Monday, July 24, 2017

होलोकोष्ट: जातिसंहारको एक भयानक ईतिहास - सारांस अनु. विक्रम सुब्बा


होलोकोष्ट (हिब्रु भाषामा Ha-Shoah भनिने ): मानव सभ्यतामा अनेकौँ पटक एक जातिले अर्को जातिलाई पुरै नष्ट गर्ने “जाति संहार” का घटनाहरू घटेकाछन् । जर्मनी लगायत यूरोप भरिका सयहुदी जातिहरूलाई सखाप पार्ने जातिसंहारको कथा ३० जनवरी १९३३ देखि सु ८ मे १९४५ सम्म तानाशाह ऐडोल्फ हिटलरले सन्चालन गरेका थिए नाजी हिटलरले ६० लाख यहुदी (जसमा १० लाख ५० हाजर बालबालिका थिए) हरूको यहूदीहरूलाई सखाप पर्ने योजना नै बनाएर हत्या गर्न थालेका थिए । कहाँ कहाँ कति यहुदी मारिए: १) अफ्रिकामा ५२६ जना; २) अलबानियामा २०० जना; ३) आस्ट्रियामा ६५,००० जना; ४) बेल्जियममा २४,३८७ जना; ५) चेकोस्लोभाकियामा २७७,००० जना; ६) डेनमार्कमा ७७ जना; ७) ईष्टोनियामा ४००० जना; ८) फ्रान्समा ८३,००० जना; ९) जर्मनीमा १६०,००० जना; १०) ग्रीसमा ७१,३०१ जना; ११) युगोस्लाभियामा ६७,१२२ जना; १२) हङगेरीमा ३०५,००० जना; १३) ईटलीमा ८,००० जना; १४) लात्भियामा ८५,००० जना; १५) लिथुआनियामा १३५,००० जना; १६) लक्जेम्बर्गमा ७०० जना; १७) नेदरलेण्ड्समा १०६,०००; १८) नर्वेमा ७२८ जना; १९) पोलेण्डमा ३,००१,००० जना; २०) रोमानियामा ३६४,६३२ जना; २१) सोभियत रुसमा १,५००,००० जना गरेर जम्मा ६२ लाख ५८ हजार ६७३ जना यहुदीहरूको आम संहार गरियो ।

कारण के थिए त? -- पहिलो विश्वयुद्धमा हारेपछि ‘भर्साइली सम्झौता’ भयो जसमा जर्मनीको देशको सिमाना खुम्चियो, उसले राख्न सक्ने सेनाको संख्या घटाउँन बाध्य भयो, युद्ध अपराध गरेको भनेर जर्मनीले स्वीकार गर्नु पर्‍यो, युद्धले असर पारेका मुलुकहरूलाई जर्मनीले हर्जाना पनि तिर्नु पर्ने भयो । यसरी जर्मनी पुरै 'ह्युमिलिएट' भयो । मुलुक रिणैरिणमा डुब्यो । आय स्रोत घट्यो । मुद्रा स्फिती, बेरजगारी भयानक बढ्यो । सरकारमा बसेको मानिसहरूलाई जनताले कुकुरजति पनि गन्न छाडे ।

यसै क्रममा हिटलर ३० जनवरी १९३३ मा National Socialist German Workers (Nazi) Party, को नेता बने । यो नाजी पार्टीले क) कम्निष्टहरू, ख) यहुदीहरु र ग) विरोधी पार्टीका मानिसलाई जर्मनीका दुश्मनको रुपमा पहिचान गर्‍यो र त्यसै अनुसार ‘प्रपोगाण्डा’ गरेर सबतिर तिनका विरुद्ध अभियान अघि बढायो । अझ खास नारा ‘यहूदीहरू नै हाम्रो देशका शत्रु हुन्’  थियो । हिटलरले बहुमत ल्याउँन चुनाव गराए । चुनावको बेला कम्निष्ट (स्मरण रहोस कम्निष्टका सिद्धान्तकार कार्लमार्क्स पनि यहुदी नै हुन्) र यहुदीहरूका सैयौँ घरहरु जलाईए । कैयौँ मानिस मारिए । चुनावमा अनेक धाँधली गरेर हिटलरको नाजी पार्टीले ४४% को बहुमत भोटले जित्यो । हिटलर अब अनेक कानुनहरू बनाएर आफु शक्तीसाली ‘तानाशाह’ बने ।

स्थानीय पुलिसहरूलाई नै (विरोधीहरूलाई) ‘एरेष्ट’ गर्ने थुन्ने अधिकार दिईयो । हिटलरले पुलिस, ग्यास च्याम्बरको भट्टी र गेष्टापो (जर्मन जासुस संगठन)लाई आफ्नो कब्जामा लिए । यहुदीहरूका हरेक गरिविधीको निगरानी गर्ने, पक्रने र थुन्ने काम सुरु भयो । ग्यास च्याम्बरको भट्टी यहूदीहरूलाई हत्या गर्ने केन्द्र बन्यो । १९३४ मा जर्मनीका दुश्मन ठानिएका यहूदीहरूलाई ‘विदेशी’, शैतान, डरपोक र नाजीहरु शुद्ध जर्मन हुन, शुद्ध “आर्य” हुन, बहादुर र सहासी, मिहनेती त नाजीहरू हुन् भन्ने प्रोपोगान्डा चलाइयो र “यहुदी” र “नाजी” वीचको जातिय दुर्भावनाको वीष बेस्सरी फैलाईयो ।  

यहूदीहरुलाई कसरी एक्लो बनाईयो ?? -- त्यसपछि जर्मन नाजीहरू नै सक्षम जाति र सबैलाई जितेर आफ्नो अधिपत्य जामउँन सक्ने भनेर डार्विनको Survival of the fittest को सिद्धान्तको दुहाई दिँदै “आर्य” नाजीहरु नै सन्सारलाई शासन गर्ने जातका मानिस हुन भन्ने प्रोपोगाण्डा गरियो । यहुदीहरुले लेखेका पुस्तकहरू जलाउँन थालियो, जागिरबाट निकाले फालिए । यहूदीका दोकान व्यापार व्यवसाय घरहरु सबै जलाउँन थालियो । हुँदा हुँदा १५ सेप्टेम्बर १९३५ मा यहुदीहरुलाई ‘जर्मन नै होइनन्’ भन्ने कानुनै पास गरेर देशबाट लखेट्न थालियो । 

जुलाई १९३८ मा ३२ देशका प्रतिनिधीहरु फ्रान्सको एभिएन नामक सहरमा ‘रिफ्युजी’ र ‘आप्रवाशी’हरूसँग सम्बन्धित समस्या तथा जर्मनीका ‘नाजी’हरूका बारेमा छलफल गर्ने भेला भए । यो भेलामा हिटलरले यहूदिहरुलाई लेखेट्ने भनि राखेको प्रस्ताब स्वीकार भएन । तर, १९४१ मा यहूदीहरूका विरुद्ध सबै युरोपेली मुलुकहरूलाई एक बनाउँन हिटलर सफल भयो । यहुदी विरोधी यो युरोपेली मोर्चाको विरुद्धमा यहूदीहरू आन्दोलनमा उत्रिए । जसमा ३० हजार नाजीहरू युरोपका अनेक शहरहरूमा मारिए ।

यहुदीहरूलाई ‘घट्टो’मा बस्न बाध्य पारियो –- सेप्टेम्बर १९३९ मा जर्मनीले पोल्याण्डमा आक्रमण गर्‍यो र दोस्रो विश्वयुद्ध सुरु भयो । १९४० मा पोल्याण्डका यहूदीहरू समुह समुह बनाएर ज्यान जोगाउँने हेतुले “घेट्टो”मा बस्न बाध्य भए । तिनै घेट्टोहरुमा पनि पसेर पोलेण्डका पुलिसले यहूदीहरूला तितरबितर पारिदिन थाल्यो । तर यहूदिहरू नमान्दा तिनै घेट्टोबाट गिरफ्तार गर्दै यहूदीहरूलाई ‘हत्या केन्द्र’मा हत्या गर्न थालियो । लुकेर “घेट्टो”मा बसेकाहरुलाई चाहिने खाद्य सामग्रि आदिको आपूर्ति पनि बन्द भएर भोकभोकै यहूदीहरू मर्न थाले ।

जर्मनीले सोभियत रुसमा आक्रमण गर्‍यो जसलाई "Final Solution." भनियो । यहाँ ए, बी, सी, र डी गरेर ४ दस्ता बनाएर यहुदीहरूलाई मार्दै, खाडल खन्दै, पुर्दै गर्न थलियो । यसै क्रममा ‘बबी यार’ हत्या काण्डमा ३० देखि ३५ हजार यहूदीहरु २ दिनमै मारिए । त्यतिनै बेला पोल्याण्ड, ईस्तोनिया, लिथ्वानिया, लात्भियामा पनि यहूदि सखाप पार्ने ‘अपरेशन’ हरू चले । १९४२ को अन्तमा १० लाख ३० हजारभन्दा बढी यहूदीहरु यूरोपका बिभिन्न मुलुकका शहरहरुमा मारिए ।

२० जनवरी २९४२ का दिन जर्मन सरकारी अफिसरहरूको एक भेला भयो जसलाई Wannsee Conference भनिन्छ । यस Conference ले यहूदीहरूको आमसंहार कसरी गर्ने भनेर बिस्तृत योजना तर्जुमा गर्‍यो । यही योजना हनुसार यहूदिहरुको संहार गर्ने काम (६ वटा हत्या केन्द्र स्थापना गरेर) सुरु भयो । यी हत्या केन्द्रहरु रेल्वे स्टेशन नजिकै बने जसले गर्दा यहूदीहरूलाई पक्रेर रेलबाट ल्याउँने र ओरालेर तुरुन्तै हत्याकेन्द्रमा पुर्‍याएर हत्या गर्न थालियो । हत्या गर्दा बलियो बलिया यहूदीलाई नमारेर ‘मजदुर’का रुपमा काम गर्ने भनेर पनि सुरु सुरुमा राख्ने र अन्तमा मार्ने समेत गरे । यहूदीहरुले बिभिन्न रुपले हत्या र हिंसाको विरोध पनि गरे । केही ठाउँहरुमा बन्दुकै उठाएर लडे । Warsaw Ghetto Uprising  हुँदा २७ दिन सम्म लडाइँ नै चल्यो तर धेरै दिन टिक्न सकेनन् ।  

दोस्रो विश्वयुद्धको समाप्ती – दोस्रो विश्वयुद्धकोअन्त्यमा सारा यहूदिहरूलाई संहार गर्दागर्दै पनि ५० हजार देखि १ लाख सम्म ज्यान बचाउँन सफल यहूदीहरु बृटेनमा, अमेरिकामा र रुसमा  भेटिए । १ वर्ष भित्र अरु पनि यहूदीहरू भेटिएर संख्या २ लाख पुग्यो । हिटलरले एक एक यहूदीलाई संहार गरेर त्यो जातिलाई नै सखाप पारेर सुन्यमा पुर्‍याउँने भनेको सोचेको पुरा भएन । कालान्तरमा यहूदीहरूले मरुभूमि ईजरायललाई आफ्नो मुलुक बनाए । आज यहूदीहरू सन्सारकै सबैभन्दा धेरै योगदान गर्नेहरु विद्वान तथा वैज्ञानिक बनेकाछन् । जस्तै:
१। मोजेज – जिससभन्दा अघिका धर्म गुरु जो यहूदी थिए ।
२। जिसस ख्राइष्ट – सन्सारभरिका ख्रिश्चियनहरूका धार्मिक नेता ।
३। अलबर्ट आइन्टाइन – वैज्ञानिक
४। कार्लमार्क्स – कम्निष्टहरूका सिद्धान्तकार ।
५। फ्रान्ज काफ्का – प्रसिद्ध लेखक ।
६। सिगमण्ड फ्रायड – यौन मनोवैज्ञानिक ।
७। लिओन ट्रटस्की – राजनितिक विश्लेषक तथा विचारक ।
८। हेनरी किसिन्जर – राजनितिज्ञ ।
९। बब डीलन – संगितज्ञ ।
१०। मिखाइल ब्लुमवर्ग – व्यापारी ।
११। गोल्डा मेयर – राजनितिज्ञ ।
१२। मार्क जुकेरवर्ग – फेसबुकका मालिक ।
१३। साइमोन र गरफंकल – गायक, संगितका तथा गितकार ।
१४। मोनिका लेविन्सकी – बिल क्लिन्टनको कार्यालय एसिस्टेन्ट । आदि, आदि । यति मात्र होइन, आज सन्सारको प्राय सबै मीडीया, हलिउड फिल्म, बहुरास्ट्रिय कंपनीहरू, अमेरिकाको बैँकका सिस्टमहरू, कम्पयुटरका प्रोग्रामहरू, सन्सारका सबैभन्दा धनीहरू, आदि यहूदीहरू नै रहेकाछन् । अमेरिकाको राष्ट्रपतिलाई पर्दा पछाडी बसेर Advisor को काम गर्ने यहूदी नै छन् । सन्सारको सबैभन्दा ठुला व्यवस्थापनका गुरु पनि थुप्रै यहूदीहरू नै छन् ।

अहिलेको विश्वमा? – १) विश्वमा ख्रिश्चियन र मुसलमानहरू एकापसलाई सखाप पार्न मारामार गरिरहेको सबैले देखिएकैछ; २) एशियामा पनि (हिन्दु भनिने) सनातनी धर्मावलम्बीहरू र मुसलमान धर्मावलम्बीहरू एकले अर्को वीच चर्को द्वन्दमै छन् । एशियामै ख्रिशचियन, हिन्दु, मुस्लीम र वौद्ध धर्मावलम्बीहरूकको बहुपक्षिय भित्रभित्र (Latent) द्वन्द चलिरहेको देखिएको-बुझिएकै कुरा हो । एशियामै, अझ भारतमा अन्य अनेक अल्पसंख्यक जातिहरूको सभ्यताहरुलाई बहुसंख्यक जतिवालाहरूले चरम विभेद गर्दै आएको, हत्या हिंसा गरिरहेको महसुस गरिरहेकै छन् जसले गर्दा गोर्खालेण्ड र बोडोलेण्ड लगायत ३०-३२ आफ्नै राज्यको माँग सहित आफ्नो अस्तित्व जोगाउँने आन्दोलन चलिरहेकाछ । अमेरिकाका ५० प्रान्तहरूमध्ये हरेक प्रान्तमा कम्तीमा २ र क्यालिफोर्निया राज्यमा त ६ वटा सम्म छुट्टै राज्य माँग गर्नेहरूको आन्दोलन चलिरहेकैछ; ३) चिनीया र भारतीय “शक्ती”मा आधारित ‘प्रतिस्पर्धा’ भनिएको द्वन्द चलिरहेको पनि सबैले बुझेकै कुरा हो । जसमा अहिले भारतलाई पश्चिमा (अमेरिका, यूरोपेली मुलुकहरू र वृटेनले) मुलुकहरूले साथ दिएर पाकिस्तान लगायत मुस्लीम र चीनका विरुद्ध विश्वस्तरमा अभियान चलिरहेको देखिएकै छ ।

नेपालमा? – नेपालमा अनेक धार्मिक, साँस्कृतिक, भाषिक विविधता र त्यही विविधताद्वारा सृजित हुन सक्ने द्वन्द निरन्तर (सुसुप्त, फाट्टफुट्ट उठ्दै, कहिले प्रष्ट रुपमा देखिने गरी सकृय या भित्रभित्र भूसको आगोजस्तो) कायमै रहेको देखिन्छ । यो विविधतालाई कुशल तरिकाले व्यवस्थापन गर्न सकिएन भने द्वन्दहरूले उग्र रुप लिने, जातिसंहार (होलोकोष्ट)मा पुग्ने समेतको संभावना मानव ईतिहासको प्रवृत्ति विश्लेषण (Trend analysis) बाट देख्न सकिन्छ ।

Ref.
https://www.jewishvirtuallibrary.org/estimated-number-of-jews-killed-in-the-final-solution

No comments:

Post a Comment