आज फुटानी चोकमा एकजना
राजनीति शास्त्रका प्रोफेसरलाई जिज्ञासुले सोध्यो – ‘यो ध्रितराष्ट्र सिन्ड्रोम (the
Dhritrashtra syndrome) भनेको के हो?
राजनीति शास्त्रीले भन्न
थाले - सनातन (हिन्दु भनिने) धर्मावलम्बीहरू राजनीति गर्ने या कर्पोरेट (व्यापार)
संचालन गर्नेहरूलाई ‘ध्रितराष्ट्र सिन्ड्रोम (the Dhritrashtra syndrome)’ नामक घातक मनोरोगका सिकार
बनेकाछन् जसलेगर्दा समाज र मुलुकको विकास नहुने तर आफ्नो परिवार, आफ्नो मान्छे र
धेरै भए आफ्नो जातिलाई मात्र पोस्ने सँस्कार व्याप्त रहेकोछ भनेर भारतका
अध्येताहरुले उजागर गरेकाछन् ।
के हो त ध्रितराष्ट्र
सिन्ड्रोम (the Dhritrashtra syndrome)? – महाभारत नामक
महाकाव्यको कथामा ‘अन्धा राजा’ ध्रितराष्ट्रका रुपमा एक प्रमुख पात्र छन् ।
जन्मैले ‘अन्धो’ भएकोले आफै शासन समचालन गर्न अक्षम छन उनी । उनका १०० छोरा
गान्धारीको कोखबाट जन्मे । गान्धारीले पनि आफ्नो श्रीमान ‘अन्धो’ भएकोले आफुले पनि
आँखामा पट्टी बाँधेर अन्धो बस्ने निर्णय गर्छिन् । अन्धा राजा धृतराष्ट्रका सबै
छोराहरु मध्ये सबैभन्दा आस लाग्दा छोराहरू दुर्योधन र दुशासन थिए । अन्धा राजा
यिनै होनहार छोराहरु मार्फत आफुले सम्पादन गर्ने नसकेका आफ्ना राजकीय कर्महरू
सम्पादन गर्न चाहन्थे । परिणामस्वरुप अन्धा राजा ध्रितराष्ट्रले जहिले पनि यी दुइ
पुत्रको पक्षमा ‘मेरा छोराहरू ठीक अरु सब बेठीक’ भन्ने जबरजस्त धारणा राख्दै यिनै
दुइ छोराहरूको भरमा मनपरि अनेक आपराधिक तथा जनविरोधी निर्णयहरू गर्दै आए । जब
अपराधले सिमा नाँघ्यो तब कौरव र पाण्डवका वीच महाभारत युद्ध चल्यो । जसको कारणले
परन्तुमा आफ्नो सारा साम्राज्य पनि गुम्यो र कालान्तरमा आफ्नो जातिकै सर्वनाश हुन
पुग्यो ।
यो कथाको Analogy बाट सनातनी (हिन्दु
भनिने) राजनितिज्ञ र व्यापार (कर्पोरेट) व्यवसायमा संलग्न मानिसहरूमा लागेको
मनोरोगको कुरा हेरौँ । कथामा निहित खतरनाक ‘मनो रोग’ भनेको ‘मेरा छोराहरू ठीक अरु
सब बेठीक’ भन्ने मान्यता नै हो । भारत र नेपालका राजनीतिक झोला बोक्ने र व्यापार
व्यवसाय गर्ने मानिसहरूमा पनि वंशानुगत रुपमै यही ‘मनो रोग’ लागेको देखिन्छ ।
अर्थात, राजनीतिमा पनि आफ्नै ‘छोराहरू’लाई वा ‘आफ्नै श्रिमती’लाई वा ‘आफ्नै नातागोताका
मानिस’लाई उत्तराधिकारी बनाउँने रोगले ग्रस्त छन् जुन रोग महाभारतका तिनै
ध्रितराष्ट्रले रोपेर गएको रोग हो ।
यस ध्रितराष्ट्र
सिन्ड्रोमको उदाहरण हेर्ने हो भने भारतमा नेहरु-गान्धीहरूले आफ्नै
सन्तान-दर-सन्तानलाई मात्र विश्वास गर्ने र केही आफ्ना मान्छेहरू तथा
मुस्लीम(ईन्दिरा गान्धिको श्रीमान मुस्लीम भएको नाताले) लाई वरिपरि राखेर शासन
गर्ने मनोरोगले Guided भएर ‘आफ्नो मान्छे र मुस्लीम’ भोट ग्यारेन्टीले कांग्रेस
चल्दै आयो । जसलाई (ध्रितराष्ट्र सिन्ड्रोमको नयाँ नाम) ‘परिवारवाद र जातिवादी’
राजनीति भनियो । यही ‘परिवारवाद र जातिवाद’ले सरकार र सारा Business तथा अर्थतन्त्रलाई
कब्जा गर्ने र मनपरि भ्रष्टाचार गर्ने गरियो । यसको Manifestation हरेक प्रान्तिय राजनितिमा पनि देखियो । जस्तै: उत्तर प्रदेशमा लालु पर्साद र
मुलायम यादव नै यसका प्रतिनिधी पात्र मानिन्छन् भने बंगालमा ज्योति वशुलाई लिन
सकिन्छ । तेस्तै करुणा नीधिको नाम पनि लिईन्छ । आदि । जुन परम्परालाई करीव ६५-७० वर्ष पछि भाजपाका
नरेन्द्र मोदीले Congress-less country
बनाउँने नारा दिएर अहिले केही हदसम्म ध्वस्त
गर्दै आएको देखिन्छ । तेस्तै भारतको टाटा, विर्ला, अम्बानी आदिको Corporate house हरू पनि यही ध्रितराष्ट्र सिन्ड्रोम रोगले ग्रस्त छन् ।
नेपालमा? यहाँ त झन राजाको
छोरा रानिको गर्भमा पस्नासाथ भत्ता पाउँने र राजाको छोरा नै राजा हुने भएपछि झन
छर्लंग्गै देखिन्छ । जसले हरेक कामकुरामा आफ्नो कब्जा जमाएको थियो र टोइलेटको नाम
समेत “श्री ५ विरेन्द्र Toilet” भनेर राजाकै नाममा दिसा-पिसाब गर्ने गराउँने काम समेत भयो
। राजसँस्था बाहेक नेपालका पार्टी तथा Business houses मा कसरी ध्रितराष्ट्र
सिन्ड्रोम Manifest भएको छ त? प्रष्ट छ नेपाली कांग्रेसमा कोइराला परिवारवाद
(ध्रितराष्ट्र सिन्ड्रोम)को रोग व्याप्त छ । वीपी पछि ‘हल्दार’ भएपनि जेपी नै
उतराधिकारी, त्यसतै शैलजा, प्रकाश, शसांक, शेखर, सुजाता तथा उनकै ज्वाइँ-चेला र
भाना-भान्जालाई नै कांग्रेसको विश्वासिलो (मेरो मान्छे ठीक अरु बेठीक) ठान्ने
मनोरोग व्याप्त छ । तेस्तै अन्य पार्टीमा हेर्ने हो भने आफ्नै परिवारका छोरा-छोरी,
सम्दी, भान्जा-भान्जी र आफ्नो कार्यकर्ता भनिने आधुनिक नोकरहरुलाई मात्र विश्वास
गर्ने ध्रितराष्ट्र सिन्ड्रोम जताततै व्याप्त देखिन्छ । यहाँ आफु फेल भएपनि
पार्टीको अध्यक्षले राजिनामा दिँदैन । विधान मिचेर वा आफु अनुकुल सच्याएर भएपनि
पटक पटक अनेक कार्यकाल पार्टीको प्रमुख भएर ‘जिम्दार’ बन्छन् । यति सम्म कि मरेर
जाँदा पनि पार्टीको अध्यक्ष नै रहने समेत देकिएको छ ।
नेपालका कर्पोरेट हाउस
भनेका ‘ज्योति समुह’, ‘चौधरी समुह’,
‘कान्तिपुर समुह’ ‘एकता बुक समुह’ जस्ता अरु देशको तुलनामा स-साना कर्पोरेट
समुहहरू बनेकाछन् । यिनमा त झन आफ्नै परिवारका मानिस बाहेक कुनै Professional लाई विश्वास गर्दैनन् र ध्रितराष्ट्र सिन्ड्रोम प्रष्ट Manifest भएको देखिन्छ ।
अर्थात, ध्रितराष्ट्र
सुन्ड्रोम जस्तो मनोरोगले ग्रस्त पार्टी र Corporate houses हरु System ले चल्ने भएनन् कुनै
सामन्तको एउटा सानो सन्तानलाई सबै Professional ले सलाम ठोकेर हरेक काम गर्नु पर्ने भयो । यही हो
ध्रितराष्ट्र सिन्ड्रोम रोगको Side
effect जसले पार्टीहरु कुनै एकजना जिम्दारको बैठक कोठा
भएकाछन् । Corporate houses हरु Family
business मात्र भएर रहेकाछन् । यो भनेको पुँजीवादलाई पस्न
नदिने चिनिया पर्खालहरू हुन् । किनभने जबसम्म पुँजीवाद फष्टाउँदैन तब सम्म
सामन्तवाद नै कायम हुन्छ । सन्सार पुँजीवादबाट समाजवादतिर लागिसक्यो । नेपाल र
भारत भने समान्तवादी ‘ध्रितराष्ट्र सिन्ड्रोम’ जस्तो मनो-रोगले ग्रस्त भएर बसेकोछ
। अस्तु ।
No comments:
Post a Comment