Tuesday, May 3, 2016

गोप्य शासकहरूको क्लव: बील्डरबर्ग ग्रुप (विक्रम सुब्बा)


१। के हो विलडरवर्ग ग्रुप?
नेदरलेण्ड्सको एउटा होटल, विल्डरवर्गमा, मे २९-३१, १९५४ मा बसेर केही उत्तर अमरिकन संभ्रान्तहरूले सम्मेलन गरेर दुनियामा आफ्नो व्यापारिक साम्राज्य फैलाउँने केही गोप्य निर्णयहरू गरे । त्यहीँदेखि यस समुहको नाम पनि "विल्डरवर्ग ग्रुप" रहन गयो । यो ग्रुपलाई अनेक नामले पनि चिनिन्छ । जस्तै: विल्डरवर्ग ग्रुप, विल्डरवर्ग कन्फ्रेन्स, विल्डरवर्ग मिटिङ, विल्डरवर्ग क्लव, आदि ।

यस ग्रुपले हरेक वर्ष युरोपियन र अमेरिकन १२० देखि १५० जना राजनैतिक संभ्रान्त (Billionaires)हरु (जस्तै: उद्योग, वित्त, वौद्धिक, मिडियाका Experts)को गोप्य कन्फ्रेन्स आयोजना गर्दछ । यस कन्फ्रेन्समा सहमतीका आधारमा १) अबको सन्सारमा पुँजीवादलाई कसरी अघि बढाउँने? २) स्वतन्त्र बजारको नीतिलाई सन्सारमा कस्तो स्वरुप दिने? र, ३) ग्लोबल मार्केटमा के कसरी हाम्रो पकड कायम राख्ने? जस्ता तीन मुद्दाहरूमा छलफल र आधारभूत (Fundamental) निर्णय लिईन्छ । र, सन्सारका  जुनजुन राजनैतिक पार्टी वा नेताले उनीहरूको नीतिसँग मिल्ने आर्थिक नीति अबलम्बन गर्छन् उनैलाई (लगानी गरेर) सरकारमा पुर्‍याएर आफ्नो अनुकुल आर्थिक नीति बनाएर गोप्य रुपमा पर्दा पछाडीबाट शासन गर्दछ यो ग्रुप ।

२। उत्पती कसरी भयो?
अमेरिकन पुँजीवाद बिरुद्धमा चलिरहेको आन्दोलनबाट चिन्ति भएका यूरोप र अमरिकाका केही मानिसले यो कार्यको आरम्भ गरेका हुन् जसमा पोल्याण्डका (निर्वाशित जीवन बिताईरहेका) जोजेफ राइटिन्गर पनि सामेल थिए । यिनको घोषित उद्देश्य "एटलान्टिकवाद" (Atlanticism: 'युरोप, अमेरिका, क्यानाडाले राजनैतिक, आर्थिक र रक्षामा आपसी हितका निम्ती मिलेर काम गर्नु पर्छ' भन्ने धारणा।)को प्रवर्धन गर्नु भनेर निर्धारण गरे ।

सुरुमा जोजेफ रेटिन्गरले नै नेदरलेण्ड्सका युवराज वेर्नहार्डलाई यसको अवधारणाका बारेमा कुरा गरे । युवराज वेर्नहार्डले अवधारणा मन पराएकोले उनले सो कुरा बेल्जियमका भूपु प्रधानमन्त्री पौल भान जील्याण्डसँग कुरा गरे । उनको, तेतिखेरका यूनिलिभरका प्रमुख पौल राइज्केन्ससँग पनि कुरा भयो । तेसपछि उनले तेतिखेरका सीआईएका प्रमुख वाल्टर बेदेल्ल स्मीथसँग पनि कुरा गरे जसले एइशेनहावर, जो चार्ल्स डगलस ज्याक्शनका सल्लाहकार थिए, सँग यसबारे सरसल्लाह गरे । कुन कुन मुलुकबाट क-कसलाई (हरेक मुलुकबाट २ जनाका दरले ११ मुलुकबाट ५० सहभागी, जसमा अमेरिकन ११ जना थिए।) बोलाउँने भनेर सूचि पनि तैयार भयो र पहिलो कन्फ्रेन्स विलडरवर्ग होटलमा सम्पन्न भयो ।

यही कन्फ्रेन्सले:
१)      हरेक वर्ष कन्फ्रेन्स आयोजना गर्ने पनि निर्णय गर्‍यो ।
२)      एउटा स्टेरिङ कमिटी पनि स्थापना गर्‍यो जसको सचिवमा जोजेफ राइटिन्गर नियक्त भए ।
३)      सबैको ठेगाना र फोन नंबर लेनदेन गरेर नियमित सम्पर्कमा बस्ने निँधो पनि भयो ।
४)      त्यसपछि ३ वर्षसम्म लगातार फ्रान्स, जर्मनी र डेनमार्कमा कन्फ्रेन्स आयोजना भए ।
५)      अमेरिकामा सन् १९५७ मा पहिलो पटक सेन्ट सिमोन्स आइलेण्ड, जोर्जियामा कनफ्रेन्स आयोजना भयो । जसमा फोर्ड फाउण्डेसनले ३० हजार डलर खर्च बेहोरेको थियो
६)      सन् १९५९ र १९६३ को कन्फ्रेन्सको लागी पनि फोर्ड फाउण्डेशनले सम्पूर्ण खर्च सहयोग गरेको थियो ।   


३। विल्डरवर्ग  ग्रुपको संगठनात्मक ढाँचा (Structure) कस्तो छ?
१)      १८ मुलुकबाट २-२ जनाका दरले स्टेरिङ कमिटीका सदश्य हुन्छन् ।
२)      कार्यकारी पदमा एकजना अध्यक्ष र
३)      एकजना ओनोरेरी महासचिव हुन्छन् ।
४)      केही व्यक्तीहरूको एक छुट्टै सल्लाहकार समिती हुन्छ ।

४। अहिलेसम्मका अध्यक्षहरू
१)      युवराज वेर्नहार्ड (१९५४-१९७५);
२)      ऐलेक डगलस-होम (१९७७-१९८०);
३)      वाल्टर शील (१९८१-१९८५)
४)      एरिक रोल (१९८६-१९८९);
५)      पिटर कारिङटोन (१९९०-१९९८);
६)      एटिनी डेभिन्गन (१९९९-२०११);
७)      ७) हेन्री डि कास्ट्रिज (२०१२ – हालसम्म)

५। को को सहभागी हुन्छन्?
अहिलेसम्मको सहभागीहरूको सूचि हेर्दा विल्डरवर्ग कन्फ्रेन्समा सहभागी हुनेहरू – यूरोप र अमेरिकाका राजनीति र सरकारी प्रतिनिधी एक तिहाई बाँकी अन्य क्षेत्रका जस्तै बैँकरहरू, महत्वपूर्ण विभागीय निर्देशकहरू, डक्टरहरू, धेरै ठूला व्यापारीहरू र आईबीएम, जेरोक्स, रोयल डच शेल, नोकिया, डाइम्लर, देली टेलिग्राफ जस्ता कम्पनीका बोर्ड सदस्यहरु हुने गर्दछन् । यी बाहेक कहिले काहीँ केही छानिएका आमन्त्रित व्यक्तीहरूलाई पनि १ दिनको निम्ती बोलाइन्छ । जसको सूची प्रकासित गरिँदैन ।

६। यसले के के काम गर्छ?
यस ग्रुपले भन्दाखेरि
१) एटलान्टिकवादको प्रवर्धान गर्ने;
२) अमेरिका र यूरोपको सम्बन्धलाई सुमधुर र बलियो बनाउँने; र
३) तेस्रो विश्वयुद्ध हुन नदिने भनेर उद्देश्यहरू तोकेको छ ।

तर भित्री स्वार्थ भनेको स्वतन्त्र बजार (Free market) र पाश्चात्य पुँजीवाद (Western Capitalism) को प्रभाव विश्वमा फैलाएर आफ्नो आर्थिक साम्राज्य कायम राख्नु नै हो । किनभने पुँजीवादले नै उनको व्यवसायिक धन्दालाई कायम राख्न मद्दत गर्दछ । अर्थात, जुनजुन नेता वा जुनजुन पार्टीले उनको व्यवसाय-व्यापारलाई सघाउँने आर्थिक नीति अबलम्बन गर्न सक्छन्नैलाई जिताउँने र सरकारी नीतिको Framework बनाउँन लगाएर त्यसै अनुरुप व्यापार-व्यवसाय गरेर साम्राज्य कायम गर्ने । यही हो "गोप्य शासन चलाउँनु" भनेको ।

विल्डरवर्ग ग्रुपका सस्थापक सदश्य र ३० वर्षदेखि स्टेरिङ कमिटीमा रहेर काम गरेका डेनिश हेलीले सन् २००१ मा भनेका थिए – "आज सन्सार एउटै सरकारले चलाओस् भन्न त अलि व्यबहारिक नहोला तर त्यती अनुचित पनि नहोला । विल्डरवर्गमा आवद्ध हामीहरू सोच्ने गर्दछौँ कि फरक फरक राज्य र सरकार बनाएर कहिले सम्म आपसी स्वार्थका निम्ती एकार्कालाई मार्ने काम गरिरहने? कहिले सम्म लाखौँ मानिसलाई घरबारबिहीन पार्ने युद्द गरिरहने? तेसैले हामीलाई लाग्छ सन्सार एउटै समुदाय (Community) भईदिए धेरै राम्रो हुनेछ ।" अर्थात, "ग्लोबलाइजेशन"को अवधारणा पनि यिनैले अघि सारेको अवधारणा हो जसको आधारमा अहिले नेपालजस्तो सानो मुलुकको दुरदराज-पहाडतिर पनि कोकाकोला, बिस्कुट, चाउचाउ, बियर, मोबाइल र सिम कार्ड, आदि पुगेर मार्केटको रुपमा कब्जा गरिसकेकोछ । जसले रैथाने (कोदो र मकैको) रोटी, भुटेको मकै, ढीँडो, गुन्द्रुक, सिन्की, मस्यौरा, च्यूरा, छ्याङ, सुकुट मासु, तिनपाने रक्सीहरूलाई उद्योगको रुपमा उठ्नै नसक्ने गरि (सरकारद्वारा नियमै बनाएर । जस्तै: लोकल रक्सी बनाउँन प्रतिबन्ध लगाउँन लगाएर ।) पेलिदिएको छ । (विस्तृत हेर्न परे: www.bilderbergmeetings.org)

नोट: अमेरिका र यूरोपको विल्डरवर्गले जस्तै, भनिन्छ, भारतमा पनि त्यहाँका धनाढ्यहरूले संभावित प्रधानमन्त्रीहरू मध्ये आफ्नो व्यवसाय मैत्री आर्थिक र कर नीति बनाउँन सक्नेलाई चुनावकै बेलादेखि लगानी गर्दछन् र चुनाव जितेर सरकार बनाएपछि ती व्यवसायी मालामाल हुने आर्थिक र कर नीति बन्छ । नरेन्द्र मोदीलाई चुनावको बेला मुकेश अम्बानीले हवाईजहाजै (पाइलट, तेल खर्च समेत दिएर) दिएर चुनवा प्रचार अवधिभरि सघाएपछि विस्तारै आर्थिक र कर नीति मुकेश अम्बानीलाई फायदा पुग्ने गरि बन्नेछ भन्ने कुरा जसले पनि बुझ्न सक्छ


नेपालमा पनि राज्यलक्षमी गोल्छाले पोल खोलेर ‘एमालेलाई करोडौँ सहयोग गरेकोबाट के संकेत पाईन्छ भने यहाँ व्यापारी घरानाहरुले चुनावका बेला र अरु बेला समेत लगानी गर्छन् र सकेसम्म उनकै व्यवसाय मैत्री आर्थिक र कर नीति बनाउँन लगाएर मालामाल हुन्छन् । अथवा कम्तीमा, व्यापार-व्यवसाय जहिले पनि उनकै पकडमा रहनेगरि पार्टी र सरकारका मानिसले रक्षक वा चौकीदारको काम गरिदिईरहन्छन् । यसरी, सन्सारभरी नै बास्तवमा पार्टी र सरकारहरू भनेका देखिने “चौकीदार” मात्र हुन् । तिनलाई रिमोट चलाएर उफार्नेहरू पर्दाभित्र हुन्छन् । यिनैले पर्दाभित्रबाट वास्तबिक शासन गरिरहेका हुन्छन् । यो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने समाज सन्चालनको प्रणाली हो । किनभने जो सँग पैसा हुन्छ उसैले निर्णय गराउँछ । यसैलाई "अर्थ-राजनीति" (Political economy) भनिन्छ । अर्थ-राजनिति बुझ्न धेरै टाढा जानु पर्दैन । घरघरमै हेरौँ – "जसले कमाएर ल्याउँछ घरमा उसैको हुकुम चल्छ ।" विज्ञसु किमायधिकम् ईत्यालम् ।

No comments:

Post a Comment