Tuesday, May 3, 2016

अमेरिकन खुँखार आतंकवादको लाजमर्दो ईतिहास (अनु. विक्रम सुब्बा)

अमेरिकन खुँखार आतंकवादको लाजमर्दो ईतिहास
प्रोफेसर नोअम चोम्स्की

१५ अक्टोबर २०१४ मा 'सिरियाका विद्रोहीहरूलाई गोप्य अमेरिकी सहयोगबारे सीआईएको अध्ययन' भनेर "न्यूयोर्क टायम्स"मा  एउटा लेख आयो । यसको शिर्षक "अमेरिका एक आतंककारी राज्य हो र यसमा हामी गौरव गर्दछौँ" राखेको भए झनै सुहाउँथ्यो ।

लेखले अमेरिकाले हालसालै गरेका गोप्य सहयोगहरूको प्रभावकारिता वा असफलताबारे केही कुरा उजागर गरेकोछ । यो प्रतिवेदन आएपछि 'ज्यादै नगन्य मात्र 'सफलता' हासिल भएको देखियो तसर्थ समिक्षा गरेर विद्यमान "नीति"मा सुधार ल्याउँनु अत्यन्तै जरुरीछ' भनेर ह्वाईटहाउसले निचोड निकाल्यो ।

लेखमा राष्ट्रपति ओबामाको "जुन देशलाई त्यसै पनि अधिनमा राख्न सकिन्छभने त्यहाँका विद्रोहीलाई आर्थिक तथा हातहतियार निर्यात समेत गरेर सहयोग गर्नुको केही तुक देख्दिन । हामीले सहयोग गरेका विद्रोहीहरुले त्यस्तो उल्लेख्य काम गरेर पनि देखाएका छैनन" भन्ने भनाई राख्दै ओबामाले सीआईएलाई अवस्थाको समिक्षा गर्न लगाएको कुरा उल्लेख गरिएकोछ । अर्थात, ओबामा सिरियाका विद्रोहीहरूलाई गोप्य सहयोग निरन्तर राख्न नचाहेको बुझिन्छ ।

टायम्समा प्रकाशित लेखको पहिलो प्याराग्राफमा "गोप्य सहयोग"सँग संबन्धित तीन प्रमुख उदाहरणहरू उल्लेख गरिएकाछन् – अंगोला, निकारगुवा र क्यूबा । यी तीनै उदाहरणहरू अमेरिकी आतंकवाद कसरी सन्चालित हुनेगर्छ भन्ने कुराका जिउँदाजाग्दा प्रमाण हुन् । (विस्तृत बुझ्न, हेर्नोस् - Get a copy of Noam Chomsky's newest book Masters of Makind by donating $30 or more to In These Timestoday!)

अंगोलामा के भएको थियो? अंगोलालाई दक्षिण (गोरा शासकहरूले) अफ्रिकाले कब्जा गरेको थियो । यो घटनालाई 'वाशिंटन'ले (नेल्शन मण्डेलाकै अफ्रिकन नेशनल कंग्रेस पार्टीले समेत भनेको भनेर) दक्षिण अफ्रिकाले "सन्सारको सबैभन्दा बदमास आतंकवादी समूहबाट" आफुलाई बचाउँन गरेको हो' भनि सक्दो व्याख्या गर्‍यो । यो घटना सन् १९८८ को हो ।
रोनाल्ड रेगन राष्ट्रपति छँदा दक्षिण अफ्रिकाको जातिवादी गोराहरूको सरकारलाई समर्थन गर्ने (अमेरिक कंग्रेसले गोरा जातिवादी सरकारलाई आर्थिक नाकाबन्दी लगाउँनु पर्छ भन्दाभन्दै पनि) सन्सारको एक मात्र राष्ट्र अमेरिका थियो । जसले जोना साविम्बाको नेतृत्वमा अंगोलामा सकृय रहेको "यूनिटा" नामक आतंकवादी सेनालाई सहयोग गरेको थियो । साविम्बी चुनावमा हारिसक्दा र दक्षिण अफ्रिका अंगोलाबाट निस्किसक्दा पनि अमेरिकाले "यूनिटा" लाई सहयोग गरी नै रह्यो । "साविम्बी" यस्तो खुँखार दैँत्य हो जो सत्ताको निम्ती जे पनि गर्न तैयार हुन्थ्यो र उ सत्तामा पुगेपछि जहिले पनि अंगोलाका जनताको जीवनलाई उसले नर्कमा धकेल्ने काम गर्‍यो ।" भनेर तात्कालिन अंगोलाका निम्ती बेलायती राजदूत माराक गौल्डिङले समेत उल्लेख गरेका थिए ।

अमेरिकाको उक्साहटमा, दक्षिण अफ्रिकाले गरेको अंगोलासँगको यो युद्ध ज्यादै भयानक रह्यो जसले १.५ मिलियन दक्षिण अफ्रिकी लगायत छिमेकी मुलुकका मानिसको ज्यान लियो भनेर संयुक्त राष्ट्र संघलाई समेत स्वीकार गर्न कर लागेको थियो ।  क्यूबाका सेनाले दक्षिण अफ्रिकी आक्रमणकारीहरुलाई रोक्यो र गैरकानुनी किसिमले कब्जा गरेको मुलुक नामिबीयाबाट दक्षिण अफ्रिका निस्केर जान बाध्य भयो । यस्तो बेलामा पनि अमेरिका एक्लैले राक्षसजस्तो "साविम्बी"लाई सहयोग गरिरह्यो ।
क्यूबामा अमेरिकाले के गर्‍यो? जब राष्ट्रपति जोन एफ केनेडीको "बे अफ पिग्स" हमला फेल भयो तब क्यूबामाथि "धर्तीका आतंककारीहरू"लाई सखाप पार्ने भनेर भयानक संहारकारी हत्यारो अभियान अमेरिकाले सुरु गर्‍यो । यो कामको जिम्मा रोबर्ट केनेडीलाई दिईएको थियो ।
अमेरिकाले 'आतंककारीको बिरुद्ध' भनेर गरेको अत्याचार ज्यादै भयानक थियो । अक्टोबर १९६२ मा 'आतंकवाद चरम सिमामा पुग्यो' भन्ने बहानामा क्यूबामाथी अमेरिकामा हमला गर्ने योजना बन्यो । यही कारण रुसका निकिता ख्रुश्चोभले क्यूबामा मिसाईल तैनाथ गरिदिए जसले सन्सारलाई आणविक युद्ध नजिकतिर नै पुर्‍याईदियो । तात्कालिन अमेरिकी रक्षामन्त्री रोबर्ट म्याक्नमाराले पछि स्वीकार गर्दै भने कि त्यतिखेर म क्यूबाको नेता भएको भए "अमेरिकाले हमला गर्‍यो भनेर सजिलै बुझ्ने थिएँ ।"  
अमेरिकाको आतंककारी आक्रमण र नाकाबन्दीको ५५ वर्षदेखि हालसम्मै चलिरहेछ । अमेरिकी आतंककारी आक्रमणहरूबाट क्यूबाले हिसाबै गर्न नसकिने आर्थिक र सामाजिक नोक्सान बेहोर्नु पर्रहेकोछ । यसका बारेमा क्यानाडाका अनुसन्धाता किथ बोलेण्डरले Voices From the Other Side: An Oral History of Terrorism Against Cuba, in 2010 मा विस्तृत रुपमा उल्लेख गरेकाछन् ।
अमेरिकी आतंकवादबाट लाखौँ क्यूबाका मानिस मारिए अझै पनि अमेरिकी आतंकवादले, दुनियाको विरोध हुँदाहुँदै पनि, क्यूबामा नाकाबन्दी (१९ अक्टोबर १९६० देखि) लगाएर (५५ वर्षदेखि) सयौँ मानिस मार्ने काम निरन्तर गरिरहेकोछ । २८ अक्टोबर २०१४ का दिन सुंक्त राष्ट्र संघले २३ औँ पटक क्यूबाबाट अमरिकाले लगाएको आर्थिक, व्यापारिक, आर्थिक नाकाबन्दी हटाउँनु पर्ने निर्णय गर्न भोटिङ गर्दा पक्षमा १८८ भोट र अमेरिकाको पक्षमा २ (अमेरिका र ईजरायलको भोट मात्र) मत मात्र परेको थियो । यसरी संयुक्त राष्ट्र संघमा भारी मतले हारेको भएपनि अमेरिकी आतंकवादी सरकारले यूएनको निर्णय समेतलाई धोती लगाईदिएको छ र उनै आफुलाई मानवअधिकारवादी, प्रजातन्त्रवादीको रुपमा विश्वसामु आफुलाई पेश गरिरहेछ । लाजै लाग्दैन ।
अहिले अमेरिकामै पनि क्यूबा माथिको नाकाबन्दी हट्नु पर्छ भन्ने आवाज तिब्र हुँदै गएको छ । किनभने यो नाकाबन्दी कुनै पनि दृष्टिले उपयोगी रहेन भनेर ABC News ले पनि (citing Hillary Clinton's new book Hard Choices) प्रचार गर्‍यो । फ्रान्सका अनुसन्धाता सलीम लामरानीले यो नाकाबन्दीले गर्दा क्यूबाले भोग्नु परिरहेको दु:ख कष्ट अनगिन्ती आर्थिक क्षतीका बारेमा आफ्नो २०१३ को पुस्तक The Economic War Against Cuba विस्तृत रुपमा नै तथ्यहरू राखेकाछन् ।
निकारागुवाका बारेमा ज्यादै थोरै उल्लेख गरिन्छ । रोनाल्ड रेगनको पालामा अमेरिकाको आतंकबादी आक्रणको विरुद्धमा अन्तर्राष्ट्रिय न्यायालयमा अमेरिकालाई अपराधी नै ठहर समेत गरेर अमेरिकालाई "गैरकानुनी रुपमा निकारागुवामा राखेको सेना तुरन्त फर्काउँन" र निकारागुवामा युद्दले क्षतविक्षत भएको आर्थिक लगायतका सुधारको काम गर्ने सहयोग गर्नु' भनि फैसला सुनाएको हो । तर मेरिकाले कहिल्यै सुनेको छैन । बरु १९८६ मा भिटो लगाएर आफ्नो आतंककारी काम जारी राखेकैछ ।
अमेरिकाको आतंककारी कृयाकलापको अर्को उदाहरण सान साल्भाडोरमा ६ जना यहुदी पुरोहितहरूको हत्या गरेको घटनालाई पनि लिईन्छ । जुन हत्या साल्भाडोर सेनाले गरेका थिए जसलाई अमेरिकी सेनाले नै हातहतियाले लैस गरेर तालिम दिएका हुन् । यो घटनामा यहुदी विश्वविद्यालयको पुरहितहरूको हत्या गर्न पस्दा सो घटना देख्ने, सक्षीहरू, एकजना घरमा काम गर्ने महिला र उनको छोरी समेतलाई अमेरिकाले मारिदिएको कुरा खुल्न आएकोछ ।
वाशिङटन जताततै आतंकवाद फैलाउँन पनि च्याम्पियनका रुपमा काम गरिरहेछ । भुपू सिआईए विश्लेषक पउल पिल्लरले समेत खबरदारी गर्द भनेकाछन् "अमेरिकाले सिरीयामा आक्रमण गरेर अमेरिका विरोधी भावना फैलाउँने काम आफै गरिरहेछ । यस आक्रमणले 'यो ईस्लामको विरुद्धको युद्ध हो' भनेर अझ जेहादीहरू फैलाउँने काम नै गर्नेछ ।" यसरी आतंकवादमा झन मलजल पस्नेछ । एक किसिमले अफगानिस्तानमा अमेरिकाले आक्रमण गरेकै फलस्वरुप नै "जेहादीवाद" जन्मेको हो नै । जुन अहिले सन्सारमा बढेर गईरहेकोछ र ईस्लामी मुलुकहरूमा (ईराक-सिरीया, आदी) स्थापित ISIS का नामले परिचित भईसकेकोछ । "मेरो विचारमा ISIS जस्तो संगठन, जुन आतंककारी हो, अमेरिकाले नै जन्माएको हो ।" भनेर सिआईएका भूतपूर्व विश्लेषक ग्राहाम फुलरले समेत भनेकाछन् । उनी अझ प्रष्ट थप्छन् – "अमेरिकाले ISIS जन्माउँने योजना नै बनाएको त होइन । तर अमेरिकाले मध्यपूर्वमा मच्चाएको संहारकारी ईराकको युद्धजस्ता घटनाहरूले नै ISIS जस्तो संगठनको जन्म एको हो ।"
यस उल्लेखित कुरामा हामी जोड्न सक्छौँ – "ओबामाको 'आतंककारी'हरूलाई सखाप पार्ने ग्लोबल परियोजना छ । र अहिले पछिल्लो गतिबिधी "द्रोण आक्रमण" मार्फत सन्चालन भइरहेको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । 
--------------------------
Source: http://inthesetimes.com/article/17311/noam_chomsky_the_worlds_greatest_terrorist_campaign

Noam Chomsky is Institute Professor & Professor of Linguistics (Emeritus) at the Massachusetts Institute of Technology, and the author of dozens of books on U.S. foreign policy. He writes a monthly column for The New York Times News Service/Syndicate.


No comments:

Post a Comment