१ – मानव विकास सूचकांक (Human Development Index-HDI): अहिले कुनै पनि मुलुकको विकास-उन्नती-प्रगतीलाई UNDP को Human Development Index (HDI) ले नाप्ने गरिएको छ । HDI मा निहित तीन
मापक तत्वहरूः
१) मानिस(महिला र पुरुष)को सरदर आयु (बढेको वा घटेको);
२) मानिसको ज्ञान (साक्षरता र स्कुल भर्ना दर बढेको वा
घटेको);
३) GDP
Per Capita अर्थात प्रति व्यक्ती सरदर
(आर्थिक) आय (बढेको वा घटेको), आदि ।
यो विकास-उन्नती-प्रगती नाप्ने
सुत्र UNDP का निम्ती पाकिस्तानी अर्थशास्त्री महबुब उल हक ( Mahbub ul Haq)ले प्रतिपादन गरिदिएका हुन् ।
२ - कूल
राष्ट्रिय खुसहाल (Gross
National Happiness-GNH): भुटानका
राजा जिग्मे सिंगे वाङचुकले (बुद्धमार्गको आधारमा) मानिसको आयु बढ्दैमा वा धेरै
शिक्षा हासिल गर्दैमा वा उसको आर्थिक आय बढ्दैमा सो मानिस पूर्ण रुपले “खुशी” पनि
हुन्छ भन्न सकिन्न । राज्यको दायित्व भनेको मुलुकका मानिसको स्वास्थ्य, आर्थिक र
शैक्षिक उन्नतीहरूका साथै “खुशी” समेत दिने हो । “मुलुकको विकास-उन्नती-प्रगती”लाई HDI मा “खुशि”को
प्रतिबिम्बित हुँदैन तसर्थ मानव विकासलाई HDI होइन GNH ले लेखाजोखा तथा नापजोख गर्नु पर्छ भनेर नयाँ अवधारणा
अघि सारे ।
यही अवधारणालाई सन् २००५ मा मेड
जोन्सले Gross
National Well-being-GNW भनेर
विश्वव्यापी रुपमा एक सर्भे गरेर अघि बढाए । जसको आधारमा संयुक्त राष्ट्र संघले सन् २०११ मा एउटा Resolution 65/309 पास गरेर “खुशी (Happiness)” लाई पनि हरेक
मुलुकहरूको विकास-उन्नती-प्रगतीलाई नाप्ने
मापकका रुपमा स्थापित गर्यो । जस अनुसार मानव वविकासलाई निर्धारण गर्ने निम्न
चारकिल्लाहरू निर्धारण गरियोः
१) दीगो विकास (Sustainable development)
२) साँस्कृतिक मुल्य र मान्यताहरूको संरक्षण र सम्बर्धन (Conservation and promotion of cultural
values)
३) प्राकृतिक वातावरणको संरक्षण (Conservation of natural
environment)
४) सु-शासनको स्थापना (Establishment of good governance)
३ - वौद्धमार्गी
समाजवाद (Buddhist
Socialism): यो वौद्ध मार्गका सैद्धान्तिक
आधारहरूमा विकास गरिएको ‘राजनैतिक आइडियोलोजी’ हो । वौद्ध मार्ग र ‘समाजवाद’
दुबैले १) मानव जीवनमा विद्यमान “दुःख” तथा “अशान्ती”क कारणहरू हटाएर “दुःख” कै
अन्त्य गर्ने उद्देश्य राख्दछन्; २) मानव जीवन र समाजमा विद्यमान “स्वार्थीपन”को
अन्त्य गर्ने कुरा गर्दछन् । यो अवधारणा वुद्धदसा भिक्खु, बीआर अम्बेडकर, हान योङ
उन, ऊ नू र राजकुमार नरोद्दम सिंहानुक आदिले अघि सार्दै आएको हो ।
वुद्धदसा भिक्खुले भने – ‘हेर,
चराले पेटभरि मात्र खान्छ । अन्य कीट-पतंगहरू कसैको पनि
ढुकुटी हुँदै हुँदैनन् । रुख-विरुवाले पनि धर्तीको रस आफुलाई पुग्दो मात्र सोसेर
लिन्छन् । चरा, कीट-पतंग र रुखवीरुवाहरू धर्तीका स्रोतहरू खोसाखोस गर्दै वा अधिकार
हनन् गर्दै झगडा गर्दैनन्, मारकाट गर्दैनन् । जसले गर्दा यो “प्राकृतिक समाज”
बाँचेर आएकोछ । समतामुलक किसिमले चले मानिसलाई पनि धर्तीले खान पुग्दो दिनसक्छ ।
यसलाई नै “प्राकृतिक समाजवाद” भन्न सकिन्छ ।‘ यही शीलशिलामा हाल केही मुलुकले नागरिकहरूको
शिक्षा, स्वास्थ्य, वृद्धावस्थाको निम्ती रेखदेख र रोजगारीको जिम्मा लिने
गरिरहेकाछन् । रोजगारी पाएपछि हरेक नगारिकले (कडाईका साथ) कर तिर्छन् । यसको
परिणाम स्वरुप हरेक नागरिकले ‘रोजगारी’ पाएपछि खान लाउँनको दुःख नहुने भयो ।
शिक्षा र स्वास्थ्यको पनि सरकारले जिम्मा (नागरिकले तिरेकै करबाट व्यवस्थापन
गरिदिएपछि) लिईसकेपछि अब कुनै पनि नागरिकमा ‘अकुत सम्पती’ थुपार्ने लोभ नहुने भयो
। हाल यूरोपेली मुलुकहरु, बेलायत लगायत एशियाका जापान तथा सिंगापुर जस्ता मुलुकहरूमा ‘आफ्नै किसिमको’
समाजवादी प्रणाली सुरु भईसकेकाछन् ।
१४ औँ दलाई लामा, तेन्जिन
ग्यात्सोले भने – ‘सबै आधुनिक आर्थिक विकासका
सिद्धान्तहरू र मार्क्सवादको आर्थिक प्रणाली समेत नैतिकताको सिद्धान्तमा आधारित
रहेकाछन् । जब कि पुँजीवाद चाहीँ “लाभ” र “लाभ
वृद्दी”मा मात्र केन्द्रित रहँदै आएकोछ । सोभियत संघको असफलता, मेरो विचारमा,
मार्क्सवादको असफलता होईन बरु त्यो ‘एक दलिय तन्त्र’को असफलता हो । यी सबै
कारणहरूलाई ध्याममा राखेर हेर्ने हो भने ‘म आधा मार्क्सवादी र आधा वुद्ध मार्गी
हुँ ।‘
४ – वुद्ध
मार्गी अर्थशास्त्र (Buddhist
Economics): श्रीलंकाली अर्थशास्त्री
नेभिल्ने करुणातिलके भन्छन् – ‘वुद्ध मार्गी अर्थशास्त्रको आधार ‘सहकारी’ र
सन्तुलित किसिमको ‘सामुहिक जीवन’ हो । यस प्रणाली अनुसार समाजका हरेकले ‘स्वार्थीपना’
र आफ्नो लागी ‘अकुत थुपार्ने’ बानी बेहोराको चित्तबाटै त्याग गर्नु पर्दछ भन्ने
आधारमा सामजिक अर्थ व्यवस्थाको परिकल्पना गरिएकोछ । यसको आशय, मुलुकमा स्थापित
हरेक सँस्थाहरूमा सबैले समान किसिमले फायद लिने र कर तिर्ने हुनु पर्दछ । जस्तैः
सहकारी, बैँक, लजविद्युत आयोजना, कृषि बैँक तथा हरेक व्यवसायिक सँस्थाहरूमा सबैले फायदा
(शेयर) पाउँने किसिमको अर्थ व्यवस्था सरकारले अपनाउँनु पर्दछ । अझ नेपालजस्तो सानो
मुलुकमा ‘सबैलाई पुग्ने’ कुरा सोचिएन र ‘ठूला माछाले सना माछा खाने’ प्रणालीलाई नै
अंगालियो भने कहिल्यै ‘शान्ती’ वा ‘सुख’ वा ‘खुशी’ हुने कुरै भएन ।
राजा अशोक (c. 268 to 232 BCE) ले १) हरेकले (आफ्नो कमाईको केही अंश) दान-दक्षिणा दिनै
पर्ने; २) सामाजिक कार्य (समाजले नै सबथोक दिएकोले समाजलाई नै बलियो बनाउँने)
गर्नै पर्ने; ३) सामाजिक सँस्थाहरू जस्तैः अस्पताल, होस्टल, पार्कहरू, खेल मैदान, बाटो, खाने पानी, चौतारा, पाटी-पौवा-विश्राम स्तल र प्राकृतिक
सम्पदाको संरक्षण गर्नै पर्ने जस्ता नियम बनाएका थिए जसलाई ‘वुद्ध मार्गी समाजवाद’को
प्राम्भिक स्वरुप वा खाका भन्न सकिन्छ ।
सन् १९६६ मा ई एफ शूमाकरले
“वुद्ध मार्गी अर्थशास्त्र” नामक लेख लेखे जुन Asia: A Handbook मा प्रकाशित भएपछि “विद्ध मार्गी अर्थशास्त्र” भन्ने
अवधारणा झन झन सन्सारभरि फैलिँदै गएको हो । यो नयाँ समाजवाद बुझ्न, उदाहरणको रुपमा सिग्रेटको उत्पादनलाई
लिऔँ –
‘सिग्रेट उत्पादन भयो । बजारमा
गयो । ग्राहकले किन्यो । विक्रि भयो । बिक्रि झन बढ्यो । किनभने सिग्रेट
खानेहरूलाई यसले सन्तुष्टि दियो ।‘ पाश्चात्य-पुँजीवाद वा पुँजीवादी अर्थशास्त्रले
यहाँ (आर्थिक फायदा) सम्म मात्र हेर्छ ।
तर वुद्ध मार्गी अर्थशास्त्रले यसलाई
यत्तिमै मात्र सिमित रहेर हेर्दैन । बरु सिग्रेटले - १) व्यक्ती, २) समाज, र ३)
वातावरणलाई पनि के के (सकारात्मक या नकारात्मक) असर गर्यो? भनेर हेर्छ । यसरी
हेर्दा ‘चुरोट’ एउटा उत्पादनले बजारमा पसेर के के गर्छ? १) व्यक्तीको स्वस्थ्यमा
हानी पुर्याउँछ जसले गर्दा मानिस कमाउँन नसक्ने हुन्छ र उसको आम्दामी घट्न पुग्छ, औषधी खर्च चाहीँ बढाउँछ; २) समाजमा - आफु नजिकका (Silent smokers लाई) मानिसलाई
स्वासप्रस्वासको रोगहरू फैलाउँछ जसले गर्दा समाजमा रोगीहरूको संख्या बढाउँन योगदान
पुर्याउँने काम गरिरहेको हुन्छ र रोगले गर्दा मानसिहरू काम गर्न असक्षम र गरिवीको कुचक्रमा फस्न
पुग्दछन्; र ३) वातावरणलाई दिनै प्रदुशित (विशालु) पारेर अनेक रोगहरू फैलाउँन र मानिसलाई
गंभिर रोगी बनाएर मृत्यूतिर धकेल्ने काममा सघाउ पुर्यउँदछ’ भनेर समेत सुक्ष्म
किसिमले हेर्दछ । यति सुक्ष्म किसिमले त मार्क्सवादीहरूले समेत हेरेको पाइन्न ।
‘वुद्ध मार्गी अर्थशास्त्र’ र पाश्चात्य-पुँजीवाद-पुँजीवादी
अर्थशास्त्रका दृष्टिकोण तथा फरक मत के के हुन् त? हेरौः
· पाश्चात्य-पुँजीवादी
अर्थशास्त्र ‘आफ्नो स्वार्थ’ (Self
interest) मा केन्द्रित हुन्छ भने वुद्ध
मार्गी अर्थशास्त्रले “अनात्ता” (No-self) मा जोड
दिन्छ । किनभने “म” र “मेरो” भन्ने कुरा त्यागेर कुनै मानिस “सबैको निम्ती उदार”
हुन सके उ प्रति अरु मानिसका हर्मोनहरू उसको निम्ती पनि उदार हुन्छन् । परिणाम स्वरुप
एकले अर्कोलाई “दिने” वा “सहयोग गर्ने” र “समाजमै भर पर्नुमा आफ्नो अस्तित्व पनि जिवीत छ भनेर भरोसा
गर्ने” प्रणाली सुरु हुन्छ ।
· पाश्चात्य-पुँजीवादी
अर्थशास्त्र व्यक्तीको ‘मुनाफा बढाउँने’ कुरामा केन्द्रित हुन्छ भने वुद्ध मार्गी
अर्थशास्त्रले मानव र मानव ईतर लगायत सारा प्राणीको जीवनमा व्याप्त “दुःख”लाई
अन्त्य गर्ने कुरामा ध्यान दिन्छ । अध्ययनहरूले के देखाएका छन् भने मानिस कुनै
कुरा “हासिल गर्दा” भन्दा “गुमाउँदा” धेरै दुखित हुन्छ । तेसैले हामीले सँधै
“गुमाउँदा” हुने “दुःख”लाई कम गर्ने तर्फ ध्यान दिनु पर्छ ।
· पाश्चात्य-पुँजीवादी
अर्थशास्त्रले सम्पती र भौतिक इच्छाहरू पुरा गर्नुलाई नै “सफलता” र “सुख” प्राप्ती भएको भनेर परिभाषित गर्दछ तर यो “सफलता” हासिल गर्दा र “सुख” आफुले पाउँदा “अरु
मानिस”ले के के गुमाए होलान्? कतिका मानिसको अधिकार हनन् भयो होला? भनेर केही
वास्ता गर्दैन । जब कि वुद्ध मार्गी अर्थशास्त्रले ‘ईच्छाहरूलाई चाहिने जति मात्र’मा
झार्ने कुरामा विशेष जोड दिन्छ । अर्थात, वुद्ध मार्गी अर्थशास्त्रले साधारण
खाना, आवास, लुगा र औषधी बाहेकका अन्य भौतिक समाग्रीहरूको इच्छालाई कटौती गर्न सके
मात्र सबैलाई स्रोतले पुग्छ' भन्छ । किनभने ईच्छाहरू भनेको जति बढायो उति नै असिमित
किसिमले बढ्दै जाने हुन्छन् । मानिस “ईच्छाको नोकर” भए कहिल्यै सुख पाइन्न ।
मानिसले जहिले पनि “इच्छालाई आफ्नो नोकर” बनाउँन सके मात्र सुख हुन्छ । ईच्छाहरू
जति कम उति नै व्यक्ती, समाज, प्रकृती र धर्तीकै निम्ती पनि उचित हुनेछ । परिणामस्वरुप
हामी हाम्रा आउँदा सन्तान-दर-सन्तानको निम्ती धेरै स्रोत र सुन्दर धर्ती बचाईदिन
सक्नेछौँ ।
·
पाश्चात्य-पुँजीवादी
अर्थशास्त्र र वुद्ध मार्गी अर्थशास्त्रको “बजार”लाई हेर्ने दृष्टिकोण पनि फरक छन्
। जस्तैः पाश्चात्य-पुँजीवादी अर्थशास्त्रमा ‘बजारको अन्तिम व्यक्तीलाई समेत
(आफ्नो उत्पादन) बेचेपछि मात्र बजार अन्त्य (Saturation) हुन्छ’
भन्ने मान्यता हुन्छ भने वुद्ध मार्गी अर्थशास्त्रले समाजमा विद्यमान “अशान्ति”लाई
कम गर्ने सकियो कि सकिएन? भन्नेमा जोड दिन्छ ।
·
पाश्चात्य-पुँजीवादी
अर्थशास्त्रले आउँदो पुस्ताको केही पनि ख्यालै गर्दैन बरु “ऋणम् कृत्वा घृतं पिवेत,
यावत जिवेत सुखं विजेत’ लाई जीवन दर्शन ठान्छ भने वुद्ध मार्गी अर्थशास्त्रले
“अहिंसा”लाई जोड दिन्छ । किनभने “हिंसा” नै “दुख”का कारणहरू मध्ये एक हो ।
“समुदायमा आधारित कृषि” सन्तुलित आर्थिक गतिबिधीको एक उदाहरण हो । जसले मानव
समुदाय वीच विश्वास बढाएर सहयोगी भावना तथा मुल्य-मान्यतालाई सुदृढ गर्नका साथै
मानव समुदायहरूलाई एकापसमा जोड्ने र जमिन-धर्ती तथा खेतीपातीको नजिक हुन मद्दत
गर्दछ । सुख दुःख मिलेरै झेल्ने समाजको पनि सृजना हुनेछ । मानिस एक्लै जतिसुकै शक्तिशाली
किन नहोस् उसलाई ‘समाज’ चाहिन्छ र मानिसलाई समाजले “छिः” भनेको मन पर्दैन ।
· पाश्चात्य-पुँजीवादी
अर्थशास्त्रले “ठूलो” र “धेरै”लाई प्राथमिकता दिन्छ भने बुद्धिष्ट अर्थशास्त्र Small is beautiful मा विश्वास
गर्दछ किनभने यसो गरे हरेक स्रोत सबैलाई बराबरी पुग्छ । “ठूलो” र “धेरै” खोज्ने वा
ताक्ने पुँजीवादी दर्शन शास्त्रले “जसको शक्ती उसको भक्ती” तिर डोर्याउँछ ।
परिणाम स्वरुप समाजमा लुट र अशान्ति फैलन्छ । Small is beautiful भन्ने दर्शन शास्त्रमा आधारित भएर चले “सबैलाई ठिक्क
पुग्छ” कोही पनि असन्तुष्ट हुने र समाजमा “अशान्ती” फैलिने कुरा हुँदैन ।
·
पाश्चात्य-पुँजीवादी अर्थशास्त्रले Gross National Product-GDP मा विश्वास गर्छ भने वुद्ध मार्गी अर्थशास्त्रले Gross National Happiness-GNH को महत्वमा जोड दिन्छ किनभने “खुशी” नै मानिसको अन्तिम लक्ष्य हो ।
पाश्चात्य-पुँजीवादी अर्थशास्त्रले Gross National Product-GDP मा विश्वास गर्छ भने वुद्ध मार्गी अर्थशास्त्रले Gross National Happiness-GNH को महत्वमा जोड दिन्छ किनभने “खुशी” नै मानिसको अन्तिम लक्ष्य हो ।
-------- ----------
----
Ref
https://en.wikipedia.org/wiki/Buddhist_economics
http://en.citizendium.org/wiki/Marxist_Socialism
No comments:
Post a Comment