सक्ने सामाजिक सिद्धान्त या Narrative को समेत आवश्यक परिसकेको देखिन्छ । पुरानो सिद्धान्तको आँखाले अबको नयाँ Dynamics लाई हेर्न-बुझ्न सकिने अवस्था छैन ।

Topic ५। उत्तम साहित्यिक रचनाले समाजलाई अराजकताबाट बचाउन सक्छ 
-          ‘समाजलाई अराजकताबाट बचाउँने’ भनेको के हो? हिजोदेखिका आफ्नै सभ्यता, धर्म र साँस्कृतिक संहिताहरू नमानेर अरु अरुको सँस्कृतितिर लहसिने वा आफ्नै धर्म र सँस्कृतिका नियमहरु नमानेर नयाँ नयाँ नियम-संहिता बनाउँने र सो अनुसार चल्ने कामलाई “अराजकता” भनेको हो भने – त्यसो गर्नु हुन्न, त्यसो गरे जातिबाट, सँस्कृति र धर्मबाट च्यूत भइन्छ भनेर हरेक जात-धर्म र सँस्कृतिको साहित्यले बार हालेर आफ्ना बालबालिकालाई आफ्नै “नैतिकता”को चार किल्लामा राख्न खोज्छ भन्ने कुरा जताततै छर्लङग छ । मानिस स्वाभावैले अराजक हुन्छ तर उसलाई साँस्कृतिक नियम-विधानहरूले बाँध्न खोज्छन् तर सक्दैनन् भन्ने कुरा हरेक युगमा पुष्टि हुँदै आएकाछन् । हिजो ‘हिप्पीहरूले गाँजा चुरोट भन्दा राम्रो’ भने । सारा सन्सारले विरोध गर्‍यो । आज हिप्पीका अराज कुरा त साँचो रहेछ भन्ने साबित भयो र अहिले अमेरिकाको ७-८ राज्यले गाँजामा लागेको कानुनी रोक फुक्का गरिसक्यो । हिप्पीहरूले फ्रि सेक्सको कुरा गर्दै If it feels good, do it भने । तेतिखेर सारा सन्सारका पण्डितहरूले बिरोध गरे तर आज तिनै पण्डितका नाति-नातेना पुस्ताकाहरु Live-in-relationship अपनाईरहेछन् । अर्थात, अराजकताले नयाँ कुरा गर्छ, सुरुमा विरोध होला तर विस्तारै त्यही नयाँ कुरा स्थापित हुन्छ । अराजकताले परिवर्तनमा योगदान गरिरहेको हुन्छ । ‘उत्तम साहित्य’ भन्ने कुरा पनि हरेक सभ्यताहरूले आफै-आफैले व्याख्या गरेर Standardization गर्ने कुरा मात्र हो । जस्तै: सन्सारभरि धेरैजसो ईन्जिनियरिङ कलेजहरूमा घर बनाउँने र झ्याल-ढोकाहरूको लम्बाइ-चौडाइ British norms अनुसार चल्नु पर्छ भनिन्थ्यो-भनिन्छ, तर भक्तपुरका घरहरूको बनावट तथा झ्याल-ढोकाहरूको उचाई र चौडाई (Length and breadth) त्यो British Norms अनुसार नभएपनि घर बनेकै थिए-छन ।  अर्थात,  Architecture मा British norms हरू पनि साम्राज्य फैलाउँदै जाँदा अरु समुदायमा लद्दै जाने कुरा मात्र हो ‘उत्तम साहित्य’ पनि । पूर्वीय लगायत ‘नाटकको मुल पात्र राजा वा वीर हुनु पर्ने’ सिद्धान्त कहाँ पुग्यो? ‘मेरो साहित्य उत्तम’ ‘तेरो साहित्य खत्तम’ भनेर Cultural hegemony कायम राख्ने Strategic tactics कुनै बेला जन्मे तर त्याज्य भए । यो साँस्कृतिक दादागिरी मात्र हो । केही दशक जेलमा थुनेर राखेपनि नेल्शन मण्डेलाले जितेजस्तै तथ्य-सत्यमा आधारित नभएको ‘दादागिरी’मा चलेको कुरा स्थाइ हुँदैन ।

Topic ६। सिमान्तीकृत, अल्पसंख्यक जो राष्ट्रको जीवनबाट बाहिर उछिट््िटएका छन्् वा सबाल्टर्नहरुको जीवनमा साहित्यको भूमिका 

-          साहित्यले सिमान्तकृत या सबाल्टर्नहरुको Issues (सन्धान गरेर) उठाउँने सम्म काम गर्ने हो । तर जुन मुलुकमा दिनै सम्झौता गर्दै सम्झौतालाई धोति लगाउँने राजनैतिक सँस्कार छ त्यस्तो देशमा फेरि पनि Survival of the fittest भन्ने चिन्तनको मार परिरहने बाहेक (तुलनात्मक रुपमा) Switzerland को जस्तो Direct democracy र हाल उठिरहेको Inclusive economic system र भुटानले Propagate गरेको National happiness index (NHI) का आधारमा मानव विकासलाई सबैको निम्ती न्यायसंगत तरिकाले ननापेर अमेरिकाकै दारा-नंग्रा भएर बसेका UNDP, World Bank, International Monetary Fund (INF) तथा Asian Development Bank (ADB) हरूको Human development index (HDI) को आधारमा मात्र मानव विकासलाई नाप्ने चलन रहेसम्म सिमान्तकृतहरु By default Structurally नै बाहिर पारिन्छन् र साहित्य मार्फत सिमान्तिकृतहरुको पक्षमा लेखिएको साहित्य झिनो आवाजका रुपमा दस्तावेजिकृत मात्र भएर कुनै निकुन्जमा बसिरहन्छ । तसो त वुद्धको ध्यान गर्ने विधी ‘विपाश्यना’ पनि वुद्धपछि बर्माको एउटा सानो कुनामा कोचिएर २०० वर्षभन्दा बढी बसेको थियो जुन अहिले Revive भएर सन्सारभरि फैलिएकोछ । ‘मानिसको भाग्यले गर्दा दु:ख पाउँछ त्यही कुरा नाटकमा देखाउँनु पर्छ’ भनेर एरिष्टोटलको निकालेको सिद्धान्त पनि शेक्सपियरले “होईन” भने र ‘मानिसले दुख पाएको भाग्यले होइन, मानिसले गल्ती गर्छ र त्यही गल्तीले गर्दा दु:ख पाउँछ’ भनेर नयाँ सिद्धान्त प्रिपादन गरेर आफ्ना सारा नाटकहरू यसैमा आधारित गरि लेखेको देखिएकै छ । अर्थात, लेखेर दस्तावेजका रुपमा कुनै विचार (साहित्य) संरक्षित गरिराखेमा कुनै न कुनै दिन त्यो (साहित्यिक) विचारले मानव समाजमा उर्जाको रुपमा पुन: जन्मिने रहेछ भन्ने कुरा धेरै वर्ष अघि एउटा बृटिश लेखकले ‘नेपाल, दार्जिलिङ, सिक्किम र भुटानलाई मिसाएर एउटा छुट्टै ‘हिमाली देश’ बनाउँनु पर्छ भनेर लेखेर गएकोले अहिले दार्जिलिङका आन्दोलनकारीलाई उर्जा दिईरहेको पनि देखियो । यसरी हेर्दा साहित्य मार्फत व्यक्त या प्रतिपादन गरिएको विचारले कतै न कतै केही न केही मानिसको Thought process लाई Shape up गर्ने काममा योगदान गरिरहन्छ । यसरी हरेक विचारहरुबाट अनेक काम गर्ने विधीलाई नै प्रो मिसीओ काकुले String theory भनेका पनि छन् । आदि ।

No comments:

Post a Comment