Monday, May 2, 2016

लिङ्गुईसाईड (भाषासंहार) - विक्रम सुब्बा


भाषा शास्त्रीहरूका अनुसार “जब कुनै एक भाषा बोल्ने अन्तिम व्यक्तीको पनि मृत्यू हुन्छ तब एउटा भाषाको मृत्यू हुन्छ ।“ भारतको कुरा गरौँ; हालैको सर्भे अनुसार अहिले पनि करीव ९०० भाषाहरू भारतमा ज्युँदैछन् । भारतका २२० भाषाहरू बिगत सिरिफ ५० वर्षमा मरेर गएछन् । आगामी ५० वर्षमा भारतका थप १५० भाषाहरू मरेर जानेछन् भनेर प्रक्षेपण गरिएकोछ । भारतमै बोलिने अन्य १०० भाषाहरूलाई अल्पसंख्यकले बोल्ने भनेर गणना नै गरिन्न ।

नेपालमा गएको ५० वर्षमा कति जनजातिका भाषाहरू मरेर गए कति भाषा मर्ने अवस्थामा छन्? कुनै व्यक्ती वा कुनै सँस्थाले अध्ययन गरेको छैन वा जरुरी ठानिएको छैन वा भएपनि जनतालाई थाहा दिईएको छैन । सरकार त भाषाहरू मरेर गए खुशी हुने किसिमको नै छ ।


भाषाहरू कसरी मर्छन या मारिन्छन्?

कुनै भाषा समुहका मानिस जब अर्को ठाउँमा बसाइँ सर्छन् वा सारिन्छन् तब उनिहरूको भाषालाई उनको आफ्नै गाउँघर-वासस्थानमा जस्तै सहज रुपमा बचाएर राख्न कठिन हुन्छ;  परम्परागत प्रविधीमा बाँचेका मानिस अब नयाँ प्रविधीतिर लागे भने पनि भाषा मर्न थाल्छ । जस्तैः अहिले बिजुलीले चल्ने जाँतो (Grinder) आएपछि नेपालगंजका पत्थरकट्टाहरूले बनाउँने ढुंगाको जाँतो, सिलौटा-लोहरा बनाउँनेहरू त्यो काम छोडेर रिक्सा चलाउँन थालेपछि नयाँ पेसा र प्रविधीले नयाँ-नौला भाषा बोल्नेहरूसँग उठबस गराउँन थाल्यो र उनले बिस्तारै आफ्नो भाषाहरू बोल्न छोडे वा छोड्दैछन् । उनका नयाँ पुस्ताले आफ्नो भाषा झनै बिर्सनेछन् । यसरी भाषा २-३ पुस्तामा मर्छ ।

बृटिश-भारतका बेला एउटा खुँखार the Criminal Tribes Act, 1871 (Rescinded in 1952) कानुन बनेको थियो जुन कानुनले धेरै घुमन्ते जनजातिहरूलाई “जन्मँदै अपराधी (Criminal) को दर्जा” दिन्थ्यो । यो कानुनबाट बच्नको निम्ती धेरै जनजातिले आफ्नो जात फेरे, आफ्नो भाषा बोल्न छोडे, नयाँ भाषा सिक्न थाले । यसरी सरकारले कानुन बनाएर पनि भाषाहरूको हत्या गर्छन् जसलाई भाषा-संहार (Linguicide) भनिन्छ ।

भनिन्छ पपुवान्यूगिनीमा ११०० भाषाहरु बोलिन्छन् । ईन्डोनेशियामा ८०० भाषाहरू बोलिन्छन् । नाईजेरियामा ३५० भाषाहरू बोलिन्छन् । किन यस्तो संभव भयो? किनभने त्यहाँ सरकारले नै भाषाहरूको संरक्षण गर्ने काम गर्दछन् । किन सरकारहरूले भाषाहरूको संरक्षण गर्दछन्? किनभने ती भाषाहरूलाई हाम्रो मुलुजकलाई चिनाउँने पहिचानका तत्व भनेर ठानेकाछन् ।

ईतिहासमा धेरै समृध्द भाषाहरू पनि रेर गएकाछन् । जस्तैः सँस्कृत भाषा, ग्रीक भाषा, आदि । कुनै भाषा समृध्द भएर पनि मर्छन् । भारतमा कुनै कुनै भाषागत राज्य (Linguistic states)हरू बनाइए । जस्तैः बंगली भाषा बोलिने भएकोले बंगाल, पंजाबी भाषा बोलिने भएकोले पंजाब, आदि । यसले के पनि गरेको देखियोभने राज्यमा बोलिने पहिलो भाषाले दोस्रो वा तेस्रो प्रगतिशील भाषालाई सेपमा पार्दो रहेछ । जस्तै: भोजपुरी भाषा धेरै प्रगती गरिरहेको भाषा थियो तर भोजपुर (छुट्टै) राज्य नहुँदा राज्यबाट भोजपुरी भाषाले प्रोत्साहन नपाउँने भयो र खुईलिँदै जान बाध्य भयो  जस्ले गर्दा भोजपुरी भाषा कालान्तरमा (१००-२०० वर्षमा) मरेर जान सक्छ । जानिजानि कसैले भोजपुरी भाषा मार्न खोजेको होइन भनिएला तर ऐतिहासिक रुपमा राजनैतिक विकास क्रमका अनेक कारणले गर्दा उत्तर प्रदेशमा भोजपुरी भाषा नबाँच्ने अवस्था सृजना हुनसक्छ ।
ठीक यह कुरा नेपालमा हुन लागेकोछ । नेपालका राज्यहरूको नाम लिम्बुवान, खम्बुवान, ताम्सालिङ, नेवा, तमुवान, मगरात, खसान, थारुवान, मिथला, भोजपुरा, अवध नराख्ने हो भने यी सबै भाषाका वक्ताले गौरव गुमाउँछन् । गौरव गमाएको भाषा ख्याउटे भएर, कुपोषित भएर केही सताब्दी बाँच्लान तर मर्दा नेपालकै पहिचानको एक अंग पनि आफुसँगै लैजानेछन् । नेपालमा बिभिन्न जनजातिका भाषाहरू मार्न पाए हुन्थ्यो भन्नेहरूले त्यसो भए "खस" भाषा अघि बढ्छ र १ नंबर बनाउँछौँ भन्ने सोचाई राख्ने पनि होलान् तर उनिहरूले के बुझिरहेका छैनन् भने "खस" भाषालाई "हिन्दी" र "अंग्रेजी" (अहिले आएर) "कोरियन", "हिब्रु", "चाईनिज" भाषाहरुले घेरिसकेकाछन् नेपालका अन्य भाषाहरूलाई निमिट्यान्न पार्ने सिध्दान्त अनुसार चल्नेले आफ्नो "खस" भाषालाई अरुले खाँदैजाँदा पनि चुपचाप सहने स्थिती आउँन सक्छ ।  

त्यसको छनक अहिले नै देखिँदैछ । धेरै खस भाषाका वक्ताहरू र्थिक रुपले (तुलनात्मक रुपमा) सम्पन्न छन् । उनले आफ्ना छोरा-छोरी राम्रो र महंगो अंग्रेजी स्कुलमा पढाएकाछन् र पढाईरहेछन् । अहिले नै ती बालबालिकाहरू भेट्दा आपसमा अंग्रेजीमा बोल्दा आफु स्टेण्डर्डको भएकोजस्तो गौरब ठान्छन् र अंग्रेजी नबुझ्ने जोतिष बाहुनलाई हेला गर्छन्, उडाउँछन् । त्यो भनेको अंग्रेजी भाषा प्रति (नजाँनिँदो किसिमले) भक्ती र "खस" भाषाप्रति (नजानिँदो किसिमले) तुच्छ ठान्ने भावनाको सृजना हो । यो क्रम अब ५० वर्ष नेपालमा चल्ने हो भने "खस" भाषाको नै बेहाल होला । अर्थात, "लिम्बु, राई, शेर्पा, तामाङ, नेवार, गुरुङ, मगर, मैथिली, भोजपुरी, थारु, आदि भाषालाई मार्छु आफु मात्र बाँच्छु" भन्ने हुँदैन । अरुका भाषालाई हेप्ने अवधारणा भनेको प्रकारान्तरले "आफ्नै भाषा"लाई पनि हेप्ने अवधारणा हो । अरुको आमालाई हेप्नेले विस्तारै आफ्नै आमालाई हेप्ने सँस्कार आफुभित्र विकास गर्छ र कुनै दिन आफ्नै आमालाई घरबाट निकालिदिने कामलाई पनि सामान्य ठान्ने सम्बेदनहीन पशु हुन पुग्छ ।

तेस्तै, भाषाक कुरा गर्दा - चोरहरूको भाषा, हिजडाहरुको भाषा, भ्रष्ठहरूको भाषा, डाकाहरूको भाषा, काला बजारीयाहरूको भाषा, घुस्याहाको भाषा, मसाज पार्लरवालाका भाषा, सिआईड भाषा, युध्दका बेला सेनाक भाषा, क्रान्तीका बेला क्रान्तिकारीका भाषा, खातेका भाषा, ड्राइबर-खलासिका भाषा, अपाङ्गका भाषा, कोठी र वेश्याहरूका भाषा, पिम्पहरूका भाषा, जुवाडेका भाषा, जँड्याहाका भाषा, बोडरमा स्मगलिङ गर्नेका भाषा फरक हुँदा रहेछन् । शब्द त तिनले पनि त्यही प्रयोग गरिरहेका हुन्छन् तर तेसको अर्थ उनिहरूको सन्दर्भमा फरक हुँद रहेछन् । यी फरक-फरक पेशागत भाषाहरु विस्तारै मानक (Standard) बन्छन् र शब्दकोशमा पसेर एउटा मुलुकको भाषालाई धनी वा मुल्यवान बनाईरहेका हुन्छन् । जसरी हिन्दी भाषाका वरिपरि १२६ भाषाहरू बोलिन्छन् जुन भाषाहरूले हिन्दी शब्दकोसको ढुकुटी बढाउँनका निम्ती Feeder languages को काम गर्छन् । यदि अन्य भाषाको ढुकुटीहरू सबै रित्तो हुने हो भने हिन्दी भाषाको ढुकुटी पनि बिस्तारै खोक्रो हुन्छ ।

नेपालका अनेक भाषा र खस भाषाको संबन्ध पनि, अनेक कारणले, चाहेर होस वा नचाहेर यस्तै रहेकोछ । जस्तै: राजाको दरवारको नाम नै "नारायण हिटी" राखियो । "हिटी" शब्द त नेवारी शब्द ढुकुटीबाट आयो । "नारायण" शब्द सँस्कृत हुँदै खास भाषाबाट आयो । यसरी एकले र्को भषा सँस्कृतीलाई समृद्ध गर्ने काम गरिराखेको देखिन्छ अंग्रेजी भाषामा पनि “लाठी चार्ज” शब्दलाई हेर्ने हो भने अंग्रेजीको “चार्ज”मा हिन्दी Feeder language बनेर “लाठी” शब्द सप्लाई गरिदिएकोछ । एउटा जंगलमा सिरिफ एउटा रुख मात्र काट्दा वा रोपेर हुर्काउँदा जंगलको Eco-system मा परिवर्तन आउँन थाल्छ भन्ने कुरा बुझ्नेले भाषाहरू पनि एकापसलाई सघाईरहेको कुरा बुझ्छ ।

तसर्थ, मुलुकका सबै भाषाको संरक्षण गर्नु भनेको राष्ट्रिय निकुंजहरूको संरक्षण गर्नु जस्तै हो - बनजंगल र जनावरका स्पेसिजहरू समाजमा मस्सिएर सिध्दिएभने राष्ट्रिय निकुन्जबाट फेरि लिएर आएर मानिसको हितको निम्ती डोमेष्टिकेट गरौँला । जस्तै केही वर्ष अघिसम्म "बँदेल" र "हरिण" पाल्नु गैर कानुनी थियो तर अब जनताको आयआर्जनको निम्ती "बँदेल" र "हरिण" पाल्न पाईने कानुन बन्यो । राष्ट्रिय निकुन्जमा बँदेलै नहुने वा हरिणै नहुने अवस्था सृजना गर्नु भनेको सबै भाषाहरुलाई मार्ने नीति लिनु जस्तै हो । जंगलै मासेपछि त कुनै दिन जडिबुटी कहाँबाट ल्याउँने? मकैको नयाँ जात कहाँबाट ल्याउँने? धानको नयाँ जात कहाँबाट ल्याउँने? भयानक र डरलाग्दो क्राईसिस हुनेछ । सभ्यताको मरुभूमिकरण हुनेछ ।

भनिन्छ, अमेरिकामा धेरै बर्षदेखि GMO खाँदै आएकोले अहिले तेहाँका कैयौँ महिला र पुरुषहरू बच्चा जन्माउँन अक्षम (Infertile)  भईसके । परिणाम स्वरुप अन्य मुलुकबाट प्रजनन् शक्ती भएका मानिस (DV कार्यक्रम मार्फत) आयात गर्ने काम गरेर अमेरिकालाई मानव-मरुभूमिकरण हुनबाट अमेरिका जोगिई रहेकोछ । तर सन्सारभरिकै मानिस बच्चा जन्माउँन नसक्ने (Infertility) भए हालत के होला?  

अर्थात, नेपालका राज्यहरूको नाम लिम्बुवान, खम्बुवान, ताम्सालिङ, नेवा, तमुवान, मगरात, खसान, थारुवान, मिथला, भोजपुरा, अवध राख्ने हो भने आकाश खस्दैन बरु यी सबै भाषाहरुको गौरवमय विकस हुँदै जानेछ र ती प्रकृयाले सिंगो नेपालकै पहिचानमा थप्ने काम गर्नेछन् । Feeder identity हरू भएनन् भने नेपालको  identity नै कुपोषित हुने पक्काछ । अब “संबिधान संशोधन हुने” सबैले बुझेकाछन् र यही बेला राज्यहरूको भाषागत नामांकन समेत गरे नेपालमा शान्ति कायम हुन पनि सघाउ पुग्नेछ । शान्ति, विकासका महत्वपूर्ण पूर्वाधारहरू मध्ये एक हो भनेर बुझ्नेले यो बुझ्न गारो छैन ।  तर सबैलाई पेल्न खोज्नेलाई कुनै दिन “सबै”ले मिलेर “पेले” भने समाजमा अशान्तिको जड “पेल्न” थाल्ने पक्ष नै हुनेछ । यही तत्व नै देशद्रोही हो नत्र देशद्रोही अनौठो सिङ-पुच्छर जडान गरेर निस्कँदैन ।  
--- --- --- ---
Reference

1.       http://blogs.reuters.com/india/2013/09/07/india-speaks-780-languages-220-lost-in-last-50-years-survey/

3.       http://rosettaproject.org/blog/02013/mar/28/new-estimates-on-rate-of-language-loss/

No comments:

Post a Comment