Tuesday, May 3, 2016

प्रेम र संबन्ध (अनु. विक्रम सुब्बा)

प्रेम र संबन्ध
-    जग्गी वासुदेव सदगुरु[i]

भर्खरै भ्यालेन्टईन्स (फेब्रुवरी १४) डे सकियो । धेरैले यसलाई आफ्नै किसिमले मनाए । मैले प्रेम र सम्बन्ध बारे नेटमा खोजेर पढेँ, यूट्युबहरूमा सुनेँ । यसबारे सदगुरु जग्गु वासुदेवको छुट्टै दृष्टिकोण रहेछ जुन निम्न किसिमकोछः

प्रेमः अंग्रेजीमा Falling in Love (Lit. प्रेममा खस्नु) भनिन्छ । अर्थात, प्रेममा एउटा लोग्ने मानिस स्वस्निमानिसमा वा स्वास्निमानिस लोग्ने मानिसमा “खस्नु” नै पर्छ । “प्रेम”मा निस्कने, उभिने, उत्रिने भन्दा पनि ‘आफ्नो केही अंश’लाई आफुबाट नष्ट गरेर अर्कोभित्र “खसाल्ने” वा “झार्ने” वा “सुम्पने” वा “दिने” काम मात्र हुन्छ ।

के हो त प्रेम?

·         यदि केही वा कसैलाई (देखेर वा भेटेर) शरिरभरि रमाईलो अनुभूति दगुर्न थाल्छ भने त्यसलाई “आनन्द (Pleasure)” भनिन्छ । 

·         यदि केहीलाई वा कसैलाई (देखेर वा भेटेर) मनमा रमाईलो अनुभूति महसुस हुन थाल्छ भने त्यालाई “हर्ष (Joy)” भनिन्छ ।

·         यदि केहीलाई वा कसैलाई देख्दा वा भेट्दा भावना रमाईलो नै रमाईलोमा परिणत हुन्छ भने त्यसलाई “प्रेम (Love)” भनिन्छ ।

·         यदि केही गर्दा शरिरभरिका जीवन-उर्जाहरू सबै रमाईलो नै रमाईलोमा नाच्न थालेको अनुभूति भए यसलाई परमानन्द वा चरमसुख (Blissful or ecstasy) भनिन्छ । र,

·         यदि आनन्द नै आनन्द दिने वस्तु, प्राणी वा मनुस्यहरुद्वारा आफु घेरिएको भए यसलाई सफलता (Success) भनिन्छ ।


संबन्ध के हो त? संबन्ध बिभिन्न किसिमाका हुन्छन् । जस्तैः छिमेकी, साथी, श्रीमान-श्रीमती, बालबालिका, बा-आमा, प्रेमी-प्रेमीका, घृणा गर्नु, माया गर्नु, आदि सबै संबन्धहरू हुन् । संबन्धहरू शारिरिक, भौतिक, भावनात्मक, सामाजिक, आर्थिक आवश्यकताहरू अरुबाट “परिपूर्ति गर्न”को लागि आवश्यक पर्छन् । कुनै न कुनै किसिमको आवश्यकता पुरा नगरिदिनेसँग संबन्ध हुँदैन वा निरन्तरता कायम रहँदैन ।

अर्थात, हरेक संबन्धहरूबाट आफुलाई चाहिने फरक-फरक किसिमको अनेक कृयाकलाप सम्पादन गरेर चाहेको खुशी हासिल गर्न खोजिन्छ । जस्तैः साथी किन बनाउँने? विवाह किन गर्ने? वच्चा किन जन्माउँने? व्यापार व्यवसाय किन गर्ने? केही न केही खुशी पाउँन । अर्थात, आफ्नो खुशी अरुबाट निचोरेर हासिल गर्न आफुले खोजिन्छ र अरुले पनि आफुबाट त्यही गरिरहेका हुन्छन् । जब अरुलाई निचोरेर खुशी खोज्न थालिन्छ तब त्यहाँ अनेक समस्या पनि आउँछन् । अर्थात “संबन्ध हुँदा पनि समस्या नहुँदा पनि समस्या । यो एक समस्याहरूको “द्वन्दात्मक संबन्ध” नै हो, युध्द हो ।“




हुनु पर्छ के? संबन्धहरूलाई साँच्चै सुन्दर बनाउँने हो भने अरुलाई हेर्नुभन्दा पहिले आफुभित्र नै गहिरोगरी नियाल्नु पर्छ । यदि तिमी अरुलाई (अरुलाई निचोरेर खुशी आफुले लिने होईन कि) “खुशी (मात्र) दिने स्रोत” बन्न सक्यौ भने तिम्रो संबन्ध जोसंग पनि औधि राम्रो र  सुन्दर हुनेछ ।

तिमी, कतै अरुका निम्ती खुशी बाँड्न जाँदा कहिल्यै समस्या आउँछ? आउँदैन । तर, जब अरुबाट खुशी (निचोरेर) हासिल गर्न जान्छौ, अनि समस्या सुरु हुन्छ । संबन्धहरू “समस्या” हुन थालेकाछन् किनभने हामी नै संबन्धहरूबाट केही खुशी हसिल गर्न लागि पर्छौँ, हामी आफुसँग नभएको खुशी संबन्धहरूबाट परिपूर्ति गर्न खोज्छौँ । यसो गरे जतिसुकै टालटुल गर्न खोजे पनि संबन्ध बिग्री रहन्छ । यदि संबन्धहरूलाई अझ सुन्दर बनाउँन केही “योगदान” गर्ने मात्र सोचेर संबन्धलाई खुशीको स्रोत बनाउँने हो भने त्यो संभव छ र यस्तो संबन्ध बिछट्टै आनन्ददायक हुन्छ ।

अनुः विक्रम सुब्बा

Ref:

http://isha.sadhguru.org/blog/sadhguru/masters-words/love-and-rela


[i]  जग्गी वसुदेव सद्गुरुः एक भारतीय योगी र लेखक जसलाई कसैले योगी, कसैले रहस्यमयी मानिस, कसैले दानी व्यक्ती भन्छन् । उनले ईशा फउन्डेसन स्थापन गरेकाछन् । जुन एक नाफारहित सामाजिक सँस्था हो जसले भारत, अमेरिका, बेलायत, लेबनाना, सिंगापुर, क्यानाडा, मलेशिया, युगाण्डा, चीन, नेपाल र अष्ट्रेलिया लगायत सन्सारभरि “योग”को तालिम दिने काम गरिरहेछ । योगका साथै यस सँस्थाले सामाजिक तथा सामुदायिक विकासका कामहरू पनि गर्दै आएकोछ जहाँ २० लाख भोलियन्टरहरू काम गर्दछन् । परिणामस्वरुप यो फाउण्डेसनले संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदले ‘विशेष परामर्षी सँस्था’ समेतको दर्जा दिएकोछ ।

No comments:

Post a Comment