१- पुत्री, पत्नी, माता या कन्या (युवा या वृद्धा जुनसुकै उमेरका भएपनि नारी)लाई स्वतंन्त्रता दिनु हुन्न । (अध्याय-९ श्लोक-२-६)
२- पतिले पत्नीलाई त्याग्न, कंगाल बनाएर राख्न वा बेच्न पनि सक्छ । तर,
कुनै पनि स्त्रीलाई यो अधिकार दिईएको छैन । विवाहपछि, हर हालतमा पत्नीले पतिकै
पत्नी भएर आजिवन रहनु पर्छ । (अध्याय-९ श्लोक-४५)
३- संपति र अधिकारका हिसाबले शूद्रको स्त्रीहरू पनि "दास" हुन् । कुनै पनि स्त्रीहरूलाई
सम्पती राख्ने अधिकार हुँदैन । स्त्रीहरूका संपतिको मलिक पनि उनका पति, पूत्र,
या पिता मात्र हुन्छन् । (अध्याय-९ श्लोक-४१६)
४- ढोल, गंवार, शूद्र र नारी
- यी सबै बेस्सरी ठोक्न लायकका हुन्छन् । अर्थात
ढोललाई जस्तै नारीलाई पनि ठोक्नु उचित हुन्छ । (अध्याय-८ श्लोक-२९९)
५- असत्य जसरी अपवित्र हुन्छ,
उसरी नै स्त्रीहरू पनि अपवित्र हुन्छन् । अर्थात, पढने, पढाउँने, वेद-मंत्र बोल्ने
आदि अधिकार स्त्रीलाई दिनु हुँदैन । (अध्याय-२ श्लोक-६६ र अध्याय-९ श्लोक-१८).
६- स्त्रीहरू नर्कगामीनी हुने भएकोले यज्ञकार्य या दैनिक अग्निहोत्र गर्न
सक्दैनन् । तेसैले भनिन्छ - "नारी नर्कको द्वार"। (अध्याय-११ श्लोक-३६ र
३७).
७- यज्ञकार्य गर्ने या वेद मंत्र बोल्ने स्त्रीले पकाएको भोजन कुनै पनि ब्राह्मणले
खानु हुँदैन । स्त्रीले गरेको यज्ञ कार्य अशुभ हुन्छ र कुनै पनि देवतालाई यो
स्वीकार्य हुँदैन । (अध्याय-४ श्लोक-२०५ र २०६).
८- मनुस्मुर्तिका अनुसार स्त्रीले पुरुषलाई मोहित गर्छे (अध्याय-२ श्लोक-२१४).
९ – स्त्रीले पुरुषलाई दास बनाएर पदभ्रष्ट गरिदिन्छे (अध्याय-२ श्लोक-२१४)
१० – स्त्रीले एकांतको दुरुपयोग गर्छे (अध्याय-२ श्लोक-२१५).
११. - स्त्रीले संभोगको लागी पुरुषको उमेर या कुरुपता केही पनि हेर्दिन (अध्याय-९
श्लोक-११४).
१२- स्त्री चंचल र हृदयहीन तथा पतिप्रति निष्ठारहित हुन्छे (अध्याय-२
श्लोक-११५)
१३.- स्त्रीले केवल ओछ्यान, आभुषण र वस्त्रहरूलाई मात्र प्रेम गर्छे तथा स्त्री
वासनायुक्त, बेईमान, इर्षाखोर, दुराचारी हुन्छे (अध्याय-९ श्लोक-१७).
१४.- सुखी संसारको निम्ती स्त्रीले - जीवन भर पतिको आज्ञा पालन गर्नु पर्छ (अध्याय-५
श्लोक-११५).
१५. पति सदाचारहीन होस् या अरू स्त्रीप्रति आसक्त होस् या दुर्गुणी होस् वा नंपुसंक होस् जस्तोसुकै पति
भएपनि स्त्रीले पतिव्रता बनेर उसलाई देउताजस्तै पूजा गर्नु पर्छ (अध्याय-५
श्लोक-१५४).
१६. वर्ण-कर्म
क) ब्राह्मण-कर्म - पढ्नु, पढाउँनु, यज्ञ गर्नु वा गराउँनु, दान लिनु यी सबै ब्राह्मणका कर्म हुन् । (अध्यायः१:श्लोक:८७);
ख) क्षत्री-कर्म - प्रजाको रक्षा , दान दिनु, यज्ञ गराउँनु यी सबै क्षत्रीका कर्म हुन् । (अध्यायः१:श्लोक:८९);
ग) वैश्य-कर्म - पशु-पालन, दान दिने, यज्ञ गराउँने, ब्याज लिने यी वैश्यका
कर्म हुन् (अध्यायः१:श्लोक:९०);
घ) शूद्र-कर्म - द्वेष-भावना रहित, आंनदित भएर
ब्राह्मण, क्षेत्री र वैश्यको नि:स्वार्थ सेवा गर्नु शूद्रको कर्म हो ।(अध्यायः१:श्लोक:९१);
१७. वर्ण-गुण –
क) ब्राह्मणसँग विद्या हुनु पर्छ;
ख) क्षेत्रीसँग बल हुनु पर्छ;
ग) वैश्यसँग धन हुनु पर्छ;
घ) शूद्र त जन्मैले सेवक हो । (अध्यायः२:श्लोक:१५५).
१७. विवाहको लागी कन्याको छनौट –
क) ब्राह्मणले चारै वर्णका कन्याहरू छान्न सक्छन्;
ख) क्षेत्रीले ब्राह्मण कन्या बहेक बाँकी तीनै
वर्णका कन्याहरू छान्न सक्छन्;
ग) वैश्यले वैश्य र शूद्र कन्या छान्न सक्छन्;
तर,
घ) शूद्रले शूद्र कन्यासँग मात्र विवाह गर्न
सक्छ । अर्थात, शूद्रले मात्र आफ्नो वर्णभन्दा बहिरको कन्यासँग विवाह गर्न सक्दैन
। (अध्यायः३:श्लोक:१३)
१८. अतिथि प्रणाली –
क) ब्राह्मणको घरमा केवल ब्राह्मणलाई मात्र अतिथिको
आदर दिन सकिन्छ (अरू वर्णका
व्यक्ती ब्राह्मणको घरमा अतिथी हुन सुहाउँदैन );
ख) क्षेत्रीको घरमा ब्राह्मण र क्षत्रियलाई
मात्र अतिथीको दर्जा दिन सकिन्छ;
ग) वैश्यको घरमा ब्राह्मण, क्षत्रिय र वैश्य तीनै वर्णका मानिसले अतिथिको
दर्जा पाउँछन्; तर,
घ) शूद्रको घरमा केवल शूद्रले मात्र अतिथिको
दर्जा पाउँछ । अरु वर्णका मानिसले शूद्रको घरमा आउँने-जाने गर्नु हुँदैन । (अध्यायः३:श्लोक:११०)
१९. खाना –
क) ब्राह्मणको घरमा पाकेको खाना अमृत समान
हुन्छ;
ख) क्षत्रियको घरमा पाकेको खाना दूध समान
हुन्छ;
ग) वैश्यको घरमा पाकेको खाना अन्न समान हुन्छ;
घ) शूद्रको घरमा पाकेको खाना रक्त समान हुन्छ
। खान योग्य हुँदैन । (अध्यायः४:श्लोक:
२०. गैरकानुनी संभोग दंण्ड –
क) ब्राह्मणले गैर कानुनी संभोग गरे केश
मुँडेर छोडिदिने;
ख) क्षेत्रिले गैर कानुनी संभोग गरे रु १०००
दंण्ड तिराउँने;
ग) वैश्यले गैर कानुनी संभोग गरे उसको संपती
खोस्ने, १ वर्ष कैद गर्ने र देश निकाला गरिदिने;
घ) शूद्रले गैर कानुनी संभोग गरे उसको सम्पती
खोस्ने, उसको लीङ्ग पनि काटिदिने साथै, शूद्रले अरु वर्णको महिलासँग गैरकानुनी
संभोग गरे उसको एउटा अंग काटेर हत्या गरिदिने । (अध्यायः ८: श्लोक:३७४,३७५,३७९)
(१२) हत्या दंण्ड
–
क) ब्राह्मणको हत्या अर्थात ब्रह्महत्या भनेको
महापाप हो (ब्रह्महत्या गर्ने मानिसलाई कहिल्यैपनि पापबाट मुक्ती हुनेछैन ।);
ख) क्षत्रियको हत्या गर्नेलाई ब्रह्महत्याको एक
चौथाई बराबर पाप लाग्छ;
ग) वैश्यको हत्या गर्नेलाई ब्रह्महत्याको आठौँ
हिस्सा बराबरको पाप लाग्छ;
घ) शूद्रको हत्या गर्नेलाई ब्रह्महत्याको
सोरौँ हिस्सा बराबरको मात्र पाप लाग्छ ।
No comments:
Post a Comment